आसन्न स्थानीयतह चुनावमा सत्ता साझेदार दलहरुको गठबन्धन गरेर जाने सहमति उदयपुरमा पेचिलो बन्दै गएपछि समस्याको जडी खुट्याउन प्रदेश संयन्त्रलाई जिम्मा दिने निर्णय भएको छ। आइतबार सत्ता साझेदार दलका प्रतिनिधि सम्मिलित जिल्लास्तरीय गठबन्धन संयन्त्रको गाईघाटमा सम्पन्न बैठकले समस्याको निकास निकाल्न प्रदेश गुहार्ने निर्णय गरेको हो।
चुनाव नजिकै आईसक्दासम्म संयन्त्रले गठबन्धन गर्ने कुरामा प्रतिबद्धता जनाए पनि कसरी जाने भन्ने मार्गचित्र तय गर्न बसेको छलफल निकासबिहीन भएपछि जिल्ला संयन्त्रको काम प्रदेशलाई दिने निर्णय भएको हो। जिल्लाले खुट्याउन नसकेको समस्या प्रदेशलाई दिने सर्वसम्मत निर्णय गर्दै प्रदेशले गरेको निर्णय जिल्ला संयन्त्रले मान्ने सहमति भएको बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य सुरेशकुमार राई (हिमाल)ले बताए।
उनका अनुसार जिल्ला संयन्त्रमा सहभागी दलहरु कुनै पनि हालतमा गठबन्धन गरेरै जाने निश्कर्षमा पुगेका छन्। तर, ४ नगरपालिकासहित ८ वटा स्थानीयतहमध्ये कुन कुन भूगोल कसलाई दिने भन्ने विषय पेचिलो भएपछि प्रदेशको जिम्मा लगाउन निर्णय भएको हो। ‘हामी संयन्त्रमा आबद्ध दलका प्रतिनिधि सम्मिलित बैठक दिनभरजसो बस्यौँ, तर निकास निकाल्न हम्मे भयो,’ २ नं. संघीय सांसदसमेत रहेका नेता राईले भने, ‘कसै गर्दा पनि सर्वसम्मत हुन नसकेपछि प्रदेश संयन्त्रलाई जिम्मा दिन सहमत भयौँ। अव प्रदेशले जे निर्णय गर्छ सो कुरा मान्ने सहमति भएको छ।’
काँग्रेस उदयपुरका सभापति हिमाल कार्कीले गठबन्धन गर्नैपर्ने अवस्था कार्यान्वयन गर्न जिल्ला संयन्त्रमा कुरा नमिलेपछि प्रदेशको जिम्मा दिइएको बताए। उनका अनुसार चुनावमा आकांक्षी बढी रहेको र दलहरुबीच आफु मात्र शक्तिसाली छु भन्ने अहंताले गठबन्धन पेचिलो हुँदै गएपछि संयन्त्रले निर्णय गर्ने अधिकार प्रदेशलाई जिम्मा दिनु परेको हो। तर, व्यक्ति नभएर भूगोलको बाँडफाँडको अधिकार मात्र प्रदेश संयन्त्रलाई जिम्मा दिइएको कार्कीले बताए। भूगोल प्रदेशले टुंग्याएपछि उम्मेदवार चाहि दलहरु आफैले जिल्लाबाटै तयगर्ने कार्कीको भनाई छ।
बैठकमा माओवादीबाट केन्द्रीय सदस्य राई, जिल्ला समन्वय संयोजक विनोद कटुवाल (दिवस), प्रदेश कमिटी सदस्यहरु, काँग्रेस सभापति कार्की, उपसभापति र सचिवलगायत, एकीकृत समाजवादी पोलिटव्युरो सदस्य बलदेव चौधरीलगायत, जनता समाजवादी जिल्ला अध्यक्ष र जनमोर्चा अध्यक्षको सहभागिता थियो। भूगोल टुंग्याउने निर्णय प्रदेशलाई छाड्ने सहमति भए अनुसार सबै दलहरुले तल्लो कमिटीबाट सिफारिस भएर आएका आआफ्नो पार्टीगत भूगोलको अवस्थाबारे प्रदेश संयन्त्रलाई जानकारी पठाईसकेका छन्।
केन्द्रीय गठबन्धन संयन्त्रको निर्देशनमा ०७४ को स्थानीयतह निर्वाचनमा जित्ने दलकै उम्मेदवारलाई प्रमुख पद दिने, दोस्रो मत ल्याउनेलाई उपप्रमुख दिने र यस्तै प्रक्रियाको सुत्र वडातहसम्म लागू गर्ने भनिएको छ। जस अनुसार उदयपुरमा त्रियुगा नगरपालिका र उदयपुरगढी गाउँपालिकाका प्रमुख नेकपा (एकीकृत समाजवादी) का छन् भने चौदण्डीगढी काँग्रेस तथा लिमचुङबुङ गाउँपालिका नेकपा (माओवादी केकन्द्र) ले जितेको अवस्था छ। एमालेले प्रमुख उपप्रमुख जितेका बाँकी २ नगर र २ गाउँपालिकामध्ये लिमचुङबुङको उपाध्यक्ष काँग्रेसले जितेको छ।
सर्कुलर अनुसार ०७४ मा जित्ने पार्टीलाई नै यसपालि प्राथमिक्ता दिने भन्ने निर्णय भए पनि त्यो स्वीकार्य नहुने देखिएपछि गठबन्धन भाँडिन खोजेको थियो। गठबन्धन हालको राष्ट्रिय आवश्यक्ता महसुस गर्दै सानातिना बिबादले सत्ता साझेदारबीच दरार आउन नदिन जिल्ला संयन्त्रले प्रदेशलाई जिम्मा दिने निर्णय गरेको नेकपा (एस)का प्रतिनिधिले बताएका छन्।