उदयपुरका राजनीतिक दलहरुले यस वर्षको होली पर्व विविध कार्यक्रम गर्दै मनाइरहेका छन्। स्थानीयतहको निर्वाचन घोषित भइसकेको हुनाले दलहरुले विगत वर्षको तुलनामा यो होलीलाई बेग्लै रुपमा मनाएका हुन्।
यसै सन्दर्भमा राजनीतिक दलहरु केहीले संगठन निर्माण गर्दै, कुनैले भेला जमघट गर्दै र कोही गाउँ घुमेर होली मनाइरहेका छन्। सत्तारुढ दलहरु नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले विविध कार्यक्रमसहित जनतासँग जोडिएर होली मनाइरहेका छन्। उता प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) पनि संगठन विस्तार र जमघट गर्दै होली पर्व मनाइरहेको छ।
सत्तारुढ माओवादीले भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालको जिल्ला भेला राखेर होली मनाइरहेको छ। पार्टीमा आवद्ध युवाहरुको सशक्त संगठनको रुपमा रहेको वाईसिएलको भेला अघिल्लो दिन सदरमुकाम गाईघाटमा बोलाएको माओवादीले एकदिने प्रशिक्षण कार्यक्रमसहित होली मनाएको जिल्ला वाईसिएल संयोजक ज्ञानेन्द्र मगरले बताए।
उनका अनुसार लिगको विस्तारित भेलासमेत नाम दिइएको प्रशिक्षणमा जिल्लाका ८ वटै स्थानीयतहका वाइसिएल नेता कार्यकर्ताको सहभागिता थियो। पार्टी जिल्ला इन्चार्ज, केन्द्रीय सदस्य तथा उदयपुर २ का प्रतिनिधिसभा सदस्य सुरेशकुमार राई (हिमाल)को प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षण कार्यक्रममा अर्का केन्द्रीय सदस्यद्वय मणि खम्बु (रिवासी) र भेषकुमारी राउत (कोपिला), संविधानसभासद मोहन खत्री (दिपक) जिल्ला सहइन्चार्जहरु राजन किराती (बासु)लगायतले समसामयिक विषय र आगामी निर्वाचनकेन्द्रित प्रशिक्षण दिएको संयोजक मगरले बताए।
जिल्लाका त्रियुगा, चौदण्डीगढी, कटारी र बेलका नगरपालिका तथा लिमचुङबुङ, रौतामाई, उदयपुरगढी र ताप्ली गाउँपालिका गरी ८ वटै स्थानीयबाट एकहजार बढी नेता कार्यकर्ताको जमघट रहेको भेला होलीको शुभकामना आदानप्रदान गर्दै समापन गरिएको वाईलिएल केन्द्रीय सदस्य तथा उदयपुर इन्चार्ज दिपक किरातीले बताए।
उनका अनुसार भेलाले जिल्ला तदर्थ कमिटीको पुनर्गठन गर्दै जिल्ला समन्वय कमिटी गठन गरेको छ। तसर्थ कमिटीका संयोजक ज्ञानेन्द्र मगरकै संयोजकत्वमा गठित २५ सदस्यीय कमिटीको सचिव इश्वर पोखरेल छानिएका छन्। बाँकी २३ जना सदस्य ८ वटै स्थानीयतहबाट प्रतिधित्व गर्नेगरी समेटिएको छ। साथै सबै स्थानीयतहका वाईसिएल अध्यक्षहरुलाई जिल्ला समन्वय कमिटीको पदेन सदस्यमा चयन गरिएको केन्द्रीय सदस्य किरातीले बताए।
वाईसिएल नेपालका केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज एबिराज राईले आगामी स्थानीयतह निर्वाचनमा पार्टीलाई बहुमत दिलाएर विजयी गराउन वाईसिएलले प्रदेशव्यापी प्रशिक्षण कार्यक्रम गरिरहेको बताए। उनले होलीको अवसरमा नेता कार्यकर्तालाई जमघट गराउँदै शुभकामना आदानप्रदानका साथ पार्टी जीवन सुदृढ बनाउने योजनाले वाईसिएलले यस्तो कार्यक्रम राखेको बताए।
अर्को सत्तारुढ दल कांग्रेसले पनि होलीको अवसर पारेर बिभिन्न ठाउँमा कार्यकर्ता भेला तथा टोल कमिटी भेला गरेको जनाएको छ। निर्वाचनलक्षित कार्यक्रम अनुसार पार्टीले सदरमुकामभन्दा दुरदराजका गाउँमा पार्टी विस्तार अभियान गरिरहेको जिल्ला पार्टीले जनाएको छ।
जसअनुसार विभिन्न वडामा टोल कमिटी गठन गर्दै होली मनाइएको पार्टीले जनाएको छ। त्यसैगरी प्रतिपक्षी दल एमालेले पनि होलीको अवसरलाई चुनावी आकर्षण बनाउँदै विभिन्न गतिविधि गरिरहेको छ। स्थानीयतहको निर्वाचन घोषणा भइसकेको हुनाले पार्टीले गर्ने हरेक गतिविधिलाई चुनावलक्षित गर्दै लगेको एमालेले होलीको अवसरमा महिला भेला, शिक्षक तथा खेलकुद गतिबिधिको नाममा कार्यकर्ता जमघट गराइरहेको छ। जसअनुसार लिमचुङबु्ङ ५ को जाँतेमा महिला पुरुष भलिबल प्रतियोगितासहित होली मनाइएको गाउँ कमिटी उपसचिव मनराज राईले बताए।
जनता समाजवादी पार्टीले होलीकै अवसरमा सदरमुकाममा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। मधेसी समाजको आयोजनामा त्रियुगा १२ डिएमगेट गाईघाटमा बिहीबार साँझ सम्पन्न जसपाका केन्द्रीय सदस्य खेमनारायण यादवलगायतले होलीको शुभकामना दिएका थिए।