प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली उदयपुर आएका छन्। सदरमुकाम गाईघाटमा 'मदन भण्डारी आँखा अस्पताल'को नवनिर्मित भवन उद्घाटन गर्न ओली शुक्रबार दिउँसो यहाँ आएका हुन्।
त्रियुगा नगरपालिका ९ बासबारीमा निर्मित भवनको दिउँसो उद्घाटन हुने गरी कार्यक्रमको तयारी भइरहेको छ। आयोजक अस्पताल सञ्चालक समिति अध्यक्ष भागवत राउतका अनुसार भवन उद्घाटनपछि ओलीले गाइघाटमा आयोजित नसभामालाई सम्बोधन गर्ने कार्यक्रम छ।
अध्यक्ष ओली आउने कार्यक्रमका लागि एमाले जिल्ला कमिटीले गाई गाईघाटको लोकतान्त्रिक चोकमा मञ्च तयार गरेको छ। कार्यक्रममा जनसहभागिता देखाउन एमालेले जिल्लाका ८ वटै स्थानीय तहबाट नेता कार्यकर्तासहित सर्वसाधारणलाई बोलाएको छ। चुनाव नजिकिएका कारण जनसहभागिता देखाउन पनि बसका बस मान्छे ओसार्ने काम भइरहेको एक कार्यकर्ताले बताए।