उदयपुरका संस्थापक कम्युनिष्ट नेताको निधन भएको छ। जिल्लाको साविक सोरुङ छविसे गाविस भई हाल कटारी नगरपालिका १० का स्थायी बासिन्दा ८८ वर्षीय पूर्णबहादुर खत्री (क. खेताला)को गएराति ११ बजे निधन भएको हो।
२०३३ सालताका उदयपुरमा कम्युनिष्ट आन्दोलनको विजारोपन गर्नेमध्येका एक खत्री सोही वडाको बरडाँडामा १९९१ साल असोज २६ गते जन्मेका थिए। तत्कालीन भारतको नक्कलबाडी कम्युनिष्ट आन्दोलनताका भएको २०२८ को झापा विद्रोह (टाउको काट्ने अभियान) बाट प्रभावित खत्रीले गाउँका सामन्तीविरुद्ध आन्दोलन सुरु गरेका थिए।
उदयपुर घर भए पनि सर्लाहीमा खेतखलो गर्न बाबु काकासँगै गएका उनी सिराहाका किसान नेता जयनारायण यादवबाट प्रभावित भएर ०२९ तिरै वामपन्थी लाइनमा लागेका थिए। किसानहरुलाई कम्युनिष्ट पार्टीमा लाग्न प्रेरित गर्दै संगठन विस्तार गरी हिँडेका यादवको विचारसँग सहमत भएर उनी सर्लाही, सिराहा, सप्तरी, महोत्तरीतिर संगठन निर्माण गरेपछि गृहजिल्ला फर्केर पहिलोपटक गाउँबाटै कम्युनिष्ट संगठन निर्माणमा लागेका थिए।
जिल्लाका संस्थापक कम्युनिष्ट उनी चौथो अधिवेसनबाट जिल्ला सेक्रेटरीसमेत भएका थिए। नेकपा (माओवादी केन्द्र) निकट जेष्ठ कम्युनिष्ट संगठनका केन्द्रीय सदस्य रहेका खत्री पछिल्लो वामपन्थी आन्दोलनप्रति भने असन्तुष्ट थिए। माओवादी जनयुद्धका खरो समर्थक उनी १० वर्षे जनयुद्धबाट आमूल परिवर्तन हुन्छ भन्ने अपेक्षा गरेको तर, जनयुद्ध अन्त्यसँगै पार्टी संसदीय व्यवस्थामा भासिएकाले अर्को सशक्त विद्रोहको खाँचो औँल्याउँदै आएका थिए।
कम्युनिष्ट आन्दोलनमा लागेकै कारण गाउँका सामन्तीहरुको आँखाको तारो बनेका उनी वर्षौ जंगलको बास बस्न बाध्य भएका थिए। वृद्धावस्थामा चरम गरिबीको पीडामा पुगेका उनका दुई छोरामध्ये एक सामान्य किसान छन् भने अर्का शारीरिक तथा बौद्धिक अपाङ्गता छन्। उनी बुढेसकालमा घरबारविहीन र दुई छाक टार्नै नसक्ने समस्यामा भएकाले छिमेकीको घरमा शरण लिएर बस्दै आएका थिए।
जनवादी गणतन्त्र स्थापना नै आफ्नो मूल लक्ष्य भएको बताउने वृद्ध खत्री त्यसका लागि वामपन्थी दलहरु एकजुट भएर सशक्त ढंगले जनवादी आन्दोलन गर्नुपर्नेमा जोड दिन्थे। जनवादी गणतन्त्र स्थापना गर्न विद्यमान संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुको विकल्प न भएको वकालत उनको थियो।
एक वर्षअघि उनको घरै पुगेका नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा उदयपुर क्षेत्र नं. २ का सांसद सुरेशकुमार राई (हिमाल) ले आफूसँग खत्रीले बाम तालमेल आमूल परिवर्तको विषयमा लामो वहस गरेको स्मरण गरे। खत्री खरो वामपन्थी भएको र संसदीय गगणतन्त्र नभई जनवादी गणतन्त्र स्थापना गर्न नेपाली कम्युनिष्ट पार्टीहरु एकजुट हुनुपर्नेमा जोड दिएको राईले बताए।
त्यसैगरी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग पनि खत्रीले जनवादी गणतन्त्र स्थापनार्थ सशक्त विद्रोह छोड्न आग्रह गरेका थिए। खत्रीको ८१ वर्ष प्रवेशको अवसरमा नेकपाले बरडाँडामै आयोजना गरेको सम्मान कार्यक्रममा खत्रीले जनवादी गणतन्त्र स्थापना गरेर मात्र मर्ने इच्छा रहेको बताएको विप्लवका केन्द्रीय सदस्य तथा उदयपुर इन्चार्ज विवेक कुमालले बताए।
खत्रीले आफूलाई जनवादी गणतन्त्र स्थापना नभएसम्म नेपाली समाज परिवर्तन नहुने भन्दै आन्दोलनको आँधीबेहरी ल्याउन आग्रह गरेको कुमालको स्मरण छ। वर्षौअघि बनेको पुर्ख्यौली घर ०७२ को भुईंचालोले भत्काएपछि घरविहीन भएर छिमेकीको घरमा बस्दै आएका खत्रीका लागि नेकपाले केही समययता टिनको छानोसहितको कच्ची एकतले घर बनाइदै थियो। तर, अन्तिम चरणमा पुगेको घरमा बस्न नपाई खत्रीको इहसिला समाप्त भएको छ।
यसैबीच उनको निधनप्रति सांसद तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य राई, विप्लव नेतृत्वको नेकपालगायतले दुःख व्यक्त गरेका छन्। उदयपुर कम्युनिष्टका संस्थापक, आजीवन वामपन्थी आन्दोलनमा सक्रिय रहेर देश र समाज परिवर्तन तथा जनताको अवस्था परिवर्तनप्रति अमूल्य योगदान गर्ने समर्पित कम्युनिष्ट नेताको निधनप्रति उनीहरुले गहिरो दुःख व्यक्त गरेका छन्।