विराटनगरको मेयरमा कांग्रेसका ९ जना आकांक्षी
२९ चैत्र २०७८
•
४ मिनेट पाठ
विराटनगरको मेयरमा कांग्रेसका ९ जना आकांक्षी
विराटनगर महानगरपालिकाको मेयरका लागि ९ जनाले आकांक्षा देखाएका छन्। जसमा संघीय सांसददेखि पूर्व कर्मचारीसम्म रहेका छन्। विराटनगर महानगरपालिकाको मेयरकालागि नेपाली कांग्रेका केन्द्रिय सदस्य तथा हालका मेयर भीम पराजुलीले पुनः दोहोर्‍याउने बताएका छन्। 




उनले विराटनगरको मेयर भएर ५ वर्षमा धेरै  काम गरिसकेको र केहि अधुरा काम  पुरा गर्नुपर्ने भएकाले आफूले पुनः मेयरमा उमेदवारी दिन लागेको बताए। पराजुलीले भने, ‘५ वर्षमा विराटनगरमा धेरै काम गरिएको भए आफूले थालेका केहि कामहरू अधुरै रहेकाले फेरी मेयर बनेर बाँकी काम पुरा गर्ने योजना अनुसार मेयरमा उमेदवारी दिने तयारी गरेको हुँ।’ यस्तै विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्की पनि मेयरमा आफ्नो बलियो दाबेदारी रहेको बताउँछिन्। उनले ५ वर्ष उपमेयर भएर काम गरिसकेकाले आगामी निर्वाचनमा मेयरमा उमेदवारी दिने जानकारी दिइन्। उनले सँधै पुरुषलाई मात्रै मेयर बनाउने नभई महिलाहरूलाई पनि पार्टीले अवसर दिनुपर्ने बताइन्।

यस्तै विराटनगरको मेयरका लागि नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरू अमृत अर्याल, डिला संग्रौला, पनि चुनाव लड्ने इच्छा गरीरहेका छन्। यस्तै  नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइराला पनि मेयरमा उमेद्वारी दिने दौडमा छन्। नेपाली कांग्रेस विराटनगर महानगरपालिकाका सभापति दीपक चापागाईले पनि मेयरमा चुनाव लड्ने इच्छा देखाएका छन्। विराटनगर महानगरका पूर्व प्रधानपञ्च  रामकृष्ण भट्टराई, पूर्व कर्मचारी गोपाल रेग्मी र काँग्रेस नेता अरुण गुप्ताले पनि विराटनगर महानगरपालिकाको मेयरमा उढ्ने इच्छा देखाएका छन्।  

२०७४ सालको स्थानिय तहको निर्वाचनमा मेयर, उपमेयरमा नै विजयी भएको कांग्रेसमा टिकटका लागि आकांक्षी नेताहरू दौडधुपमा लागिसकेका छन्। गाउँ–गाउँमा निर्वाचन अभियान देखि केन्द्रका नेताहरूसँग लविङसमेत गरिरहेका छन्। मोरङमा कांग्रेसको दुई वटा खेमा सतहमै देखिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइराला। दुबै पक्षले आफू निकटका व्यक्तीलाई महानगरको मेयरको टिकट दिलाउन केन्द्रमासमेत दबाब दिइरहेको कांग्रेस स्रोतले जनाएको छ। 

संस्थापन पक्षबाट केन्द्रीय सदस्य अमृत अर्यात,डा  डिला संग्रौला र कृष्ण सिटौला निकटका भीम पराजुली मुख्य दाबेदार छन्। डा.डिला संग्रौला प्रतिनिधि सभाकी सांसद पनि हुन्। मेयरको टिकट पाएको खण्डमा उनले सांसद पद छाड्नुपर्ने भएकाले संग्रौला मेयरमा नउठ्ने विष्लेषण पनि हुने गरेको छ। यस्तै अर्का नेता अमृत अर्याल पनि पटक—पटक सांसद निर्वाचित भइसकेकाले उनले पनि सांसदको टिकट पाउने अवस्थामा मेयरमा दाबी नगर्ने जानकारहरू बताउँछन्। यदि दुवै नेताको व्यवस्थापन भएको खण्डमा विराटनगरको मेयरमा कृष्णप्रसाद सिटौला निकटका भीम पराजुली संस्थापन तर्फको बलियो दाबेरका रुपमा रहने छन्।

तर, अर्का नेता डा.शेखर कोइरालाको गृहनगर भएकाले विराटनगरको मेयरका लागि कोइराला पक्षकै नेताहरू बलियो दाबेदारका रुपमा रहने कांग्रेसका नेताहरू दाबी गर्दछन्। डा.शेखर कोइराला पक्षका आकांक्षीहरूमा कांग्रेस मोरङ उपसभापति नागेश कोइराला, दिपक चापागाई र इन्दीरा कार्की रहेकीछन्। यी मध्ये सबै भन्दा बलियो नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइराला देखिएका छन्। यस्तै राप्रपाबाट कांग्रेसमा आएका विराटनगरका पूर्व प्रधानपञ्च रामकृष्ण भट्टराई, पूर्व कर्मचारी तथा नेपाली कांग्रेसका प्रदेशस सदस्य गोपाल रेग्मी र अरुण गुप्ताले पनि मेयरको दाबी गर्दै आएका छन्।  यस्तै कांग्रेसबाट उपमेयरमा पनि आकांक्षी धेरै देखिएका छन्।  

उपमेयरमा नेतृहरू प्रमिला गच्छदार, सुचि चौधरी, रेखा पराजुली, प्रमिला थापा, पुनम सिंह झुमा निरौला, जसविन मण्डल, सुनिता घिमिरेलगायतले दाबी गर्दै आएका छन्। उपमेयरका लागि कोहि पनि पुरुष नेताहरूले विराटनगरमा दाबी गरेका छैनन्। विराटनगरमा गठबन्धन दलविच निर्वाचनमा तालमेल भएको खण्डमा कांग्रेसले मेयर पाए पनि उपमेयर नपाउने संभावना उत्तीकै प्रबल देखिन्छ। विगतमा एक्लै लडेर मेयर, उपमेयर जितेको कांग्रेसका धेरैजसो नेताहरू गठबन्धनको विपक्षमा देखिएका कारण पनि विराटनगरमा चुनावी तालमेल नहुने नेताहरू बताउँछन्।

विराटनगरमा तालमेल नगर्ने निर्णय  

विराटनगरमा कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने निर्णय नगरकार्यसमितिको बैठकले गरेको नेपाली कांग्रेस नगर सभापति दीपक चापागाईले बताए। नेपाली कांग्रेस नगरकार्यसमितिको सोमबारको बैठकले विराटनगर महानगरपालिकाको मेयर , उपमेयर र वडाअध्यक्षलगायत कुनै पनि पदमा  कसैसँग तालमेल नगर्ने निर्णय गरिसकेको चापागाईले जानकारी दिए। ‘विराटनगरमा कांग्रेस एक्लै काफी छ ’ चापागाईले भने‘ कांग्रेसले कुनै दलसँग चुनावी तालमेल गर्दैन।’ चापागाईका अनुसार विराटनगरको मेयर , उपमेयरलगायतका उमेदवारहरूको सिफारीस मंगलबार सांझसम्ममा गर्ने तयारी गरिएको छ। नगरसमितिको बैठक बसीरहेकाले आजै साँझ सम्ममा मेयर, उपमेयर लगायतका पदाधिकारीको नाम सिफारीस गरिने चापागाईले बताए।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
३५ मिनेट अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस