पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
०८ वैशाख २०७९
•
१ मिनेट पाठ
पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकासहित मोरङका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।  




वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महानगरपालिकासहित जिल्लाका १७ वटै पालिकामा बिहीबार मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृतको कार्यालय स्थानपना भएका छन्। प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीले प्रदेशका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी काम सुरु भएको बताए।  

विराटनगर महानगरपालिकाभित्र निर्वाचनका सबै कामहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयबाटै हुने अधिकारीले बताए। मुख्यसहित सबै निर्वाचन अधिकृतको कार्यालयको सुरक्षा सशस्त्र प्रहरीले गर्ने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए। प्रदेश १ मा १ सय ३७ वटा पालिका रहेका छन्।
अर्को समाचार
कपिलवस्तुमा मुख्य निर्वाचन अधिकृतसहित १० वटै पालिकामा कार्यालय स्थापना
०८ वैशाख २०७९
•
२ मिनेट पाठ
कपिलवस्तुमा मुख्य निर्वाचन अधिकृतसहित १० वटै पालिकामा कार्यालय स्थापना
स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कपिलवस्तुमा बिहीबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन्।




आउने बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सदरमुकाम तौलिहवा स्थित जिल्ला समन्वय समितिको कार्यालयमा प्रमुख निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। सो अवसरमा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश तेजेन्द्र प्रसाद शर्मा सापकोटाले बोर्डमा लेखिएको व्यहोरा पढेर कार्यालयको स्थापना गरेर कार्यालयको शुभारम्भ गरेका हुन्।

उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद खनाल, प्रजिअ धर्मेन्दकुमार मिश्रा, प्रहरी उपरिक्षक दानबहादुर कार्की सशस्त्र प्रहरी उपरीक्षक सुर्यबहादुर सेजुवाल, राष्ट्रिय अनुसन्धान कार्यालय प्रमुख योगेन्द्र केसी जिल्ला निर्वाचन अधिकारी ज्ञानुराम पन्थी र १० वटै पालिकामा खटिने निर्वाचन अधिकृतहरुको सहभागीता रहेको थियो।

सो अवसरमा मुख्य निर्वाचन अधिकृत सापकोटाले जिल्लामा स्थापना भएको १० वटै निर्वाचन अधिकृतको कार्यालयसँग आवश्यक समन्वय र निर्देशन गरी कार्यालय सञ्चालन गरिने बताए। यस्तै जिल्लाका १० वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय सञ्चालन गरिएको छ।

आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम

कपिलवस्तुको तौलिहवामा निर्वाचन आचारसंहिता सम्बन्धी कार्यक्रम संपन्न गरिएको छ। जिल्ला निर्वाचन कार्यालयले राजनीतीक दलका प्रमुख र प्रतिनिधि, निर्वाचन अधिकृतहरु, सुरक्षा प्रमुख लगायत सरोकारवालासँग अन्तरक्रियासहित निर्वाचन आचारसंहिता कार्यक्रम संपन्न गरेको हो।

सो अवसरमा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश तेजेन्द्र प्रसाद शर्मा सापकोटाले निर्वाचनमा आचारसंहिता काडइका साथ लागु गरिने बताए। उनले दलहरुले इमान्दारीपूवर्क आचारसंहिता पालन गरी निर्वाचनलाई स्वच्छ बनाउन आग्रह गरे।

‘निर्वाचन आचारसंहिता पालना गर्नु दलहरुको दायित्व हो, हामीले आचारसंहीताको निरन्तर निरीक्षण र अवलोकन गछौ’ उनले भने। सो अवसरमा प्रजिअ धर्मेन्द्र कुमार मिश्राले  निर्वाचनर स्वच्छ र पारदर्शीरुपमा सम्पन्न गर्न दलहरुले सहकार्य गर्नुपर्ने बताए।

उनले निर्वाचनमा भरपर्दो शान्ति सुरक्षा प्रदान गर्ने बताए। कार्यक्रममा प्रमुख कोष नियन्त्रक तथा यशोधरा गाउँपालिकाका निर्वाचन अधिकृत भीमार्जुन ज्ञवालीले निर्वाचन आचारसंहिता, उम्मेदवारको योग्यता, धरौटी, मतदाता र चुनिने जन प्रतिनिधिहरुको संख्यालगायतका विषयमा जानकारी गराएका थिए। 
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस