२०७४ सालको स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी पूर्ण बदरमत मैवाखोला गाउँपालिकामा भएको थियो। मैवाखोलामा २.४९ प्रतिशत मत पूर्ण बदर थियो। त्यसपछि आठराइ त्रिवेणीमा २.२० प्रतिशत र पाथीभरा याङ्वरक गाउँपालिकामा १.४६ प्रतिशत मत बदर भएको थियो।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपिन दुलालका अनुसार मेरिङ्देन गाउँपालिकामा १.३३ प्रतिशत, सिदिङ्वा गाउँपालिकामा १.३० प्रतिशत, फक्ताङ्लुङ गाउँपालिकामा ०.९० प्रतिशत, सिरिजङ्गा गाउँपालिकामा ०.८८ प्रतिशत, मिक्वाखोला गाउँपालिकामा ०.४३ प्रतिशत र फुङ्लिङ नगरपालिकामा ०.२२ प्रतिशत मत पूर्ण रुपले बदर भएको थियो। ७० हजार ७ सय ७८ मतदाता रहेको उबेला ५० हजार २ सय १६ मत खसेको थियो।
२०७४ सालमा कुन स्थानीय तहमा कति प्रतिशत मत खसेको थियो?
२०७४ सालको स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी मत सिदिङ्वा गाउँपालिकामा खसेको थियो। त्यहाँ ७३.७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयको अभिलेखबाट देखिन्छ।
त्यसपछि मेरिङ्देन गाउँपालिकामा ७३.१६ प्रतिशत, फक्ताङ्लुङ गाउँपालिकामा ७२.५० प्रतिशत, फुङ्लिङ नगरपालिकामा ७१.४९ प्रतिशत र सिरिजङ्गा गाउँपालिकामा ७१.२३ प्रतिशत मत खसेको थियो।
यस्तै मिक्वाखोलामा ७०.१० प्रतिशत, मैवाखोलामा ७० प्रतिशत, आठराई त्रिवेणीमा ६८.४० प्रतिशत र पाथीभरा याङ्वरकमा ६७.६८ प्रतिशत मत खसेको थियो।
यस्तो थियो मतदाता शिक्षा क्रियाकलाप
जिल्ला निर्वाचन कार्यालयले २०७४ सालको स्थानीय तहको निर्वाचनमा मतदातालाई सहि तरिकाबाट मतदान गर्न सक्षम बनाउन र बदरमतको प्रतिशतलाई शून्यमा झार्न मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो। जसअनुसार जिल्ला भरीका ५ स्थानमा नमूना मतदान गराइएको थियो।
नमूना मतदानमा ४ सय १ जनाले सहभागिता जनाएका थिए। यस्तै १ सय ६ वटा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी ३ हजार ५ सय ९७ जनालाइ सहभागिता गराइएको थियो। सो बेला सडक नाटक समेतको कार्यक्रम तय भएपनि सो कार्यक्रम भने सम्पन्न हुन नसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
यस्तै १० हजार ५ सय थान पोष्टर र १० हजार ६ सय ५० थान हाते पुस्तिका प्रकाशन गरी वितरण गरिएको थियो। २ हजार ८ सय थान मतदानका क्रममा अपनाइने रणनीति बारे बारम्बार सोधिने प्रश्नहरुको उत्तर खोज्ने कार्यक्रम समेत सञ्चालन भएको थियो।