नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मुस्लिम समुदायको ‘रोजा इफ्तार’ मा सहभागी भएका छन्। मुस्लिम समुदायको पवित्र महिना रमजान चलिरहँदा उनी नेपालगन्ज आएर रोजा इफ्तारमा सहभागी भएका हुन्।
एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठनले नेपालगन्जमा शनिबार बेलुका आयोजना गरेको उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले पनि मुस्लिम समुदायसँगै रोजा इफ्तार गरे। कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली मुस्लिम समुदायको बेग्लै पहिचान भएको बताए। ‘नेपाली मुस्लिम समुदायको बेग्लै पहिचान छ, मुस्लिम समुदायको पहिचानलाई एमाले पार्टीले सम्मान गर्दै आएको छ,’ उनले भने।
एमाले नेतृत्वको सरकारले विगतमा मुस्लिम समुदायको चार्डपर्वलाई विशेष प्राथमिकता दिएको जिकिर गरे। एमाले नेतृत्वको सरकारको पालामा हज कमिटीले मुस्लिम समुदायका लागि राम्रा कामहरु गरेको उनको दाबी छ। रोजा इफ्तार कार्यक्रममा ओली राजनीतिका विषयमा भने बोलेनन्।
पार्टी अध्यक्ष ओलीसँगै उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेल, पार्टीका केन्द्रीय सदस्यहरु मोहम्मद हारुण, सुर्य ढकाल, पशुपति दयाल मिश्र लगायत नेताहरु रोजा इफ्तारमा सहभागी भएका थिए। सो क्रममा ठूलो संख्यामा नेपालगन्जका मुस्लिम समुदाय सहभागी भएका थिए।
मुस्लिम इत्तेहाद संगठनले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर पार्टी अध्यक्ष ओलीको उपस्थितीमा रोजा इफ्तार कार्यक्रम राखेको हो। नेपालगन्ज मुस्लिम समुदायको बाहुल्यता रहेको क्षेत्र हो। निर्वाचनमा यहाँका मुस्लिम समुदाय निर्णायक मानिन्छन्।