उदयपुरका अधिकांश कर्मचारी नेकपा (एमाले)बाट फुटेर बनेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा समाहित भएका छन्। एमाले सिंगो हुँदा नेपाल राष्ट्रिय कर्मचारी संगठनमा आबद्ध झण्डै २ तिहाई बढी कर्मचारी नेकपा (एस)निकट एकीकृत कर्मचारी संगठनमा आबद्ध भएका हुन्।
सो संगठनले जिल्ला कार्यालय खोलेर सञ्चालनमा ल्याउन थालेको छ। गत चैत १४ गते नेपाल सरकार श्रम विभागबाट औपचारिक दर्ता प्रमाणपत्र लिएर सदरमुकाम गाईघाटमा संगठनको कार्यालय खोलेर औपचारिक कार्य सञ्चालनमा ल्याएको हो। ‘सम्पूर्ण सरकारी कर्मचारी एकजुट हौं’ भन्ने नाराका साथ खुलेको संगठनले आगामी दिनमा आफ्नो गतिविधि सशक्त बनाउँदै राष्ट्र निर्माणमा जुट्ने प्रण गरेको छ।
नव स्थापित कार्यालयको एक कार्यक्रमका बीच बिहीबार संगठनका केन्द्रीय सचिवालय सदस्य तथा प्रशिक्षण विभाग प्रमुख प्रकाश राईले उद्घाटन गरे। सो अवसरमा राईले इमान्दार र सच्चा राष्ट्रवादी कर्मचारीहरुको संगठनलाई गतिशील बनाउदै देश निर्माण तथा परिवर्तनको बचाउका लागि सबै जिल्लमा संगठन विस्तार गर्दै लगिएको बताए। प्रमुख अतिथि राईले निजामति कर्मचारी मात्र नभई सरकारी निकायमा कार्यरत प्रदेश, स्थानीयतह, स्वास्थ्यकर्मी सबै कर्मचारीलाई गोलबद्ध गर्दै अघि बढ्न संगठन स्थापना गरिएको बताए।
एमालेनिकट नेपाल निजामति कर्मचारी संगठन निकम्मा भईसकेको र त्यसमा अहिले प्रतिगमनका मतियारहरु मात्र बाँकी रहेको राईले बताए। आफुहरुले खाईनखाई जन्माई हुकाई गरेर ठूलो बनाएको उक्त संगठनको जति माया लागे पनि प्रतिगमनतर्फ उन्मुख भएपछि बाध्य भएर राष्ट्र र देशका लागि एकीकृत समाजवादी संगठनको निर्माण गरिएको उनले बताए।
आगामी दिनमा संगठनलाई सरकारी कर्मचारीहरुको केन्द्रबिन्दु बनाउँदै देशको पहिलो र शक्तिशाली संगठनको रुपमा विकास गरेर लाने उनको प्रतिबद्धता थियो। प्रतिगमनविरुद्ध लड्न सबै कर्मचारीहरु एकजुट हुनुपर्ने भन्दै त्यसका लागि आसन्न स्थानीयतह चुनावमा आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह गरे। संगठनलाई मजबूत बनाउन पार्टीले पनि उत्तिकै सहयोग गर्नुपर्ने उनको भनाई थियो।
एकीकृत सरकारी कर्मचारी संगठनका केन्द्रीय सदस्य देवराज कोइराला, पेशागत महासंघ नेपाल उदयपुरका अध्यक्ष माधव राउतलगायतले सम्पूर्ण कर्मचारी एकजुट भएर प्रतिगमनविरुद्ध लडाई लड्नु पर्नेमा जोड दिए। संगठनका उदयपुर अध्यक्ष योगेश्वर खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कृत रायमाझीले गरेका थिए। अध्यक्ष खनाालका अनुसार उदयपुरमा एकीकृत सरकारी कर्मचारी संगठनमा ५ सय १ जना कर्मचारी आबद्ध रहेका छन् भने देशभर १३ हजार ७ सय ५३ जना रहेका छन्।