मोरङमा गठबन्धनका दलबीच चुनावी तालमेल सकसपूर्ण देखिएको छ। निरन्तर दुई दिन यता बैठक र छलफल भइरहे पनि अझै तालमेलबारे निर्णय गर्न गठबन्धनमा आबद्ध दलका नेताहरूले सकिरहेका छैनन्।
शनिबार विराटनगरस्थित नेपाली कांग्रेस मोरङको कार्यालयमा भएको छलफलबाट पनि कुनै निश्कर्ष निस्कन नसकेको नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले बताए। उनका अनुसार भागबन्डाको विषयमा कुरा मिल्न नसक्दा चुनावी तालमेलको निर्णय गर्न नसकिएको हो।
गठबन्धनमा आबद्ध दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४/४ वटा स्थानीय तहमा दाबी गरिरहेका छन्। कांग्रेसले भने विगतमा जितेका स्थानीय तह नछाड्ने अडान लिइरहेको छ।
गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस मोरङका १७ पालिका मध्ये विराटनगर महानगरसहित ९ वटा पालिकामा विजयी भएको थियो। नेपाली कांग्रेसमा विजय भएको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक २ वटा पालिकामा विजयी भएको थियो। यही आधारमा नेपाली कांग्रेसले मोरङका ११ वटा पालिकामा दाबी गरेको सभापति लिम्बुले बताए। उनले अहिलेलाई बैठक स्थगित गरिएको भए पनि आजै राति वा भोलि विहानसम्ममा निर्णय लिइसक्ने दाबी गरे।
यता कांग्रेसको पार्टी कार्यालय भित्र गठबन्धनका दलहरूबीच छलफल भइरहँदा पार्टी कार्यालय बाहिर भने नेता कार्यकर्ताले मोरङमा गठबन्धनक गर्न नहुने भन्दै नारबाजी गरेका थिए।