सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद सुरेशकुमार राई (हिमाल)ले सत्ता साझेदार दलहरु आसन्न स्थानीय तहदेखि संघ र प्रदेश चुनावसम्म गठबन्धन गरेर जाने बताएका छन्। सोमबार साँझ सदरमुकाम गाईघाटमा पार्टीनिकट पत्रकार भेटघाट कार्यक्रममा नेता राईले पछिल्लो राजनीतिक परिवर्तनका उपलब्धिको रक्षार्थ पनि गठबन्धन आगामी तीनवटै चुनावसम्म कायम राखेर जानुपर्ने आवश्यक्ता औंल्याए।
केन्द्रीय सदस्य राईले १० वर्षे जनयुद्धको जगमा ०६२/६३ को जनान्दोलनबाट प्राप्त संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र समानुपातिक समावेशी व्यवस्थाजस्ता उपलब्धिको रक्षा गर्न गठबन्धन जरुरी रहेकोमा जोड दिए। गठबन्धनइतर शक्तिबाट प्राप्त उपलब्धिमाथि बारम्बार धावा बोल्ने काम भईरहेको र कुनै पनि बेला आक्रमणको खतरा रहेको भन्दै प्रजातन्त्रवादी शक्तिहरुसँग माओवादीले ‘ बाम–लोकतान्त्रिक गठबन्धन’मा जोड दिँदै आएको बताए।
‘यो बीचमा व्यवस्था नै खारेज गर्ने उद्देश्यले संविधानमाथि नै पटकपटक आक्रमण भएको देख्नुभएकै छ, सोझो र घुमाउँरो पाराले अझै आक्रमण भईरहेको छ,’ प्रेस सेन्टरका अगुवा पत्रकारहरुसँग राईले भने, ‘लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि गुम्न नदिन र लोकतान्त्रिक गणतन्त्र तथा संघीयताको मर्म र भावनाको रक्षा गर्न पनि गठबन्धन गर्नुको विकल्प छैन।’
पार्टीको उदयपुर, सोलुखुम्बु र ओखलढुंगा इन्चार्जसमेत रहेका राईले उदयपुरका ८ वटै स्थानीयतहमा गडबन्धन गरेर उम्मेदवारी दिने प्रष्ट पारे। नजिकिएको स्थानीयतह चुावमा जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिकामा बाम–लोकतान्त्रिक गठबन्धन गर्ने गरी छलफल भईरहेको जानकारी उनले दिए। गठबन्धन तल्लो तहसम्म उम्मेदवारी दिन काँग्रेस, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच छलफल जारी रहेको बताउँदै राईले निश्कर्ष निकाल्ने गरी वार्ता भईरहेको बताए। उनले बाम–लोकतान्त्रिक गठबन्धनलाई फाइदा पुग्नेगरी समाचार प्रकाशन तथा प्रशारण गर्न पनि पत्रकारहरुलाई आग्रह गरे।
माओवादी जिल्ला समन्वय संयोजक बिनोद कटुवाल (दिवश)ले पार्टीको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै सत्तारुढ दलहरु कोही तलमाथि नहुने गरी मिलाएर चुनावमा जान गठबन्धनको प्रयास भईरहेको बताए।