नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ दलीय गठबन्धनले देशलाई श्रीलंकाको बाटोमा लगेको आरोप लगाएका छन्। बुधबार नेकपा एमाले विराटनगर महानगर कमिटीले विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पाँच दलीय गठबन्धनले देशलाई टाट उल्टाउने अवस्थामा पुर्याएको आरोप लगाएका हुन्।
ओलीले गठबन्धनले देशको अर्थतन्त्रलाई धराशायी बनाउँदै लगेका कारण काम गरेका ठेकदारले पैसा भुक्तानी पाउने अवस्था नरहेको बताए। ‘गठबन्धनको सरकारले देशको अर्थतन्त्रलाई टाट उल्टाउने अवस्थामा पुर्याइसकेको छ’ उनले भने‘देश श्रीलंकाको बाटोमा जाँदैछ।’ गठबन्धनले जनताको समस्या हेर्ने देशको विकास गर्ने हैन देशलाई अफ्ठ्यारोमा पार्ने, अस्थिरतातर्फ लैजाने प्रयत्न गरिरहेको उनले बताए। गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचन नगराउनका लागि षडयन्त्र गरिरहेको ओलीले बताए। उनले भने, ‘सरकारले जसरी पनि निर्वाचन सार्ने षडयन्त्र गरिरहेको छ।’ देश बनाउने, देशको विकास गर्ने पार्टी नेकपा एमाले मात्रै भएको उनको दाबी छ।
गठबन्धनको सरकार देशको हितमा नभएकाले यो सरकारलाई कसैले पनि सहयोग गर्न नहुने उनको भनाई छ। ‘यो षडयन्त्रकारी, लोकतन्त्रविरोधी र प्रतिगामी सरकारलाई कसैलै समर्थन र सहयोग गर्नुहुँदैन’ ओलीले भने। उनले नेकपा एमालेको नेतृत्वमा देशमा विकास र समृद्धिको लहर ल्याएको दाबी गरे। उनले सडक, पुल, विद्युत आयोजना लगायतका हज्जारौं आयोजना देशैभर सञ्चालन गरेर नेकपा एमालेको सरकारले विकासको लहर ल्याएकाले नेकपा एमालेको नेतृत्वमा मात्रै विकास र समृद्धि आउने धाराणा राखे।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।
रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।
उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’
उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’
तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...