स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा निर्वाचन अधिकृतहरु तोकिएका छन्। आठराइ त्रिबेणी, फक्ताङलुङ र मिक्वाखोला र मैवाखोला गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृतहरुलाई निर्वाचन अधिकृतको रुपमा खटाइएको छ।
जसअनुसार आठराइ त्रिबेणीमा बिदुरप्रसाद कोईराला, फक्ताङ्लुङमा राजकुमार दाहाल, मिक्वाखोलामा मधुसुदन आचार्य र मैवाखोलामा दिव्यराज घिमिरे निर्वाचन अधिकृत तोकिएका छन्।
यस्तै मेरिङ्देन गाउँपालिकामा ताप्लेजुङ जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मी र पाथीभरा याङ्वरक गाउँपालिकामा जिल्ला सरकारी वकिल कार्यालय ताप्लेजुङका जिल्ला न्यायधीवक्ता युवराज महत निर्वाचन अधिकृत तोकिएका छन्।
सिदिङ्वा गाउँपालिकामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक बिनिता भट्टराई तथा सिरिजङ्गा गाउँपालिकामा विशेष सरकारी वकिल कार्यालयका उप-न्याधिवक्ता मोहन खनाल निर्वाचन अधिकृत तोकिएका छन्।
जिल्ला सदरमुका रहेको नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहने र त्यहाँ सम्बन्धीत जिल्लाको वरिष्ठतम् न्यायाधीश मुख्य निर्वाचन अधिकृत रहने प्रावधान रहेको छ। फुङ्लिङ नगरपालिकामा जिल्ला न्यायाधीश नै मुख्य निर्वाचन अधिकृत तथा फुनपाका लागि निर्वाचन अधिकृत रहने छन्।