गलत काम गर्ने पार्टीलाई जनताले ठेगान लगाउँछन्: अध्यक्ष ओली
२५ फागुन २०७८
•
२ मिनेट पाठ
गलत काम गर्ने पार्टीलाई जनताले ठेगान लगाउँछन्: अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीप्रति जनलहर सिर्जना भएकाले स्थानीय तहको निर्वाचनमा जित हासिल गर्ने दाबी गरेका छन्।




एमाले जिल्ला कमिटी मोरङद्वारा मोरङको रङ्गेलीमा आज आयोजित तराई मधेश बृहत् जनसभालाई सम्बोधन गर्दै उनले समृद्धिको यात्रामा कतै पनि नअल्मलिकन देशव्यापीरूपमा लाग्ने विश्वास दिलाए। अध्यक्ष ओलीले जन्मसिद्ध आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले नागरिकता पाउनुपर्ने भन्दै नागरिकताको समस्या समाधान गर्नुपर्नेमा जोड दिए।

एमालेभित्रको घुसपैठले पार्टी सरकार विस्थापित भएको बताउँदै अध्यक्ष ओलीले पार्टीमा गलत काम गर्नेहरू चिनिएकाले उनीहरूलाई जनताले ठेगान लगाउने ठोकुवा गरे। उनले आफ्नो पार्टी जनताका माझमा निकै बलियो भएको तर्क गर्दै विगतमा एमाले सही नीतिका कारण नेपालको भूमि फिर्ता ल्याएको दाबी गरे।

आफू नेतृत्वमा बनेका सरकारले रक्सौल काठमाडौँ रेलसेवा, सुरुङमार्ग, काठमाडौँमा सुक्खाबन्दरगाहजस्ता राष्ट्रिय गौरवको योजना ल्याएको बताउँदै अध्यक्ष ओलीले कोभिड–१९ को महामारीबाट नागरिकको जीवन सुरक्षा गर्न हरसम्भव प्रयास गरेको बताए।

सरकारले एकै दिन ३९६ अस्पताल र २६५ वटा सडक शिलान्यास गरेको स्मरण गर्दै उनले  जनताका हितका निम्ति आएका यस्ता योजनालाई सरकारले काट्न नहुने धारणा राखे। सदरमुकाम जोड्ने बुटबल, ढल्केवर, गोरुसिङे, नेपालगञ्ज र धनगढीमा चारदेखि छ लेनको बाटो बनाएको भन्दै जनतालाई अनुभूति गराउने किसिमको विकास गरेको दाबी गरे।

एमालेका सरकारले ज्येष्ठ नागरिक, अपाङ्गता भएका र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिएर सामाजिक न्याय गरेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष ओलीले हाम्रो पार्टी जनताको चाहना एवं भावनाअनुसार काम गरेको उल्लेख गरे।

सो अवसरमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित रङ्गेली नगरपालिका प्रमुख दिलीप अग्रवाल (बगडिया), उपप्रमुख केशवकुमारी खराल, वडा नं ७ का वडाध्यक्ष रामचन्द्र मण्डल, वडा नं ५ का वडाध्यक्ष महानन्द मण्डल र वडा नं १ का वडाध्यक्ष महेश खनालसहितका कार्यकर्ता एमालेमा प्रवेश गरेको पार्टीका जिल्ला अध्यक्ष ऋषि पोखरेलले जानकारी दिए। रासस
अर्को समाचार
के नेपाल पाकिस्तानको बाटोमा छ?
०३ भदौ २०८०
•
४ मिनेट पाठ
के नेपाल पाकिस्तानको बाटोमा छ?
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा एक कार्यक्रमलाई सम्बोधन गर्दै पाकिस्तानमा जस्तै प्रतिशोधको राजनीति नगर्न सरकारलाई सुझाव दिएका छन्। उनले कुन सन्दर्भमा र किन यो कुरा उठाए, यो बहसकै विषय हुनसक्ला वा जवाफमा ‘बुझ्नेलाई यो कुरा गहिरो छ, नबुझ्नेलाई घरछेउमै पहिरो छ’ भन्न पनि सकिएला।




सन् १९४७ मा एक स्वतन्त्र मुस्लिम गणराज्यका रूपमा स्थापना भएदेखि नै पाकिस्तानको राजनीति निकै उतारचढावबाट गुज्रँदै आइरहेको कुरा कसैबाट लुकेको छैन। ब्रिटिस साम्राज्यका अन्तिम भाइस्राय लुइस माउन्टबेटेनले भारत स्वतन्त्र हुने समय भारतीय स्वतन्त्रता सेनानीहरूसितको सहमतिमा मुस्लिम गणराज्य पाकिस्तान स्थापना गरिदिए।

पाकिस्तानका पहिलो गभर्नर जनरल मोहम्मद अलि जिन्नादेखि हालसालै भ्रष्टाचारको अभियोगमा तीन वर्षको काराबास सजाय भोग्दै गरेका पूर्वप्रधानमन्त्री इमरान खानसम्मले भोगेको पाकिस्तानी राजनीतिको उतारचढाव विश्वसामु छर्लङ्गै छ। पाकिस्तानी राजनीतिक अभ्यासका क्रममा भएका केही महत्वपूर्ण र सान्दर्भिक घटना यहाँ उल्लेख गर्न चाहेँ।

जिन्ना भारतको स्वतन्त्रता आन्दोलनका एक महत्वपूर्ण पात्र थिए त्यसकारण उनलाई पाकिस्तान स्थापना भएपछि राज्यको शीर्षस्थ पदमा स्थापित गरियो भने लियाकत अली खान पहिलो प्रधानमन्त्री बनेका थिए।

सन् १९४७ मा एक स्वतन्त्र मुस्लिम गणराज्यका रूपमा स्थापना भएदेखि नै पाकिस्तानको राजनीति निकै उतारचढावबाट गुज्रँदै आइरहेको कुरा कसैबाट लुकेको छैन।
सन् १९४८ मा जिन्नाको मृत्यु भयो। उनको स्थानमा ख्वाजा नजिमुद्दीन गभर्नर जनरल बनाइए। सन् १९५१ मा प्रधानमन्त्री लियाकत अलि खानको हत्या भयो। त्यसपश्चात पाकिस्तानमा पटक–पटक संविधान, संसद् र सरकारहरू निलम्बन हुने, अपदस्त वा बर्खास्त गरिने क्रम निरन्तर चलिआएको छ।

पटक–पटक जंगी कानुन र सैनिक शासन लागु गरियो। प्रजातान्त्रिक आन्दोलनहरूबाट प्रजातन्त्र पुनस्र्थापित हुने, आमचुनाव हुने, सरकार अपदस्त हुने खेल निरन्तर चलिरहेको छ। राजनीतिक अस्थिरता, तरलता, आन्तरिक कलह, हत्या–हिंसा, मानव अधिकारको उल्लंघन, आर्थिक अनियमितता जस्ता घटनाको अधिकतम मारमा परेको स्पष्टरूपमा देख्न सकिन्छ, त्यहाँको राजनीतिक इतिहास केलाउँदा। यस्तैयस्तै घटनाबीच प्रधानमन्त्री जुल्फिकर अली भुट्टोविरुद्ध सन् १९७७ मा सेना प्रमुख-जनरल जियाउल हकले जंगी कानुन लागू गरी प्रधानमन्त्रीलाई अपदस्त गरे र पछि तिनै पूर्वप्रधानमन्त्री भुट्टोलाई मृत्युदण्ड दिइयो।

जनरल जियाले पाकिस्तानका राष्ट्रपतिको रूपमा करिब एघार वर्ष शासन गरे। सन् १९८८ को रहस्यमय हवाईजहाज दुर्घटनामा उनको निधन भयो। त्यसपछि भएको आमचुनावमा बिजयी बेनजिर भुट्टो (पूर्वप्रधानमन्त्री जुल्फिकर अलि भुट्टोकी छोरी) प्रधानमन्त्री बनिन्। उनी पनि प्रधानमन्त्री भएको करिब दुई वर्षको समयमै भ्रष्टाचारको अभियोगमा अपदस्त भइन्।

