राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न जाती र समुदायलाई भिडाएर ठूला दलले मुलुकलाई अराजकतातर्फ धकेल्न खोजेको आरोप लगाएका छन्। नेपालगन्जमा आइतबार आयोजित आम सभालाई सम्बोधन गर्दै उनले ठूला दलले गरेको गल्तीका कारण आसन्न निर्वाचनमा देशभर राप्रपाको लहर चलेको बताए।
देशको समृद्धिका लागि राप्रपा बाहेक अर्को विकल्प नभएको अध्यक्ष लिङ्देनको भनाई छ। राप्रपाले नै अब मुलुकको समृद्धि र विकासको काममा नेतृत्व गर्ने बताए। राप्रपाले कहिल्यै पनि राष्ट्रघाती काम नगरेको भन्दै अबको निर्वाचनमा राप्रपालाई जिताउनुपर्ने बेला आएको धारणा राखे।
अर्को प्रसंगमा उनले आफ्नो दललाई हलो चुनाव चिन्ह नदिएमा आसन्न स्थानीय चुनाव बहिस्कार गर्ने चेतावनी पनि दिए। हिन्दु राष्ट्र र राजसंस्था राष्ट्रियतासँग गाँसिएको विषय भएकाले यि दुबै विषयमा राप्रपाले निरन्तर रुपले वकालत गर्दै आएको बताए।
एमसिसीलाई अहिले सामान्य लागेपनि भविष्यमा यसले राष्ट्रियतालाई खतरामा पर्ने धारणा राखे। ‘ठूला राजनीतिक दलले जसरी एमसिसीलाई संसदबाट पास गरे, तर म एक्लै भएपनि संसदभित्र एमसिसीको विरोध गरेको हुँ’, अध्यक्ष लिङ्देनले भने, ‘जनताले हामीलाई जिताएको भए संसदमा हामी राष्ट्रियताको विषयमा हामी सशक्त रुपले प्रस्तुत हुन्थ्यौं र राष्ट्रघाती निर्णय गर्न दिने थिएनौं।’
उक्त सभालाई पार्टीका मुकुन्द श्याम गिरी, महामन्त्रीद्धय डा. धवलसम्शेर राणा र कुन्तीकुमारी शाही, पूर्वमन्त्रीद्धय प्रेमबहादुर भण्डारी र फत्तेसिंह थारु, पार्टीका सहमहामन्त्री ऋषिराज देवकोटा, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य एवम् अभिनेत्री रेखा थापा लगायतले सम्बोधन गरेका थिए।