'कांग्रेस, एमाले र माओवादीले राप्रपाविरुद्ध भ्रम छरे'
१८ चैत्र २०७८
•
४ मिनेट पाठ
'कांग्रेस, एमाले र माओवादीले राप्रपाविरुद्ध भ्रम छरे'
आमसभामा अध्यक्ष लिङ्देनलगायत नेताहरु।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीले भनेजस्तो राप्रपाले निर्वाचनमा जितेपछि राजा फर्काउँछ भन्ने कुरा भ्रम मात्र भएकाे बताएका छन्।




पार्टी संगठन विस्तार दौडाहाको क्रममा सदरमुकाम गाईघाटमा शुक्रबार आयोजित ‘वृहत आमसभा’ कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले भने, 'हाम्राे देशमा कांग्रेस, एमाले र माओवादीहरूले लालु यादवले जनतालाई पुल बनायाे भने त पुलिसले आएर तिमीहरूलाई पक्रेर लान्छ त्यहीं पुलबाट भने जस्तै राप्रपालाई निर्वाचनमा जितायाैँ भने त राजा आउँछ नि त भनेर तर्साउने काम गरिराखेका छन्, याे भ्रमबाट हामी मुक्त हुनुपर्छ।'

हिन्दु धर्म र संवैधानिक राजतन्त्रको नारा लिएर अघि बढिरहेको पार्टीका अध्यक्ष लिङ्देनले राजा फर्काउने कुरामा विश्वास नगर्न जनसमुदायमा आग्रह गरे। ‘यो आमसभा सुनेर फर्केपछि कांग्रेस, एमाले र माओवादी नेताहरु गाउँका जनतालाई भन्नेछन्, राप्रपा ठूलो पार्टी भयो भने राजा ल्याउँछ, त्यसैले भोट दिनुहुन्न,’ उनले भने, ‘तर, म अध्यक्षको नाताले यति भन्छु, हामी राजा फर्काउने छैनौँ, जनताको दुःखसुखमा साथ दिनेछौँ, भ्रष्टाचार शून्यमा झार्नेछौँ।’

उनले धर्मको बारेमा भने केही बोल्न चाहेनन्। साथै जनताले कांग्रेस, एमाले र माओवादीलाई देश बनाउने मौका पटकपटक दिएको भन्दै उनले तर, केही गर्न नसकेको आरोप लगाए। शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपाललाई पटकपटक देश बनाउने मौका जनताले दिए पनि जनअपेक्षा अनुरुप काम नगरेको हुनाले अब विकल्प खोज्न जनतालाई सुझाए।

‘यिनीहरुलाई अझै कतिपटक चान्स दिए देश बनाउलान् त? अहँ, बनाउँदैनन्, बनाउने भए उहिल्यै बनाइसक्थे,’ उनले भने। भारत विहारका तत्कालीन मुख्यमन्त्री लालु यादवले पुल नबनाइ दिएका कारण रिसाएका जनतालाई पुल बनाए पछि गाँजा खेती गर्नेलाई त्यही पुलबाट प्रहरी आएर घरैबाट समात्ने डर देखाएर भोट फकाएको उदाहरण दिँदै कांग्रेस, एमाले र माओवादी नेताहरु पनि त्यस्तै त्रास देखाएर पटकपटक भोट लिएको आरोप उनको थियो।

तर, अब त्यस्तो डर नमान्न आग्रह गर्दै उनले नयाँ शक्तिको रुपमा उदाउँदो राप्रपालाई भोट दिएर विकास र समृद्धिको स्वाद चाख्न उनले आग्रह गरे। राजतन्त्रकाल र राजा हटेको १५ वर्षे अवधिमा देश झन् कमजोर भएको बताउँदै अध्यक्ष लिङ्देनले राजतन्त्र फालेपछि ठूला दलका सीमित नेताहरु मात्र बद्लिएको तर, निमुखा जनताको स्थिति झन्झन् दयनीय हुँदै गएको चित्रण गरे।

