तालमेलका लागि शीर्ष तहबाटै हस्तक्षेप
२९ चैत्र २०७८
•
४ मिनेट पाठ
तालमेलका लागि शीर्ष तहबाटै हस्तक्षेप
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित सत्तारूढ पाँच राजनीतिक दलका शीर्ष नेताहरूको बैठक । तस्बिर: रासस
सत्तारूढ पाँच राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका राजनीतिक दलसँग सहमतिका साथै आपसी सहकार्य र परस्पर सहयोगको भावनाबाट अघि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरू टुंगो लगाउन थालिसकेका बेला चुनावी तालमेलको मोडालिटी बनाउनसमेत असफल सत्ता गठबन्धनका पाँच दलका शीर्ष नेताले अपिल जारी गर्दै मिलेर अघि बढ्न आह्वान गरेका हुन्।  




प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको गठबन्धनका नेताहरूको बैठकले विगतका मतभेद पन्छाउँदै स्थानीय तहको निर्वाचनमा मिलेर अघि बढ्ने प्रण गरेको छ। सबैलाई सहमतिको भावनाअनुसार अघि बढ्न नेताहरूले आग्रह गरेका छन्। नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जनता समाजवादी पार्टी (जसपा) का नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त अपिल जारी गर्दै स्थानीय तह निर्वाचनमा उत्साहजनक सहभागितासहित सफल पार्न पनि आग्रह गरेका छन्। उनीहरूले सत्ता गठबन्धनमा रहेका पाँच दलका उम्मेदवारलाई स्थानीय तहको निर्वाचनमा अमूल्य मत दिई विजयी गराउन पनि सबैसँग अपिल गरेका छन्। ‘हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउँदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्छाैं,’ शीर्ष नेताहरूको संयुक्त अपिलमा भनिएको छ, ‘त्यसका लागि देशैभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका सम्पूर्ण साथीहरूलाई आह्वान गर्दछौं।’

निर्वाचनमा कहाँ कसरी तालमेल गर्ने भन्नेमा गठबन्धनका शीर्ष नेताहरूले स्पष्ट नपारे पनि संविधानविरोधी शक्तिहरू अहिले पनि सल्बलाइरहेको जनाएका छन्। त्यसकै परिणाम विगतमा संसद्, अदालत र संवैधानिक अंगमा निरन्तर प्रहार भएको आरोप उनीहरूले लगाएका छन्।  

उनीहरूले संसद् विघटनसहितका घटनालाई अहिलेको लोकतान्त्रिक परिवर्तन उल्ट्याउने प्रयासका रूपमा उल्लेख गरेका छन्। ‘नयाँ संविधान जारी भएसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको छ। समावेशिता, गणतन्त्र र स्थायित्वको दिशामा मुलुक अगाडि बढेको छ,’ अपिलमा भनिएको छ, ‘तर पनि परिवर्तनलाई आत्मसात् गर्न नसक्ने र नचाहने कतिपय शक्तिहरू यो परिवर्तनका विरुद्ध अझै पनि षड्यन्त्र गरिरहेका छन् भन्ने कुराको उदाहरण देशको संविधानको उल्लंघन गर्दै संसद्माथि निरन्तर प्रहार, अदालतउपर खेलबाड र संवैधानिक अंगहरूमा पैदा गराइएको बेथितिले स्पष्ट पारेको छ।’

लोकतन्त्रको फराकिलो बाटोमा नेपाली जनतालाई स्वतन्त्रतापूर्वक अगाडि बढाउन र नेपाली समाजमा न्याय र समानता कायम गर्दै नेपाल राष्ट्रको सर्वाङ्गीण र अग्रगामी विकासका लागि आफूहरू प्रतिबद्ध रहेको उनीहरूले जनाएका छन्। परिवर्तनविरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्र जोगाउन पाँच दलीय गठबन्धन निर्माण भएको उल्लेख गर्दै उनीहरूले नेपालमा लोकतन्त्र र लोकतन्त्रका मूल्यमा आधारित समाजवादको रक्षामा आफूहरू प्रतिबद्ध रहेको जनाएका छन्। ‘पाँच दलको यो ऐक्यबद्धता नेपालमा लोकतन्त्र र लोकतन्त्रका मूल्यमा आधारित समाजवादको रक्षा गर्दै नेपाल राष्ट्रको स्वाधीनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीय बासिन्दाको कठिनाइ हटाउँदै तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानीय निर्वाचनमा पनि तालमेल गरेर अगाडि बढ्ने घोषणा गर्दछौं,’ अपिलमा भनिएको छ।  

तालमेलको मोडालिटी तय गर्न मंगलबार अपराह्न फेरि गठबन्धनको बैठक बस्ने समझदारी गरेका पाँच दलले आइतबारबाट जिल्ला तहबाट आएका प्रतिवेदनमाथि छलफल थालेका छन्। कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन भएको स्थानीय तहको निर्वाचन परिचालन तथा अनुगमन समितिको आइतबारको बैठकमा प्रदेश र जिल्ला तहबाट त्यहाँको शक्ति सन्तुलनका अवस्थाका विषयमा छलफल अघि बढाएको हो। शनिबारसम्म स्थानीय तहमा राजनीतिक दलको अहिलेको अवस्थालाई समेटेर प्रतिवेदन पठाउन गठबन्धनका दलहरूले मातहतका निकायहरूलाई निर्देशन दिएको थियो। तर धेरै जिल्ला र प्रदेशबाट त्यस्तो प्रतिवेदन नआएपछि पौडेल नेतृत्वको समितिले ३० गतेसम्मका लागि थप समय दिने निर्णय गरेको थियो। त्यसका साथै सत्ता गठबन्धनमा रहेका दलहरूबीच तल्लो तहमा विवाद बढ्दै जाने संकेत देखिएपछि गठनबन्धनको भावनाअनुसार अघि बढ्न सबैलाई आह्वानसहित अपिल गर्न पनि सुझाएको थियो। सोहीअनुसार शीर्ष नेताहरूको संयुक्त अपिल आएको हो।  

अहिलेको अवस्थामा सत्ता गठबन्धनमा रहेका राजनीतिक दलबीच स्थानीय तहमा तालमेलको सम्भावना कमजोर बन्दै जाने सम्भावना बढेको बताउँदै बैठकमा सहभागी एक नेताले भने, ‘त्यसलाई रोक्न अब शीर्ष तहबाटै हस्तक्षेप आवश्यक हुने देखिएको छ।’ स्थानीय, जिल्ला र प्रदेशलाई नै स्थानीय आवश्यकताअनुसार तालमेलको अधिकार दिने तयारी भए पनि अहिलेको अवस्थामा त्यस्तो सम्भावना कमजोर बनेको भन्दै ती नेताले भने, ‘अब एउटा गाइडलाइन केन्द्रबाट नै तोक्नुपर्छ भन्नेमा सबै पुगेका छौं।’
अर्को समाचार
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
३ मिनेट अघि
•
१ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनाल र युवा नेता सन्तोष परियारबीच वैज्ञानिक समाजवादलाई देशको वर्तमान राजनीतिक संकटको निकास तथा समृद्धिको आधारका रूपमा अघि बढाउनुपर्ने विषयमा छलफल भएको छ।
डल्लुस्थित खनाल निवासमा शनिबार भएको भेटवार्तामा दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
छलफलका क्रममा अबको बाटो वैज्ञानिक समाजवाद हुनुपर्नेमा जोड दिँदै वैज्ञानिक समाजवादले मात्रै जनताको अधिकार, सुशासन, सामाजिक न्याय, आर्थिक समानता र आधारभूत आवश्यकता परिपूर्तिको सुनिश्चितता गर्न सक्ने धारणा व्यक्त गरिएको थियो। 
भेटमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने आधार र भावी राजनीतिक कार्यदिशाबारे समेत दुवै नेताबीच विचार आदानप्रदान भएको पूर्वप्रधानमन्त्री खनालको सचिवालयले जनाएको छ। 


युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस