रणनीति बनाउँदै एमाले
०१ चैत्र २०७८
•
३ मिनेट पाठ
रणनीति बनाउँदै एमाले
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आवश्यक रणनीतिको तयारी थालेको छ। फागुनभर सातवटै प्रदेशमा प्रशिक्षण चलाएको एमालेले त्यसबाट प्राप्त पृष्ठपोषणलाई लिएर चुनावी रणनीतिको तयारी थालेको हो।




एमालेको मंगलबार बस्ने केन्द्रीय सचिवालय बैठकले त्यसबारे छलफल गर्ने भएको छ। यसअघिको स्थानीय तह निर्वाचनमा बहुमत प्राप्त गरेको एमालेले यसपल्ट पनि परिणाम दोहोर्‍याउने लक्ष्य राखेको छ।

पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको बैठकमा पार्टीको सम्पूर्ण ध्यान आगामी निर्वाचनमा केन्द्रित गर्ने विषयमा छलफल भएको छ। ‘केन्द्रीय सचिवालय बैठकमा स्थानीय तहको निर्वाचनसम्बन्धी अजेन्डा बन्न सक्छ। अब पार्टीको ध्यान स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनेछ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने। महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहको निर्वाचन तथा केन्द्रीय कमिटीको बैठकसम्बन्धी विषयमा छलफल भएको थियो।

बैठकमा चुनावी कार्यनीति, रणनीति, घोषणापत्र निर्माणजस्ता विषयवस्तुबारे छलफल भएको बताइएको छ। एमालेले निर्वाचनको रणनीति तय गर्न चैत ७ गते पोलिटब्युरो, ८–९ गते केन्द्रीय कमिटी र १४ गते स्थायी समितिको बैठक बोलाएको छ।

एमालेबाट माधव नेपाल नेतृत्वको समूह विभाजन भए पनि माओवादी केन्द्रका रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, दावा लामा, मणि थापालगायतका नेता एमालेमै बसेका कारण यस दलका नेता कार्यकर्ताको मनोबल बढेको छ।

दलभित्रको ठूलो समूह र प्रभावशाली नेताहरूले बेग्लै पार्टी खोलेका कारण स्थानीय तहको निर्वाचनमा पर्न सक्ने प्रभावलाई ध्यान दिएर एमालेले रणनीति तयार गर्दैछ। पछिल्लो राजनीतिक अवस्थालाई ध्यान दिएर पार्टीले स्थानीय तहमा कार्यकर्तालाई समेत व्यवस्थापन गर्ने तयारी थालेको छ। त्यसका लागि जिल्लाबाटै नेता कार्यकर्ताको व्यवस्थापनसम्बन्धी योजना बनाउने रणनीति एमालेको छ। जिल्ला तहबाट नेता कार्यकर्ताको व्यवस्थापन भए संसदीय निर्वाचनका लागि समेत सहज हुने एमाले नेताहरूको अनुमान छ।

स्थानीय तहको पार्टी संगठनको अवस्थाबारे जिल्लाजिल्लाबाट रिपोर्टिङ लिने काम भैरहेको छ। सरकारमा रहेका गठबन्धन दलहरूले स्थानीय तहमा एमालेले निर्वाचन जितेको स्थानमा घेराबन्दी गर्ने अवस्था आएका कारण पनि अहिलेदेखि नै एमालेले चुनावी रणनीति र गाउँपालिका, नगरपालिका केन्द्रित कार्यक्रम बनाउन लागेको हो।

त्यसका लागि केपी ओली प्रधानमन्त्री हुँदा भएका विकास निर्माणका कार्यलाई लिपिबद्ध गर्न थालिएको एक नेताले बताए। ओली नेतृत्वको सरकारले गरेका काम समेटेर निर्वाचनको घोषणापत्र बनाउन लागिएको छ। ओली प्रधानमन्त्रीबाट हट्नुअघि गरिएका काममा वर्तमान सरकारले भाँजो हालेको, बजेट कटौती गरेको, अर्थ मन्त्रालयले विकासमा बजेट दिन नसकेको जस्ता विषयलाई समेत निर्वाचनको घोषणापत्रमा राख्ने गरी तयारी थालिएको छ।

निर्वाचन लक्षित कार्यक्रममा अध्यक्ष ओली स्वयं खटिएका छन्। उनी देशव्यापी रूपमै कार्यक्रम बनाएर अघि बढेका छन्। खासगरी मधेस केन्द्रित कार्यक्रमलाई एमालेले प्राथमिकता दिएको छ। मधेस प्रदेशमा एमाले कमजोर रहेका कारण पार्टीको ध्यान सोही प्रदेशमा केन्द्रित गरिएको छ। गठबन्धन भत्काउन नसकेपछि अध्यक्ष ओलीले पार्टी प्रवेश कार्यक्रममा अरू पार्टीभन्दा एमाले अग्रपंक्तिमा रहेको सन्देश दिन खोजिरहेका छन्।

भदौ ९ गते एमालेको एउटा समूह विभाजन भएर गएपछि त्यसको क्षति कम गर्न ओलीले सकेसम्म वामपन्थी दलहरूबाटै नेता कार्यकर्ता भित्राउने रणनीति लिएका छन्। ‘सकेसम्म वामपन्थी नेता कार्यकर्तालाई पार्टीमा ल्याउनुपर्छ भन्ने नीति छ तर सबै प्रकारका नागरिकलाई एमालेको ढोका खुला रहन्छ’, एमालेका एक नेताले भने।

अहिलेको निर्वाचन एमालेका लागि सहज नहुने र पार्टीविरुद्ध सरकारी पक्षले प्रहार गर्न सक्ने भएकाले समयमै चुनावी नीति, रणनीति दुवै बनाएर अघि बढ्न लागेको र त्यसका लागि पार्टी प्रवेश कार्यक्रम, प्रचार प्रसारलाई एकसाथ अघि बढाएको हो।

गठबन्धन टुटेमा अहिले पनि एमाले बलियो अवस्थामा रहेको र गठबन्धन भए पनि एमाले बलियो प्रतिस्पर्धी हुने भएकाले अन्य दलहरूले एमालेका विरुद्ध एक हुने सम्भावना कायमै रहेको छ। एमाले नेताहरूले गठबन्धनविरुद्ध आफूहरू एक्लै निर्वाचनमा भाग लिने जनाएका छन्। ‘अहिलेको गठबन्धनका विरुद्ध एमाले एक्लै निर्वाचनमा जान सक्षम छ’, प्रचार विभाग उपप्रमुख रिजालले भने।
अर्को समाचार
एकीकृत समाजवादीको बैठक सुरु
१९ साउन २०८०
•
१ मिनेट पाठ
एकीकृत समाजवादीको बैठक सुरु
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। बैठक आज बिहान ८ बजेदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको हो।




बैठकले केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिट ब्यूरोको बैठकको तयारी तथा अन्य समसामयिक विषयमा निर्णय गर्ने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले बताए।

आगामी भदौ ५, ६ र ७ गते काठमाडौंमा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ। बैठकमा पार्टीको महाधिवेशन लगायत विषयमा छलफल हुने बताइएको छ।

स्थायी कमिटीको बैठक भने यही साउन २० र २१ गते केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। पोलिट ब्यूरो बैठक आगामी भदौ ३ र ४ गते केन्द्रीय कार्यालयमा नै राखिएको उपमहासचिव खतिवडाले बताए।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ सेकेन्ड अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस