ताप्ली सरकारलाई प्रतिपक्षको १६ बुँदे प्रश्न
२९ फागुन २०७८
•
३ मिनेट पाठ
ताप्ली सरकारलाई प्रतिपक्षको १६ बुँदे प्रश्न
उदयपुरको ताप्ली गाउँपालिकाका प्रतिपक्षी दलहरुले स्थानीय सरकारलाई बिभिन्न विषयमा प्रश्न उठाउँदै १६ बुँदे निवेदन तेर्स्याएका छन्। गाउँपालिकाको गतिबिधिप्रति असन्तुष्टि जनाउँदै सत्तारुद्ध दल नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेस ताप्ली गाउँ कमिटीले तत्काल चित्त बुझ्दो जवाफ मागेका हुन्।  




निवेदनमा ‘गाउँपालिकाद्वारा विनियोजित रकम कार्यान्वयनबारे आवश्यक छलफल गर्नुंपर्ने भन्दै त्यसको लिखित जानकारी गराउन’ अनुरोध गरिएको छ। प्रदेश सरकारले दिएको गाउँपालिकास्तरीय खेल मैदान निर्माण शीर्षकको १६ लाख रकम फ्रिज गर्नुको कारण सोधिएको निवेदनमा अहिलेसम्म स्थायी कर्मचारी नराख्नुको कारणबारे पनि जिज्ञासा राखिएको छ।  

त्यस्तै कृषि, भेटेरीनरी तथा स्वास्थ्य शाखाका लागि विनियोजित रकम र खरिदसम्बन्धी चासो लिइएको निवेदनमा कर्मचारी नियमितताको विषयमा पनि जवाफ मागिएको छ। ३/३ महिनामा गर्नुपर्ने गाउँपालिकाको आम्दानी र खर्चको आन्तरिक लेखा परीक्षण (आलेप) र महालेखा परीक्षण (मलेप) बारे पनि निवेदनमा प्रश्न उठाइएको छ। गाउँपालिकाले खरिद गर्ने जिन्सी सामग्री खरिद ऐन अनुसार भए नभएको प्रष्ट पार्न अनुरोध गरिएको छ भने कन्टीन्जेन्सी रकमबारे पनि प्रष्ट्याईदिन निवेदनमा माग गरिएको छ।

जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुको सेवासुविधाबारे विज्ञासा राखेका माओवादी र काँग्रेसले गाउँपालिकाले खरिद गरेको ट्याक्टर, व्याकहो लोडर (मेसिन) यन्त्रको अवस्थाबारे पनि बुझ्न चाहेका छन्। गाउँ सीमा क्षेत्रभित्रका भौतिक पूर्वाधार निर्माण र नदीजन्य पदार्थ गिटी, ढुंगा, बालुवाको बिक्री र निर्यातबारे पनि दलहरुले स्थानीय सरकारसमक्ष जिज्ञासा राखेका छन्।  

निवेदनमा कोभिड १९ रोकथाम र नियन्त्रणमा भएको खर्च रकमको बिबरण सार्वजनिक गर्नुपर्ने माग राख्दै सरकारी गाडी र इन्धनको दुरुपयोग भएको विषयमा पनि प्रश्न उठाइएको छ। त्यस्तै सञ्चार खर्च, वृद्धभत्ता र सार्वजनिक सुनुवाईलाई नियमितता दिन पनि जोड दिइएको छ। निवेदनमा कार्यालयको सुशासनबारे पनि चासो देखाइएको छ।  

नेकपा (माओवादी केन्द्र) ताप्लीका अध्यक्ष गुरुप्रसाद पोखरेल र काँग्रेस सभापति दिपकुमार रास्कोटीद्वारा हस्ताक्षरित निवेदनमा प्रस्तुत १६ बुँदाको विषयमा यथासिघ्र सत्यतथ्य सार्वजनिक गर्दै पार्टीलाई लिखित बिबरण उपलब्ध गराउन पनि माग गरिएको छ।  

गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले प्रतिपक्षी दलहरुले सोधेको प्रश्नको जवाफ त्यसैबेला दिइसकेको बताए। काँग्रेस र माओवादीले मागेको बिभिन्न १६ बुँदे प्रश्नको मौखिक जवाफ त्यसबेलै दिइसकेको भन्दै अध्यक्ष  थापाले अब लिखित पनि दिने बताए। ‘उहाँहरुले एउटा निवेदनमार्फत १६ बुँदामा प्रश्न सोध्नु भएको छ’ थापाले भने, ‘मैले त्यसैबेला मौखिक जवाफ दिइसकेँ, अब लिखित चाहियो भनेका छन्। त्यो पनि दिन्छु।’

प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले प्रतिपक्षी दलहरुले गाउँपालिकाको गतिबिधि तथा आमदानी खर्चबारे जिज्ञासा राख्नु स्वभाविक भएको बताए। १६ बुँदामध्ये कतिपय जायज भएको तर, कुनै कुनै आग्रह मिश्रित देखिएको भन्दै अधिकृत लामाले जायज मागहरुको जफाव गाउँपालिकाले दिने बताए।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
२ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस