मुख्यमन्त्री राजेन्द्रकुमार राई र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आफूखुसी सरकार चलाएको भन्दै सत्तारुढ कांग्रेसका प्रदेश सांसदले प्रदेश सभामा असन्तुष्टि जनाएकी छिन्। सोमबारको प्रदेशसभाको शुन्य समयमा बोल्दै कांग्रेस सांसद ज्योति सुब्बाले मुख्यमन्त्री र आर्थिक मामिला तथा योजनामन्त्रीले मनोमानी गरेको भन्दै असन्तुष्टि जनाईन्।
उनले मन्त्रिपरिषद् बैठकमा पनि काँग्रेसका मन्त्रीहरूलाई वाइपास गरिएको बताइन्। उनले कांग्रेसका मन्त्रीहरू नेकपा एस् र माओवादी केन्द्रको झोले हुन्? भन्दै प्रश्न गरिन्। ‘कांग्रेसलाई नेकपा एस् र माओवादी केन्द्रले झोले ठानेका भए यस्तो सरकारमा कांग्रेस रहिरहन उचित हुँदैन’ उनले भनिन् कांग्रेस झोले हैन हाम्रो इज्जत हुनुपर्छ।’
मुख्यमन्त्री राईले मन्त्रालय विस्तारका क्रममा कांग्रेसका उपनेता हिमाल कार्कीले नेतृत्व गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट यातायात क्षेत्र र प्रमुख सचेतक केदार कार्कीले नेतृत्व गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सञ्चार क्षेत्र झिकेर यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय गठन गरेपछि कांग्रेसले असन्तुष्टी जनाउँदै आएको छ।
आन्तरिक मामिला तथा कानुनमन्त्री कार्कीले मन्त्रालय विस्तार भएदेखि नै मन्त्रिपरिषद् बैठक बहिष्कार गर्दै आएका छन्। सरकारको ४ महिनाको कामको समीक्षाका लागि कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाको नेतृत्वमा आइतबार साँझ बसेको बैठकले सरकारले प्रभावकारी रुपमा कामकाज अघि बढाउन नसकेको निष्कर्ष निकालेको थियो।
मुख्यमन्त्री राई नेतृत्वको सरकारको ४ महिने कार्यकालको समीक्षा गर्दा सन्तोषजनक काम गर्न नसकेको कांग्रेस संसदीय दलको बैठकले निश्कर्ष निकालिएको थियो। प्रदेश सभाको शुन्य समयमा सांसदहरूले सरकारले विभिन्न आयोजनाको बजेट कटौती गरेको गुनासो पनि गरेका छन्। सोमबारको शुन्य समयमा सांसदहरू उत्तमकुमार बस्नेत, तुलसीप्रसाद न्यौपाने, शान्ता पौडेल लगायतले प्रदेशको नाम ४ वर्षसम्म राख्न नसकेको, सरकारले विभिन्न आयोजनाको बजेट कटौती गरेको र मन्त्रालय थपेर खर्चको भार थोपरेको गुनासो गरे।