ताप्लेजुङ, ताप्लेजुङमा नेकपा एमालेले २०७४ सालमा निर्वाचित भएका ५ प्रमुखमध्ये ४ जनालाई फेरि सोही पदमा उम्मेदवार बनाउने भएको छ।
दुई पालिकाका निर्वाचित उपाध्यक्ष समेत सोही पदमा दोहोरिने भएका छन्। एमाले ताप्लेजुङका प्रचार विभाग प्रमुख समेत रहेका जिल्ला कमिटी उपसचिव दीपेन पोमूका अनुसार ताप्लेजुङका सबै स्थानीय तहमा उम्मेदवार बन्ने प्रमुख/अध्यक्ष र उपाध्यक्षको टुंगो लागेको छ। जस अनुसार एमालेले फुङ्लिङ नगरप्रमुखमा छत्रपति प्याकुरेललाई उम्मेदवार बनाउने भएको छ। प्याकुरेल फुनपाका मेयर समेत हुन्।
यस्तै पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा,फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ र मैवाखोला गाउँपालिका अध्यक्ष राजनकुमार थत्लुङ समेत सोही पदमा एमालेबाट उम्मेदवार बन्ने भएका छन्। एमालेले पाथीभरा याङ्वरक गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङ र मैवाखोला गाउँपालिका उपाध्यक्ष पुनः सोही पदका लागि उम्मेदवार बनाउने निर्णय लिएको छ। यसअघि मिक्वाखोला गाउँपालिका अध्यक्षमा निर्वाचित रामकुमार साँवा भने यसपटक उम्मेदवार नबन्ने भएका छन्।
एमालेले आठराई त्रिवेणी गाउँपालिका अध्यक्षमा दीपेन पोमू,मिक्वाखोला गाउँपालिका अध्यक्षमा दिवश लिवाङ, मेरिङदेन गाउँपालिका अध्यक्षमा केदारजंग श्रेङचोङवाङ, सिदिङ्वा गाउँपालिका अध्यक्षमा मानबहादुर राई र सिरिजंगा गाउँपालिका अध्यक्षमा सन्तोष चाम्लिङलाई उम्मेदवार बनाउने भएको छ।
पोमूका अनुसार एमालेले फुङ्लिङ नगरपालिकाको उपप्रमुखमा भीमादेवी ओझा र मिक्वाखोला गाउँपालिकाको उपाध्यक्षमा मीनाकुमारी केदेम, आठराई त्रिवेणी गाउँपालिकामा शान्ता आङ्वोहाङ, मेरिङ्देन गाउँपालिकामा टीका चोङ्वाङ केदेम,सिदिङ्वामा भूमिका गौतम,फक्ताङ्लुङमा शान्ति इङ्वासम पौडेल र सिरिजंगामा तुलसा बस्नेतलाई उपाध्यक्षको उम्मेदवार बनाउने भएको छ।