इलाममा गठबन्धनभित्रै सहमति जुटाउन मुस्किल
०४ वैशाख २०७९
•
५ मिनेट पाठ
इलाममा गठबन्धनभित्रै सहमति जुटाउन मुस्किल
आउँदो स्थानीय तह निर्वाचनमा गठबन्धनको भागबन्डाबारे पार्टीको धारणा बनाउन छलफल गर्दै इलामस्थित नेपाली काङ्ग्रेसका नेताहरू। तस्बिरः नागरिक
नेपाली कांग्रेसका पूर्वसभापति हिमालय कमाचार्यले शनिबार बिहान सामाजिक सञ्जालमा लेखे– ‘इलाममा तालमेलको सम्भावना न्यून। हिजो र अस्ति भएको पाँचदलीय गठबन्धनको बैठकमा नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको दाबीलाई विश्लेषण गर्दा हाम्रो इलाम जिल्लामा तालमेलको सम्भावना देखिँदैन। अन्ततः नेपाली काङ्ग्रेसले एक्लै चुनाव लड्नुपर्ने सम्भावना देख्दैछु।’  




उनको भनाइ सामाजिक सञ्जालमा आएपछि नेपाली काङ्ग्रेसको बैठक बस्यो। बैठकले ‘पाँचदलीय गठबन्धनलाई कायम राख्न अधिकतम् प्रयास गर्ने’ निर्णय गर्‍यो। बैठकपछि आइतबार बिहान पुनः पाँचदलीय गठबन्धनको बैठक बस्यो। तर, लामो समयदेखि भइरहेको छलफल र वार्ता अझै निष्कर्षमा पुग्न सकेन।  

बरु, इलाम काङ्ग्रेसबाट छलफल टोलीको संयोजक बनाइएका अगुवा नेता बेनुपराज प्रसाईंले ‘सहमति हुन नसकेकै कारण’ संयोजक पदबाट राजीनामा दिए। तर, उनले राजीनामापत्रमा लेखेका छन्–‘हालसम्म गठबन्धनको सम्बन्धमा तथ्यांकगत छलफलहरू र गठबन्धनका दलहरूबाट प्रस्तावित सबै विवरण अद्यावधिक गरिएका छन्। कुन पार्टीलाई कुन पदीय जिम्मेवारी दिने भन्नेबारे कुनै निर्णय भइनसकेको कुरा सभापतिलाई अवगतै छ।’

नेपाली काङ्ग्रेसको माइजोगमाई गाउँपालिकाका कार्यसमिति सचिव प्रदीप खड्काले गत चैत ३० गते पदबाट राजीनामा दिए। उनले राजीनामापत्रमा काङ्ग्रेसलाई आउँदो चुनावमा जसरी पनि जिताउन लागिपरेको अवस्थामा अरू दलसँग गठबन्धन हुने भएको र अर्कै पार्टीको मान्छे गाउँपालिका अध्यक्ष हुने बुझेपनि आफूले राजीनामा दिएको उल्लेख गरेका छन्।  

‘माइजोगमाईमा काङ्ग्रेस नै पहिलो पार्टी हुन्छ,’ उनले नागरिकन्युजसँग भने, ‘तर, अर्काे पार्टीको मान्छेलाई अध्यक्ष बनाउनेगरी गठबन्धन भएकाले मैले राजीनामा दिएको हुँ।’ उनले स्थानीय कार्यकर्ताको भावनविपरीत गठबन्धन हुन लागेकामा आफूलाई चित्त नबुझेको बताए। ‘माइजोगमाई गाउँपालिकाको अध्यक्ष पद काँग्रेसलाई दिइँदैन भने काङ्ग्रेसको तर्फबाट अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी पनि हालिने छ,’ उनले भने, ‘हामी गठबन्धनका नाममा पार्टीमाथि हानी हुँदा चुप बस्दैनौं।’  

सरकारी गठबन्धनका पाँच दलमध्ये इलाममा नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी गरी चार दल सक्रिय छन्। उनीहरू केन्द्रीय सर्कुलरअनुसार आउँदो स्थानीय तह चुनावमा गठबन्धन गरेर अघि बढ्न पटक–पटक छलफल गरिरहेका छन्। सुरुमा फराकिलो घेरामा छलफल गर्दै घेरा साँघुरो बनाएर जिल्ला तहका शीर्ष नेताको इकाईसम्म आइपुग्दा पनि पालिकाको पद बाँडफाँटमा सहमति हुन सकेको छैन।  

काङ्ग्रेसले जिल्लाका चारै नगर र छ वटै गाउँपालिका अध्यक्ष पाउनुपर्नेमा दाबी कायमै राखेको छ। केही दिनअघि सत्ता गठबन्धनको बैठकले केन्द्रबाट उम्मेदवारको मापदण्ड घोषणा गर्दै नेकपा (एकीकृत समाजवादी)लाई उसले नेतृत्व गरेका पालिकामा उसैलाई प्रमुख उम्मेदवार बनाउने निर्णय गर्‍यो। जिल्लाका माइजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राई र सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राई नेकपा (एमाले)बाट २०७४ सालको चुनाव जितेका पालिका प्रमुख हुन्। उनीहरू दुवै जना अहिले नेकपा (एकीकृत समाजवादी)मा छन्। गठबन्धनको मापदण्डअनुसार यी दुवै पालिकाको प्रमुख एकीकृत समाजवादीकै भागमा पर्ने देखिएको छ। र, दुवै जना पुनः त्यही पदमा उम्मेदवार बन्ने चर्चासमेत छ।  

तर, गठबन्धनको प्रमुख दल काङ्ग्रेसले जिल्लाका १० वटै पालिकाको प्रमुख आफूले पाउनुपर्ने दाबी गरेको छ। काङ्ग्रेस नेता निरोज खड्गी भन्छन्, ‘गठबन्धनलाई बचाएर लैजानुपर्छ भन्नेमै छौं तर अहिलेसम्म काङ्ग्रेसले १० वटै पालिकाको प्रमुख पद दाबी गरेको छ।’ उनले पटक–पटक गठबन्धनका दलबीच छलफल भइरहेको र सोमबारसम्ममा कुनै न कुनै निर्णय आउने जानकारी पनि दिए।  

एकीकृत समाजवादी केन्द्रको मापदण्डअनुसार सूर्याेदय नगरको मेयर र माइजोगमाईको अध्यक्ष आफ्नो दलको भागमा पर्नेमा विश्वस्त छ। त्यसबाहेक एकीकृत समाजवादीले देउमाई नगरपालिकाको मेयर, सन्दकपुर र चुलाचुली गाउँपालिकाको अध्यक्ष तथा रोङ गाउँपालिका उपाध्यक्ष र इलाम नगरपालिकाको उपमेयरमा दाबी गरेको छ।  

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष भक्त केसी छलफलक्रममा सहमतिमा आउन सकिने बताउँछन्। ‘सहमति हुनेक्रममा केही तल–माथि होला तर छलफल सकारात्मक हिसाबले नै अघि बढेको छ,’ उनले भने, ‘एकीकृत समाजवादीले बढी भाग खोज्यो भन्नु चाहिँ गठबन्धनका अन्य दलका साथीहरूको व्यक्तिगत विचार होला, व्यक्तिगत कुरा त हाम्रा पार्टीका नेता–कार्यकर्ताको पनि अझ धेरै छ नि।’ उनले गठबन्धनको मापदण्ड तल–माथि भए केन्द्रीय तहबाट आफ्नो पार्टीसहित अरू पार्टीमाथि पनि ‘डन्डा चल्ने’ बताए। ‘कि गठबन्धनको निर्णय मान्दिनँ भन्नुपर्‍यो, कि त्यहीअनुसार निर्णय गर्नुपर्‍यो,’ उनले भने, ‘मलाई लाग्छ, गठबन्धन इलाममा सफल हुन्छ।’

नेकपा (माओवादी केन्द्र)ले जिल्लाको माई नगरपालिकाको मेयर र चुलाचुली गाउँपालिका अध्यक्ष आफ्नो दललाई हुनुपर्ने प्रस्ताव गरेको छ। पार्टीका जिल्ला समन्वय कमिटी संयोजक तेजबहादुर राई (विजय)ले जिल्लामा गठबन्धनबीच सहमति भए या नभएपनि सोमबारसम्ममा निर्णय आउने बताए।  

‘अहिलेसम्म चरण–चरणमा छलफल चलिरहेको छ, गठबन्धन दलबीच आएका प्रस्तावमा पार्टीभित्र पनि छलफल गर्नुपर्ने भएकाले लम्बिएको हो,’ उनले सोमबार साँझ भने, ‘भोलिसम्ममा सहमति भएपनि नभएपनि जिल्लाको निर्णय प्रदेशमा जान्छ।’ उनले माई नगरपालिकाको प्रमुख र चुलाचुुलीको अध्यक्षसहित अन्य पालिकाका केही पदमा आफ्नो पार्टीको प्रस्ताव रहेपनि ‘सबै मेरै मागमात्र पूरा हुनुपर्छ भन्ने पक्षमा माओवादी नरहेको’ जनाए।

जनता समाजवादी पार्टीले माङ्सेबुङ गाउँपालिका अध्यक्ष, माई नगरको उपमेयर र चुलाचुली वा फाकफोकथुम गाउँपालिकाको उपाध्यक्षमा दाबी गरेको छ। जसपाका नेता विनोद नेम्बाङले जिल्लाका विभिन्न पालिकाका ११ वडाध्यक्ष र २० वडा सदस्य आफ्नो दलको भागमा रहनुपर्ने दाबी गरेको बताए। तर, नेता नेम्बाङले जिल्लामा गठबन्धनबीच सहमति हुन नसक्ने अवस्था रहेको पनि खुलाए। ‘जिल्ला तहमा गठबन्धनबीच उम्मेदवारी भागबन्डामा सहमति हुने सम्भावना अब छैन,’ उनले भने, ‘भोलि जिल्लाको निर्णय जस्ताको तस्तै प्रदेशमा पठाउने र प्रदेशतिरै छलफल गर्ने कुरा भएको छ।’ उनले सबै दलको दाबी हेर्दा सहमतिको सम्भावना जिल्ला तहमा चाहिँ नदेखेको बताए।  

२०७४ सालको स्थानीय तह निर्वाचनमा इलामका ४ नगर र ६ गाउँपालिकामध्ये नेकपा (एमाले)ले चारै नगरको मेयर–उपमेयर, २ गाउँपालिका अध्यक्ष र पाँच गाउँपालिका उपाध्यक्ष जितेको थियो। काङ्ग्रेसले ३ गाउँपालिका अध्यक्ष र १ उपाध्यक्ष जितेको थियो। जिल्लाका ८१ वडामध्ये एमालेले ४७, काङ्ग्रेसले ३१ तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, माओवादी र राष्ट्रिय जनमुक्ति पार्टीले १–१ वडा जितेका थिए। माओवादीले जितेको वडाका वडाध्यक्ष भने एमालेमा प्रवेश गरिसकेका छन्।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
२३ मिनेट अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस