सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् विस्तारबारे आफूलाई जानकारी नभएको बताएका छन्। शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तारबारे आफूले कहिंकतै नसुनेकाले कुनै जानकारी नभएको स्पष्ट पारे।
सत्ता गठबन्धनका साझेदार दलका नेताहरूले चाँडै सरकार विस्तार हुने बताउँदै आए पनि सरकारका प्रवक्तासमेत रहेका कार्कीले अनभिज्ञता प्रकट गरे। ‘मन्त्रिपरिषद् विस्तार हुने हल्ला तपाईहरूले सुन्नु भएको रहेछ,’ मन्त्री कार्कीले भने, ‘मैले त सुनेको पनि छैन।’ राजनीतिक स्थिरता, कानुनी शासन, आर्थिक समृद्धि र जनताको अभिलासा पूरा गर्न गठबन्धन आवश्यक रहेको बताए। मन्त्री कार्कीले जुन उद्देश्यले गठबन्धन निर्माण गरिएको हो त्यो उद्देश्य अझै पनि पूरा भइनसकेका कारण गठबन्धन आवश्यक रहेको बताए।
मन्त्री कार्कीले वर्तमान गठबन्धन तीनै तहको निर्वाचनसम्म कायम रहने स्पष्ट पारे। कार्कीले नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउने र तीनै तहको निर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई विजयी गराउने विषयमा पार्टीभित्र एक मत भएर अघि बढ्ने स्पष्ट पारे। उनले कांग्रेस केन्द्रीय समितिको बैठक बसिरहेकाले उक्त बैठकले पार्टी भित्रको विवादलाई समाधान गरी एकढिका बनाएर अघि बढाउने विषयमा आवश्यक निर्णय लिने बताए।