त्यसो हुनुको मुख्य कारण भ्रष्टाचार, घुसखोरी र कमिशनतन्त्र नै रहेको उनको ठोकुवा थियो। त्यस्तो बेथिति हटाउन राप्रपा प्रतिवद्ध रहेको भन्दै उनले अब राप्रपालाई एकपटक मौका दिन जनतासँग आग्रह गरे। राप्रपा सत्तामा पुगेमा कसैलाई भष्टाचार गर्न नदिने र आफू पनि नगर्ने भन्दै उनले ‘घुस र कमिशन खानु भनेको आमाको रगत खानुसरह’ भएको बताए।

उनले आफूहरु कोही घुस कमिशन नखाने र खान पनि नदिने प्रतिवद्धता जनाउँदै राप्रपा देशको देश र जनताप्रति एक मात्र भरपर्दो र उदाउँदो वैकल्पिक शक्ति भएको दावी गरे। अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले र माओवादीले पालैपाली शासन गरे पनि १५ वर्षको अवधिमा जनमुखी कुनै कार्यक्रम ल्याउन नसकेको बताउँदै अब जनता विकल्पको खोजीमा लागेको बताए।

संघीयता र गणतन्त्रको नाममा ठूला ३ पार्टीका नेताहरु पालैपालो पटकपटक सत्तामा पुगेको तर, राम्रा काम कुनै गर्न नसकेको आरोप उनको थियो। उनीहरु मिलेर खान चाँहि माहिर रहेको भन्दै अध्यक्ष लिङ्देनले वाइडबडी, एनसेल कर छलीजस्ता घोटालामा तीनै पार्टीका नेताहरु मिलेमतोमा भ्रष्टाचार गरेको आरोप लगाए।

वर्तमान सरकारले जनतालाई करको भारी बोकाएको भन्दै राप्रपा सत्तामा आए ठाउँ हेरेर ५० प्रतिशतसम्म कर कटौती गर्ने आश्वासन दिए। कक्षा १२ सम्मको शिक्षा निःशूल्क गर्ने तथा आधारभूत स्वास्थ्य सेवा गाउँगाउँ पुर्‍याउने आश्वासन उनले बाँडे। वर्षमा एकपटक घरमै स्वास्थ्यकर्मी टोली खटाएर सर्वसाधारण जनतालाई आधारभूत स्वास्थ्य जाँचको सुविधा दिने पनि उनको आश्वासन थियो।

स्थानीयतहलाई ‘सिंहदरबार’को संज्ञा दिइएको भन्दै उनले सिंहदरबारको अधिकार मात्र नआएर भ्रष्टाचार पनि सरेर आएको व्यंग्य गरे। आउँदो वैशाख ३० गते हुने भनिएको स्थानीयतह निर्वाचनमा राप्रपाले सबै ठाउँ उम्मेदवारी दिने घोषणा गर्दै लिङ्देनले ठाउँ नपाएका, क्षमतावान र निश्कलंक व्यक्तिहरु कोही इच्छुक भए पार्टीले टिकट दिएर उम्मेदवार बनाउने बताए।

कार्यक्रममा पूर्व अभियन्ता ज्ञानेन्द्र शाही, पूर्वमन्त्रीद्वयहरु रामकुमार सुब्बा, हरिबहादुर बस्नेत र विक्रम पाण्डेलगायतले पनि बोलेका थिए। गाईघाट लोकतान्त्रिक चोकमा आयोजित आमसभाकै अवसरमा विभिन्न पार्टीमा आवद्ध तीन सय बढी कार्यकर्ता राप्रपामा प्रवेश गरेको जनाइएको छ।

नवप्रवेशीहरुलाई अध्यक्ष लिङ्देनलगायत नेताहरुले स्वागत गरेका थिए। नायिका रेखा थापालगायत कलाकारहरु पनि ल्याउने प्रचार गरिए पनि कार्यक्रममा उनीहरु अनुपस्थित रहे।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
२ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस