महानगरको मेयरमा ७ र उपमेयरमा १२ जनाको नाम सिफारिस
०३ वैशाख २०७९
•
१ मिनेट पाठ
महानगरको मेयरमा ७ र उपमेयरमा १२ जनाको नाम सिफारिस
नेपाली काँग्रेसले विराटनगरको मेयर र उपमेयरको नाम सिफारिस गरेको छ। विराटनगर महानगर समितिले स्थानीय तह निर्वाचनमा मेयरका लागि ७ जना र उपमेयरका लागि १२ जनाको नाम सिफारिस गरेको हो।  




विराटनगर महाननगर सभापति दीपक चापागाईंले मेयरमा ७ र उपमेयरमा १२ जनाको नाम सिफारिस गरेको जानकारी दिए। चापागाईंसहितको टोलीले दुवै पदका सम्भावित उम्मेद्ववारको नामावली केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई बुझाएका हुन्।

विराटनगरका वर्तमान मेयर तथा काँग्रेसका केन्द्रीय सदस्य भीम पराजुली, केन्द्रीय सदस्य अमृत अर्याल, प्रतिनिधिसभा सदस्य तथा केन्द्रीय सदस्य डा.डिला संग्रौला, मोरङ काँग्रेसका जिल्ला उपसभापति नागेश कोइराला, महानगर सभापति दीपक चापागाईं, प्रदेश समिति सदस्य एवं पूर्व कर्मचारी गोपाल रेग्मी र हालकी उपमेयर इन्दिरा कार्कीको नाम सिफारिस गरिएको छ।

उपमेयरका लागि निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, डा. सीता घिमिरे, गीता सिलवाल, राजु मास्के र सूची चौधरीको नाम सिफारिस गरिएको छ।
अर्को समाचार
विराटनगर महानगरको मेयरमा एमालेका ४ र उपमेयरमा ३ जनाको नाम सिफारिस
२७ चैत्र २०७८
•
२ मिनेट पाठ
विराटनगर महानगरको मेयरमा एमालेका ४ र उपमेयरमा ३ जनाको नाम सिफारिस
विराटनगरको मेयरमा नेकपा एमालेले ४ जनाको नाम सिफारिस गरेको छ। विराटनगर महानगर कमिटीको बैठकले महानगर कमिटी अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की र खेलकुद महासंघका केन्द्रीय अध्यक्ष कृष्ण बस्नेत (पर्शुराम)को नाम सिफारिस गरिएको छ।  




यस्तै उपमेयरमा विमला घिमिरे, शिल्पा कार्की र अञ्जु उपाध्यायको नाम सिफारिस गरेको छ। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले मेयर, उपमेयरसँगै वडाध्यक्षहरुको नाम पनि सिफारिस गरेको छ। विराटनगरका १९ वडाका लागि ५ दर्जन बढीको नाम वडा कमिटीबाट सिफारिस भएरको छ। ३ वडामा १–१ जनाको नाम सिफारिस भएको एमाले विराटनगर महानगर कमिटीले जनाएको छ। विराटनगर १०, ११ र १९ मा  वडाध्यक्षमा १–१ जनाको मात्रै दाबी परेको छ। विराटनगर १० मा अर्जुन गिरी, ११ मा तीर्थेन्द्र न्यौपाने र १९ मा श्याम घिमिरेको नाम वडा कमिटीले सिफारिस गरेको छ।    

महानगर कमिटीका अनुसार विराटनगर १ बाट काजीबहादुर बस्नेत, ईश्वर रिजाल, किशोर बस्नेत, हरिप्रसाद पोखरेल र दिनकर मण्डलको नाम सिफारिस भएको छ। विराटनगर २ बाट कुमार पोखरेल, विनोदविक्रम शाह र ललित शाक्य, ३ बाट बासुबहादुर बस्नेत, रेशम थापा मगर, नवराज नेपाल, विष्णु पौडेल, वडा नम्बर ४ बाट जितेन थापा, तुलसी घिमिरे, ५ बाट शिव थापा, सुनिल श्रेष्ठ, राजमणि न्यौपाने, रमा रिजाल र मीनकुमार आचार्य, ६ बाट दिनेश कामत, नविनविक्रम शाह, अनिल आलम, लालबाबु साह, सन्तोष साह, समिम अन्सारी, जुफिर अहमद दोस्ताना, ७ बाट गोपाल पोद्दार र दामोदर तिवारीको नाम वडा कमिटीले सिफारिस गरेको छ।

विराटनगर ८ बाट राम पोखरेल, शैलेश न्यौपाने, मनिष भट्टराई र वीरेन्द्र राजवंशी, ९ बाट दीलिप तामाङ, श्रीप्रसाद तोत्ला, अजमेरी हुसैन, दिनानाथ भगत, पप्पु अन्सारी, राजेशकुमार भगत, गंगालाल प्रधान, हरिनाथ अधिकारी, १२ बाट राधेश्याम कट्टेल, भोला बराल, झुमा पोखरेल, विष्णु कामत, तुलसी साह, अमिरलाल राजवंशी, अजय ढकाल, १३ नम्बरबाट किशोर पोखरेल, सन्तोष बराल, तीर्थराज घिमिरे, दिनेश राई, बद्री न्यौपाने, दीपक खड्का, १४ बाट सूर्यनारायण महतो र सुनिता गिरी, १५ बाट उमेश गुरुङ, मनोज खड्का, कुन्दन मण्डल, आकाश साह, १६ बाट कुमार महर्जन, प्रल्हाद बस्नेत, धनकुमार लामा र भरत साहको नाम सिफारिस गरिएको छ।

विराटनगर १७ बाट हमिद आजाद र सिकन्दर आलम, १८ बाट पर्शुराम ठाकुर, रविन्द्र दास र जितेन्द्र कामतको नाम सिफारिस भई आएको महानगर कमिटीले जनाएको छ। २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले ३ वटा वडा जितेको थियो। नेपाली काँग्रेसले ७, जसपाले ६, माओवादी १ र स्वतन्त्रले २ वडामा निर्वाचित भएका थिए।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस