नेकपा माओवादी केन्द्रले मोरङ रंगेली नगरपालिकाका नगरप्रमुख दिलीप बगडीया(अग्रवाल)लाई पार्टीबाट निष्कासित गरेको छ। नेकपा एमाले प्रवेश गर्ने तयारी गरेपछि नेकपा माओवादी केन्द्रले अग्रवाललाई पार्टीबाट निष्कासित गरेको हो।
माओवादी केन्द्र प्रदेश १ ले विज्ञप्ति जारी गरी पार्टीविरुद्ध गतिविधि गरेका कारण अग्रवालको साधारण सदस्यतासमेत खारेज गरेर कारबाही गरिएको जानकारी गराएको छ। अग्रवाललाई नगरपालिका प्रमुखको पदबाट पनि निष्कासन गर्न निर्वाचन आयोगमा सिफारिस गरेको विज्ञप्तिमा उल्लेख छ। उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट रंगेली नगरपालिकाको प्रमुखमा विजयी भएका थिए।
अग्रवाल बुधबार नेकपा एमालेले रंगेलीमा आयोजना गरेको आमसभामा औपचारिक रुपमा एमालेमा प्रवेश गर्ने तयारीमा छन्। अग्रवाललाई पार्टी प्रवेश गराउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार रंगेलीमा हुने आमसभामा सहभागी हुने क्रार्यक्रम रहेको एमाले मोरङले जनाएको छ।