स्थानीयतह चुनाव: गठबन्धनमा टुंगो लाग्न ढिलाइ, एमालेमा पनि सकस
०९ वैशाख २०७९
•
४ मिनेट पाठ
स्थानीयतह चुनाव: गठबन्धनमा टुंगो लाग्न ढिलाइ, एमालेमा पनि सकस
आसन्न स्थानीयतह चुनावमा सत्ता साझेदार दलीय गठबन्धनले सहमति जुटाउने कसरत कायम राखेको छ। ३/४ दिनयता लगातार छलफल भईरहे पनि केन्द्रीय निर्देशन अनुसार गठबन्धन गर्ने सर्वसम्मत सहमति जुट्न भने सकेको छैन।  




०७४ को चुनाव जित्ने पार्टीलाई प्रमुख पद छाड्ने र नजितेको ठाउँमा दोस्रो मत ल्याउने दललाई प्रमुख दिने गठबन्धन दलहरुको केन्द्रीय नीति अनुसार लछफल भईरहे पनि कतिपय आकांक्षीहरुमा दम्भ पलाएका कारण सर्वसम्मत सहमति हुन नसकेको नेताहरु बताउँछन्। लामो प्रयासमा पनि सहमति नजुटेपछि असहमति भएको ठाउँमा आआफ्नो उम्मेदवार उठाएर स्वच्छ र स्वस्थ्य प्रतिस्पर्धा गर्ने सहमति भएको नेताहरुको भनाई छ।  

खासगरी सदरमुकाम त्रियुगा नगरपालिकामा सहमति जुटाउने प्रयास लगभग असफल भएको छ। त्रियुगामा गत चुनावमा एमालेबाट प्रमुख र काँग्रेसले उपप्रमुखसहित १६ मध्ये ८ वटा वडामा अध्यक्षलगायत प्यानलै जितेको थियो। बाँकी वडामध्ये ४ वटामा एमाले र २ वडामा नेकपा (माओवादी केन्द्र)ले जितेको थियो। उपप्रमुख काँग्रेसकी देवीकुमारी चौधरीले जिते पनि प्रमुखमा काँग्रेसका प्रत्यासी बसन्त बस्नेतलाई ७२ मतले पछि पारेर मेयर जितेका बलदेव चौधरी नेकपा (एस)मा प्रवेश गरेका छन्।

अहिले यही नगरमा गठबन्धनको हलो अड्कन पुगेको छ। पटकपटकको छलफलमा कुरा नमिलेपछि सत्तारुढ दलहरुमध्येको काँग्रेस गठबन्धनबाट अलग भएर एक्लै चुनाव लड्ने र बाँकी माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी मिलेर जाने सहमति भएको छ। काँग्रेस जिल्ला सभापति हिमाल कार्कीले पटकौँको प्रयास असफल भएपछि त्रियुगामा काँग्रेस एक्लै लड्ने र बाँकी स्थानीयतहमा केन्द्रीय नीति अनुसार गठबन्धन गर्ने निर्णय भएको बताए।  

कार्कीले अहिले पनि गठबन्धनको संभावना सकिइनसकेको बताएका छन्। मनोनयन गर्ने समय अझै दुई दिन बाँकी रहेकाले अझै सकारात्मक परिणाम ल्याउँन सकिन्छ कि भनेर प्रयास जारी राखेको उनको भनाई छ। त्रियुगामा काँग्रेसलाई नै प्रमुख दिएर अघि बढ्ने विकल्पमा पनि गठबन्धन दलहरुबीच व्यापक छलफल भएको तर, सफल हुन नसकेको बताइएको छ।

हालका मेयर चौधरी एकीकृत समाजवादीका पालिटव्युरो सदस्य र प्रदेश अध्यक्षसमेत रहेकाले केन्द्रबाटै उनको पक्षमा लविङ भएको एक नेताले बताए। एसमा हाई प्रोफाईल भएकैले पनि चौधरीको विकल्प बस्नेतलाई बनाउन नसकिएको उनी बताउँछन्।

त्रियुगामै सहमति नजुटेकै कारण जिल्लाभरीको गठबन्धनको गाँठो फुकाउन असहज भएको हो। सदरमुकाम र ठूलो नगरपालिका भएकाले मुख्य स्थानीयतह त्रियुगामा सहमति नजुट्नुको ‘साईड इफेक्ट’ अन्य पालिकाहरुमा प्रत्यक्ष परोक्ष परेको गठबन्धनको निश्कर्ष छ। गठबन्धन गर्ने विषयमा सुरुवाती चरणको छलफलमा त्रियुगा र उदयपुरगढी गाउँपालिका प्रमुख एसलाई, लिमचुङबुङ, ताप्ली र कटारी नगर माओवादी र बाँकी ४ पालिका काँग्रेसलाई दिने मोटामोटी सहमति जुटेको थियो।  

जितेको पालिकामा प्रमुख र दोस्रो स्थान ल्याउनेलाई उपप्रमुख तथा पराजित पालिकामा दोस्रो स्थान ल्याउनेलाई प्रमुख दिएर जाने केन्द्रीय नीति अनुसार आएको सो प्रस्तावमा कतै दम्भ र कतै आग्रह मिसिदा गठबन्धन पेचिलो बन्न पुगेको नेताहरुको बुझाई छ। जिल्लातहमा गठबन्धनको समस्या समाधान नभएपछि सो जिम्मेवारी प्रदेश संयन्त्रलाई सुम्पने निर्णय पनि गरियो। तर, प्रदेशले पनि जिल्ला संयन्त्रकै सिफारिसका आधारमा  गर्ने भनेपछि पुनः फर्केका जिम्मेवारी निभाउन नसक्दा उम्मेदवार तोक्नै ढिला भएको छ।  

९ गते शुक्रबारसम्म गठबन्धन संयन्त्रले बाँडफाँड टुंगो लगाउन नसकेपछि पार्टींहरुले आन्तरिक उम्मेदवार तय गर्न सकेका छैनन्। गठबन्धन गर्ने कुराप्रति पूर्ण प्रतिबद्ध रहे पनि प्राविधिक पाटो पेचिलो भएर समस्या उब्जेको माओवादीका केन्द्रीय सदस्य सुरेशकुमार राई बताउँछन्। उनका अनुसार यत्ति हुँदा पनि गठबन्धन गरेर जाने कुरामा अझै सत्ता साझेदार दलहरु एकजुट रहेका छन्। ‘अहिलेको राष्ट्रिय आवश्यक्ता गठबन्धन गर्ने पर्ने भएकाले सोही अनुसार केन्द्रीय नीति बनेको छ,’ प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता राईले भने, ‘त्यसैले अझै सबै पालिकामा गठबन्धन गरेर जाने विकल्प हामीले खुल्ला राखेर छलफल जारी छ।’  

एमालेमा सकस छिचोल्दै गठबन्धनको पर्खाइमा

उता प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पनि अहिलेसम्म उम्मेदवार टुंगो लगायन सकेको छैन। सत्ता साझेदार दलहरु गठबन्धनमा अल्झिरहँदा व्यापक आन्तरिक छलफल गर्ने मौका पाएको एमालेले पनि आकांक्षी धेरै भएकैले उम्मेदवार टुंग्याउन नसकेको हो।  

पार्टीमा चैत अन्तिमभित्रै सबै पालिका र वडाबाट उम्मेदवारहरुको नाम सिफारिस भएर आईसके पनि ठोस भने गरिसकेको छैन। सत्तारुढ दलीय गठबन्धन एमालेका लागि चुनावी पल्लाभारीको अनुमान गरिए पनि उनीहरुबीच फाटो ल्याउन सके चुनावी परिणाम हात पार्न सकिने आँकलन गर्दै एमालेले छलफललाई घनिभूत बनाएको नेताहरु बताउँछन्।  

एक अगुवा कार्यकर्ताले भने एमालेबाट लगभग सबै पालिका र वडा उम्मेदवारको नाम टुंगो लागिसकेको बताए। तर, गठबन्धनले टुंगो लगाएको हेरेर एमालेले आफ्नो निर्णय बाहिर ल्याउने याजना बनाएको उनको बुझाई छ। सत्ता साझेदारहरुबीचको रस्साकस्सी लम्बिरहँदा व्यापक छलफल गरेर वस्तुपरक ढंगले उम्मेदवार छान्न पाउने अवसर मिलेको एमालेको बुझाई छ। ‘पहिले गठबन्धनबाट को को उम्मेदवार हुन्छन् हेरुँ भन्ने पनि पार्टीको पर्खाइ हो,’ एक एमाले अगुवा कार्यकर्ताले भने, ‘उता टुंगो लागेपछि त्यसलाई काट्न सक्ने क्याडर हामीलाई छान्न सहज होस् भनेर पनि नाम टुंगो नलगाइएको हो।’
अर्को समाचार
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
९ घण्टा अघि
•
० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।




पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पहिलो चरणमा कर्णाली प्रदेशको सुर्खेतमा यही शनिबार र आइतबार तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १४ र १५ गते प्रशिक्षण आयोजना गरिनेछ।

अन्य प्रदेशमा पनि क्रमशः कार्यक्रम सञ्चालन गरिने उनले बताए।

कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्नेछन्। कार्यक्रममा पार्टी उपसभापति सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्यलगायत पदाधिकारी तथा नेताहरू सहभागी हुनेछन्।

दुईदिने प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, मूल्यमान्यता, अनुशासन र राजनीतिक संस्कारबारे प्रशिक्षण दिइनेछ।

साथै, क्यान्डिडेट क्लब तथा लिडरसिप एकेडेमीको अवधारणा र कार्यदिशा, पार्टी संगठनको सशक्तीकरण, परिचालन, विस्तार तथा संरचनागत सुदृढीकरणका विषयमा छलफल हुनेछ।

प्रशिक्षणको पहिलो दिन जिल्ला तथा पालिका तहका पार्टी नेतृत्वसँग संगठनको अवस्था, चुनौती, सम्भावना, व्यवस्थापन, आर्थिक पारदर्शिता र निर्वाचन तयारीबारे केन्द्रीय नेतृत्वले छलफल गर्ने कार्यक्रम छ।

दोस्रो दिन स्थानीय तथा प्रदेश निर्वाचनको रणनीति, पार्टीको भूमिका, वाचापत्र तथा प्रतिबद्धताको कार्यान्वयन, नीति, कार्ययोजना र परिणाममुखी कार्यसम्पादनका विषयमा प्रशिक्षण दिइनेछ।

त्यसैगरी, पार्टीको ब्रान्डिङ, प्रचारप्रसार तथा सामाजिक सञ्जालको प्रयोगबारे पनि प्रशिक्षण दिइने प्रवक्ता खरेलले जानकारी दिए।

कार्यक्रमको अन्तिम सत्रमा सभापति लामिछानेले पार्टीको राजनीतिक कार्यदिशा, प्राथमिकता र रणनीतिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस