नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पुर्वमन्त्री दीपक गिरीले पार्टीले सुरु गरेको ‘घर घरमा जाऔं, कांगे्रसलाई जिताऔं’ अभियानलाई नारामा मात्रै सिमित नगर्न निर्देशन दिएका छन्। कांग्रेस बाँकेको कार्यालयमा बुधबार भातृ तथा शुभेच्छुक संगठनका प्रमुख एवम् प्रतिनिधीसँगको छलफलमा उनले यस्तो बताएका हुन्।
‘पार्टीले सञ्चालन गरेको अभियान नारामा मात्र सिमित नहोस्, प्रत्येक वडाको टोलमा पुगेर जनताका घर घरमा पुग्नुपर्याे,’ उनले भने। भातृ तथा शुभेच्छुक संगठनको सक्रियताले मात्र पार्टीको अभियानले सार्थकता पाउने विश्वास गरे। उनले भने, भातृ तथा शुभेच्छुक संगठन क्रियाशिल भएनन् भने पार्टीमा उर्जा आउँदैन।’
जनताको घर दैलोमा जाँदा पार्टीका कार्यकताहरु अनुशासित रुपले प्रस्तुत हुनुपर्ने केन्द्रीय सदस्य गिरीले बताए। स्थानीय तहको निर्वाचन लक्षित कांग्रेसको एक महिने अभियानलाई सफल पार्नमा भातृ तथा शुभेच्छुक संगठनको भुमिका महत्वपूर्ण हुने बताए। नेता गिरी पार्टीको एक महिने अभियानका लागि बाँकेमा केन्द्रीय प्रतिनिधीका रुपमा खटिएका छन्।
नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले पार्टीले भातृ तथा शुभेच्छुक संगठनलाई जिल्लाका ८ वटै स्थानीय तहमा संस्थागत जिम्मेवारी सहित खटाइने बताए। भातृ तथा शुभेच्छुक संगठनलाई साथमा लिएर पार्टीको अभियान सञ्चालन गरिने उनले जोड दिए।