इलामको सूर्याेदयमा कांग्रेसले चुनावी गठबन्धन नगर्ने
०५ वैशाख २०७९
•
३ मिनेट पाठ
इलामको सूर्याेदयमा कांग्रेसले चुनावी गठबन्धन नगर्ने
सूर्याेदय नगरपालिकास्थित नेपाली कांग्रेसले नगरमा आउँदो चुनावका लागि अन्य दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ। केन्द्रको निर्देशनअनुसार नगरको मेयर नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को भागमा परेपछि कांग्रेस सूर्याेदय नगर कमिटीले गठबन्धन नगर्ने निर्णय गरेको हो।




कांग्रेस नगर कमिटी सभापति जीवन नेपालले नगरमा जुन संरचनामा उम्मेदवारी दिने केन्द्रको निर्देशन छ, त्यसले कांग्रेसलाई ध्वस्त बनाउने बताए। ‘नगरका आम पार्टी सदस्य र मतदाताको धारणा नै अहिले कांग्रेसले कसैसँग गठबन्धन गर्नु आवश्यक छैन भन्ने हो,’ उनले भने, ‘हामीले मेयर अर्कालाई दिएर गठबन्धन गर्न सकिँदैन भन्ने निर्णयसहितको पत्र जिल्ला समितिमा पठाइसकेका छौं। केन्द्रको निर्णय पार्टीले मान्नुपर्ने त हो तर पार्टी नै ध्वस्त हुने निर्णय कसरी मान्नु र!’

नगरका १४ वटै वडाका नेपाली कांग्रेस वडा समितिले समेत आउँदो स्थानीय तह निर्वाचनमा अन्य दलसँग गठबन्धन नगर्ने घोषणा नै गरेका छन्। सबै वडाका सभापतिहरूको संयुक्त बैठकले निर्वाचनमा गठबन्धन गर्नुको आवश्यकता नभएको भन्दै चुनावी तालमेल नगर्ने निर्णय गरेको हो।

उनीहरूले गठबन्धन नगरका सम्पूर्ण पार्टी सदस्य र मतदाताको भावना विपरीत रहेको, सैद्धान्तिक र व्यावहारिक पक्षमा पारस्परिक समन्वय हुन नसकेको, नेपाली कांग्रेसका आम मतदाता अन्य दलको चुनाव चिह्नमा मत हाल्न तयार नरहेको र गठबन्धन गर्न केन्द्रले दिएको निर्देशनको सूर्याेदय नगरपालिकामा कुनै आवश्यकता र अवस्था नरहेको जनाएका छन्।

१४ वटै वडाका सभापतिको बैठकको अध्यक्षता गरेका वडा ७ का सभापति लेखनाथ खड्काले विज्ञप्ति जारी गर्दै नगरका वडामा कांग्रेसले गठबन्धन गर्नुको औचित्य नभएको जनाएका छन्। सूर्याेदय नगरपालिका नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट पूर्वप्रधानमन्त्री झलनाथ खनालले २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचन जितेको क्षेत्रमा पर्ने प्रमुख स्थानीय तह हो।

यो नगर पूर्वीपहाडकै सबैभन्दा ठूलो र इलामको सबैभन्दा बढी मतदाता भएको स्थानीय तह हो। एमालेबाटै चुनाव जितेका सूर्याेदय नगरका मेयर रणबहादुर राईसहित धेरैजसो जनप्रतिनिधि पार्टी विभाजनपछि एमालेबाट नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए। उपप्रमुख दुुर्गादेवी भट्टराई र वडा ३ का वडाध्यक्ष होमबहादुर कार्कीले भने एमाले छाडेनन्।

आउँदो चुनावका लागि सत्तारुढ गठबन्धनको केन्द्रीय तहको निर्देशनअनुसार यो नगरको मेयर नेकपा (एकीकृत समाजवादी) कै भागमा परेको छ। र, पुनः मेयर उम्मेदवारको चर्चामा अहिलेकै मेयर राई छन्। मेयर अर्काको भागमा परेपछि नगरका कांग्रेसजन गठबन्धन गर्ने निर्देशनप्रति असन्तुष्ट भएका हुन्।

‘अहिले नेकपा (एस)ले हाम्रै दलबाट नेता–कार्यकर्ता आफ्नो दल प्रवेश गराएर विजय हासिल गरेझैं गरिरहेको छ,’ सूर्याेदय नगरका एक काङ्ग्रेस अगुवाले भने, ‘अनि गठबन्धनको नाममा हामीले फेरी उनीहरूलाई नै जिताइदिनुपर्ने? यो त कांग्रेसका लागि सकिने बाटो हुन्छ। कांग्रेस अब सकिने बाटोतिर जाँदैन।’

२०७४ सालको स्थानीय तह निर्वाचनमा सूर्याेदय नगरपालिकाको मेयरमा रणबहादुर राई १२ हजार ९ सय १९ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिन्दी नेपाली कांग्रेसका प्रेमलाल राईले १० हजार ३ सय २९ मत ल्याएका थिए। माओवादीका राजेन राईले १५ सय ४१, राप्रपाका भोजराज लामिछानेले ५९३ मत ल्याएका थिए।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
२२ मिनेट अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस