नेपालगन्ज उपमहानगरपालिकाको लागि मेयर र उपमेयरको टिकट लिन सत्तारुढ दल नेपाली कांग्रेसभित्र दौडधुप चलेको छ। कांग्रेसका १४ जनाले मेयर र ११ जनाले उपमेयरको उम्मेदवार बन्न आकांक्षा देखाएका छन्। यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ।
टिकट ल्याउन कांग्रेसका नेता तथा नेतृहरुबीच केही दिन यता दौडधुप चलेको हो। उनीहरुले जिल्ला, लुम्बिनी प्रदेश र केन्द्रीयसम्मका नेतालाई भेट्न थालेका छन्। नेपालगन्ज कांग्रेसका लागि महत्वपूर्ण उपमहानगरपालिका हो। कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्वर्गीय सुशिल कोइरालाको गृहनगर पनि हो। त्यसकारण नेपालगन्जलाई कांग्रेसले महत्वका साथ हेर्ने गरेको छ।
उपमहानगरको टिकटका लागि नेता तथा नेतृहरुबीच दौडधुप चलेपनि अहिलेसम्म टुंगो भने लागिसकेको छैन। पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गर्ने विषयमा बाँकेमा अहिलेसम्म टुंगो लागेको छैन। नेपालगन्जको मेयर र उपमेयर पद गठबन्धन भित्रको कुन दलले पाउँछ भन्नेबारे टुंगो नलागेपनि कांग्रेसका नेता तथा नेतृहरु कांग्रेसले नै पाउने विश्वासका साथ टिकटका लागि दौडधुप थालेका हुन्।
कांग्रेस नेपालगन्ज उपमहानगर कार्यसमितिले गत चैत २७ गते मेयर पदका लागि १४ जना र उपमेयर पदका आकांक्षी ११ जनाको नाम सिफारिस गरेर बाँके प्रदेश सभा–२ ‘ख’ कार्यसमिति समक्ष पठाएको थियो।
उपमहानगरको मेयर पदमा रमेशकुमार गुप्ता, प्रशान्त विष्ट, उमा थापामगर, सुनिल राणा, निरञ्जनसिंह सिजापति, डा. सुरेशकुमार कनोडिया, माया पुन अजितकुमार शर्मा, रविन्द्रमान श्रेष्ठ, बिरेन्द्रबहादुर शाह, अच्युतप्रसाद प्रसाई, ललितकुमार रौनियार, मो. कादिर जोलाहा र दिवाकर खनालको नाम सिफारिस गरिएको छ।
यस्तै उपमेयरका लागि रेणुसिंह ठाकुर, दिक्षा कोइराला, रत्न राणा, शिवकुमार बर्मा, पूर्णसिंह ठकुरी, मिनाकुमारी बोहरा, नारायणी रुपाखेती, मो. कमाल अन्सारी, गोकर्ण शाही, बन्दना सिंह र अतुलकुमार गुप्ता नगर समितिको सिफारिसमा परेका छन्।
मेयर र उपमेयर पदका लागि धेरै आकांक्षी देखिँदा उम्मेदवार छान्न कांग्रेसका नेतालाई सकस पर्ने देखिएको स्रोतले जनाएको छ। ‘नेपालगन्जको मेयर र उपमेयर पदको टिकटका लागि धेरै जना आकांक्षी हुनुहुन्छ, तर कसलाई टिकट दिने भन्नेमा पार्टीले कुनै निर्णय गरेको छैन,’ एक नेताले भने, ‘तर आकांक्षी धेरै भएको हुँदा उम्मेदवार छान्न यसपटक त्यति सजिला हुने छैन।’ नगर समितिले सिफारिस गरेका आकांक्षीको नामलाई क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ बाँके, जिल्ला कार्यसमिति बाँके, कांग्रेस लुम्बिनी प्रदेश समिति र पार्टी केन्द्रीय कार्यसमितिलाई बोधार्थका रुपमा जानकारी दिइएको छ।
कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनभित्रबाट कांग्रेसले नै पाउने संकेत गरे। तर, कांग्रेसभित्र कसलाई टिकट दिने भन्नेबारेमा अहिलेसम्म निर्णय नभएको उनको भनाइ छ। ‘उम्मेदवारहरुको नाम अहिलेसम्म बाँकेबाट सिफारिस भएर हामी कहाँ आइपुगेको छैन, नामहरु सिफारिस भएर आयो भने कांग्रेसले राम्रो व्यक्तिलाई उम्मेदवार बनाउँछ,’ उनले नागरिकसँग टेलिफोनमा भने।