जिन्ना भारतको स्वतन्त्रता आन्दोलनका एक महत्वपूर्ण पात्र थिए त्यसकारण उनलाई पाकिस्तान स्थापना भएपछि राज्यको शीर्षस्थ पदमा स्थापित गरियो भने लियाकत अली खान पहिलो प्रधानमन्त्री बनेका थिए।
तत्कालीन राष्ट्रपतिले संकटकाल घोषणा गरे। सन् १९९० अक्टोबरमा सम्पन्न आमचुनावमा विभिन्न विवादका बाबजुद नवाज शरिफ प्रधानमन्त्री चुनिए। सन् १९९३ अप्रिलमा राष्ट्रपति गुलाम इसाक खानले प्रधानमन्त्री शरिफलाई बर्खास्त गरे। सर्वोच्च अदालतले १९९३ मेमा शरिफलाई पुनर्स्थापित गर्ने निर्णय गर्‍यो। त्यसपछि १९९३ अक्टोबरमा सम्पन्न चुनावमा पुनः बेनजिर भुट्टोको उदय भयो र उनी फेरि प्रधानमन्त्री बनिन्।

तर राजनीतिक अस्थिरता कायमै थियो विभिन्न समय र स्थानमा भइरहने राजनीतिक दंगा हिंसाका घटनामा सयौँको संख्यामा पाकिस्तानीले ज्यान गुमाइरहेका थिए। राष्ट्रपति अहमद लेघारीले सन् १९९६ नोभेम्बरमा प्रधानमन्त्री भुट्टोलाई बर्खास्त गरे। सन् १९९७ फेब्रुअरीमा आमचुनाव भयो। र, नवाज शरिफ पुनः प्रधानमन्त्री बने। यो अवधिमा पनि विभिन्न जातीय हिंसा, राजनीतिक दंगा, आतंकवादी हमलाहरू हुने क्रम जारी थियो जसमा कैयौँ निर्दोष जनताले अनाहकमा ज्यान गुमाउनुपर्‍यो।

तत्कालीन राष्ट्रपतिले संकटकाल घोषणा गरे। सन् १९९० अक्टोबरमा सम्पन्न आमचुनावमा विभिन्न विवादका बाबजुद नवाज शरिफ प्रधानमन्त्री चुनिए। सन् १९९३ अप्रिलमा राष्ट्रपति गुलाम इसाक खानले प्रधानमन्त्री शरिफलाई बर्खास्त गरे।
सन् १९९९ को अक्टोबरमा जनरल परवेज मुसर्रफद्वारा गरिएको सैन्य ‘कु’मा शरिफ पुनः पदच्युत गरिए र संसद् भंग गरियो।

सन् २००७ डिसेम्बर २७ मा भूतपूर्व प्रधानमन्त्री बेनाजिर भुट्टोमाथि एक र्‍यालीमा आत्मघाती बम हमला भयो र उनी मारिइन्। स्मरण रहोस्, सन् १९९९ जनवरीमा तत्कालीन प्रधानमन्त्री शरिफविरुद्ध पनि हत्या प्रयास भएको थियो। सन् २००८ अगष्टमा राष्ट्रपति मुसर्रफले राजीनामा दिए र पाकिस्तानी सिनेटका अध्यक्ष मोहम्मद मियाँ सुमरोलाई नयाँ राष्ट्रपति बनाइयो। सन् २००८ सेप्टेम्बरमा आसिफ अलि जर्दारी (बेनजीर भुट्टोका पति) लाई पाकिस्तानी इलेक्टोरल कलेजको मतदानद्वारा राष्ट्रपति निर्वाचित गरियो। यहाँसम्म आइपुग्दा पाकिस्तानमा आतंककारी गतिविधि र हमलाहरू अत्यधिक मात्रामा वृद्धि भइसकेको थियो र हजारौंले ज्यान गुमाइसकेका थिए।

पाकिस्तानले भोगिरहेको राजनीतिक इतिहासको यो वास्तविकताबीच एमाले अध्यक्ष ओलीको भनाइ हतारको अभिव्यक्ति पनि भन्न सकिन्छ। तर, नेपाली राजनीतिमा अहिलेको पुष्पकमल दाहाल नेतृत्वको सरकारको भष्ट्राचार लगायतका प्रकरण छानविनमा ‘अन्य पार्टीका नेताहरूलाई सिध्याउने कुत्सित खेल’मा लागेको भनि जसै कतिपय दलहरूले नै आरोप लगाइरहेका छन्, यसबाट हामी पनि कतै पाकिस्तानजस्तै बदला र प्रतिशोधको राजनीतिमा आफ्नो हात सेक्ने प्रपञ्च त गरिरहेका छैनौं भन्ने शंकालाई बल दिइरहेको छ। अहिलेका लागि ओलीको संकेत यही हुनसक्छ, जुन घातक र भयावह छ।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस