छलफल गरी पारित गर्ने तयारी
०९ फागुन २०७८
•
३ मिनेट पाठ
छलफल गरी पारित गर्ने तयारी
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रतिनिधिसभाको आइतबारको बैठकमा होहल्लाबीच टेबुल भएको छ।




संसद्मा दर्ता भएको ३२ महिनापछि एमसिसी संसदीय प्रक्रियामा प्रवेश गरेको छ। अब यसलाई छलफल गरी पारित गर्ने तयारी सरकारको छ। एमसिसीमाथि छलफलका लागि प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते बोलाइएको छ।

संसद्मा दर्ता भएर अड्किएको एमसिसीमा सहमति नबन्दा गठबन्धन टुट्ने आकलन गरिएको थियो। अर्थमन्त्री जनार्दन शर्माले टेबुल गर्ने भनिएको यो सम्झौता उनी अनुपस्थित भएपछि सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेबुल गरेका हुन्।

उनले कुनै सैन्य गठबन्धनमा आबद्ध नहुने नेपालको परराष्ट्रनीति भएको भन्दै एमसिसी अनुमोदनका लागि आग्रह गरेका थिए। टेबुल गर्ने बेलामा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालबाहेक माओवादी केन्द्रका सबै सांसदले एमसिसीको विरोधमा नारा लगाएका थिए। एमालेका भीमबहादुर रावल, नेमकिपाका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले पनि एमसिसीविरुद्ध नारा लगाएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले भने निकै चनाखो भएर घटना नियालिरहेका थिए।

संसद् बैठक बस्नुअघि पाँचदलीय गठबन्धनको बैठक बसेको थियो। सो बैठकमा एमसिसी टेबुल गर्ने सहमति भएको थियो। गठबन्धनको बैठकपछि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए। 

छलफल गरी पारित गर्ने तयारी

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख सापकोटाले एमसिसीमात्र नभई विधेयक पनि लैजानुपर्ने प्रस्ताव गरेका थिए। उनको प्रस्तावबमोजिम आइतबारको बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त भएको लोकसेवा आयोग विधेयक २०७५ टेबुल गरिएको थियो। यता माओवादी केन्द्रले एमसिसीका केही विवादित बुँदामा असहमतिको पत्र दर्ता गर्ने जनाएको छ।  

संसद्को बैठक आइतबार दिउँसो १ बजे बोलाइए पनि निर्धारित समयभन्दा करिब पौने घण्टा ढिलो सुरु भएको थियो। बैठकमा सत्तारुढ र प्रतिप्रक्षका सांसदले एमसिसीविरुद्ध धारणा राखेका थिए। माओवादी प्रमुख सचेतक देव गुरुङले यथास्थितिमा एमसिसी पारित गर्न नहुने तर्क गर्दै राष्ट्रिय सहमतिसहित अघि बढाउनुपर्ने माग गरे।

उनले यसका लागि अवरुद्ध सदन खुल्नुपर्ने बताए। एमालेका नेता भीम रावलले पनि राजनीतिक सहमतिबिना एमसिसी संसद्बाट अघि बढाउन नहुने धारणा राखे। नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले पनि एमसिसी संसद्बाट अघि बढाउन नहुने भन्दै विरोध गरेका थिए।

एमसिसी र नेपाल सरकारबीच २०७४ भदौ २९ गते सम्झौता भएको थियो। ऊर्जा र यातायातको पूर्वाधार क्षेत्रमा लगानी गर्ने यो परियोजनाको रकम सम्झौता लागू भएको पाँच वर्षमा परिचालन गरिसक्नुपर्ने प्रावधान छ। यो सम्झौताबमोजिम विद्युत् प्रसारण लाइन (४०० केभी क्षमताको) निर्माण तथा सडक मर्मत सम्भारको कार्य विकास समितिमार्फत गर्ने प्रावधानअनुरूप नेपाल सरकारको २०७४ चैत २० को निर्णयअनुसार मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (गठन) आदेश २०७४ स्वीकृत भएको छ।

२०७५ साउन १० मा त्यसलाई निरन्तरता दिने निर्णय भई आयोजनाको तयारी कार्य अगाडि बढिरहेको छ। मिलेनियम च्यालेन्ज कम्प्याक्टअन्तर्गतका विद्युत् प्रसारण आयोजनाहरूले ऊर्जा व्यापारमा रणनीतिक महत्व राख्ने भएकाले २०७५ असोज ५ गते राष्ट्रिय गौरवको आयोजनाको सूचीमा समावेश गर्ने विषयमा अघिल्लो केपी ओली सरकारको नेतृत्वको मन्त्रिपरिषद्बाट निर्णय भइसकेको छ। 

सम्झौता कार्यन्वयन गर्न नेपालको संसद्बाट अनुमोदन हुनुपर्ने व्यवस्था कम्प्याक्टमा भएकाले नेपाल सन्धि ऐन २०४७ को व्यवस्थाअनुसार एमसीसी सम्झौताको धारा ७ मा उल्लिखित प्रावधानलाई प्रभावकारी तुल्याउन सो सम्झौतालाई प्रतिनिधिसभाको सामान्य बहुमतबाट अनुमोदन गरिनुपर्ने देखिएको भन्ने कानुन मन्त्रालयले २०७५ कात्तिक २६ गते राय दिएको थियो। त्यसपछि २०७५ माघ २५ गतेको मन्त्रिपरिषद् बैठकले एमसिसी सम्झौता संसद्मा लैजाने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को सो निर्णय बमोजिम २०७६ असार ३० गते सम्झौता संसद्मा दर्ता भएको थियो।

सम्झौताको लक्ष्य आर्थिक विकासमार्फत नेपालमा गरिबी न्यूनीकरण गर्ने रहेको छ। यस्तै ऊर्जा व्यापारलाई सहजीकरण गरी तथा नेपालको विद्युत् ग्रिडमा विद्युत् आपूर्तिको उपलब्धता तथा स्थिरतामा सुधार गरी विद्युत्को उपभोग वृद्धि गर्ने, रणनीतिक सडक सञ्जालमा सडकको गुणस्तर कायम राख्ने उद्देश्य राखिएको छ। यसका लागि एमसिसीले ५० करोड अमेरिकी डलर अनुदान दिने सम्झौतामा उल्लेख छ।
अर्को समाचार
समितिबाट विधेयक पारितको विद्यमान समय संशोधन गर्ने तयारी
१४ पौष २०८१
•
३ मिनेट पाठ
समितिबाट विधेयक पारितको विद्यमान समय संशोधन गर्ने तयारी
प्रतिनिधिसभामा आएका विधेयकहरूलाई पारित गर्ने समयसीमा तोक्ने विषयमा सत्तारूढ दल कांग्रेस-एमालेको विधायनसम्बन्धी संयुक्त कार्यदलले छलफल अघि बढाएका छन्। वर्तमान नियमावलीमा विधेयक पारित गर्ने समयसीमा तोकिएको छैन। नियमावलीका कारण विधेयक पारित हुन नसकेको हो भने समयसीमा तोकेर नियमावली नै संशोधन गर्ने दिशामा जानुपर्नेमा संयुक्त कार्यदल सहमत भएको हो।




कार्यदलका सदस्य कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले कार्यदलले समयसीमा तोक्ने बारेमा एक चरण छलफल गरेको बताए। तर, कति दिन राख्ने विषयमा निर्णय हुन बाँकी रहेको उनको भनाइ छ। मुख्य गरी ९० दिनको मोटामोटी समयभित्र विधेयक पारित गरिसक्ने गरी नियमावलीमा व्यवस्था गर्ने विषयमा छलफल भएको उनले बताए। कुनै पनि नयाँ विधेयक ६० दिनसम्म समितिमा रहन्छ भने ३० दिनसम्म सदनमा रहन्छ। दुवै गरेर ९० दिनभित्र विधेयक पारित गरिसक्नु पर्ने उनले बताए।

'समितिमा रहेको विधेयकमा सहमति भएका विषय छन् भने ६० दिनभित्र सदनमा जानेछन्। सहमति हुन बाँकी विषय सदनमा लगेर पारित गराइने छ। समितिले ६० दिनभित्र कुनै पनि विधेयक पारित गर्न सकेन भने त्यसलाई सदनमा लगिने छ। र सदनले उपसमिति बनाएर पारित गर्ने छ,' प्रमुख सचेतक घिमिरेले भने। सम्बन्धित समितिले विधेयक पारित गर्नका लागि समय माग गरेमा र प्रतिनिधिसभाले समय माग भएको विषयमा चित्त बुझाएमा पुनः समितिमा विधेयक पठाउन सक्ने व्यवस्थाबारे राख्ने विषयमा पनि सहमति भएको छ।

कार्यदलले पहिलो चरणमा समितिमा रहेका विधेयकलाई कसरी आगामी अधिवेशनमा पारित गर्न सकिन्छ यसबारे छलफल गर्ने, त्यसपछि नियमावली संशोधनको विषय अघि आउने कार्यदलका सदस्य बताउँछन्। 'विधेयक पारित गर्न सरकारले भूमिका खेल्नु पर्दछ। समितिमा रहेका विधेयक माथिको छलफल हुँदा सम्बन्धित मन्त्री अनिवार्य उपस्थित हुनुपर्दछ। मन्त्री उपस्थित नभएमा विधेयक माथिको छलफल अघि बढ्दैन। विधेयक माथि छलफल गर्न बोलाइएका समितिका बैठक मन्त्री उपस्थित नभएपछि स्थगित हुने गरेका धेरै उदाहरण भेटिन्छन्। त्यसैले, संसदीय समितिले सरकारले सहयोग गरेन भने समयसीमा तोके पनि निश्चित समयभित्र विधेयक पारित गर्न सक्छन् भन्ने विषय भने अन्योल नै देखिन्छ,' संसद् सचिवालयका एक अधिकारीले भने।

२०७६ सालमा आएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ लाई राज्य व्यवस्था तथा सुशासन समितिले २०८१ पुस १८ गते पारित गर्ने तयारी गरेको छ। २०७६ सालमा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको संशोधन विधेयक अझै पारित हुने अवस्थामा छैन।

संसद्को दुई वर्षे कार्यकालमा १२ विधेयक पारित भएका छन् भने १९ विधेयक प्रतिनिधिसभाका समिति र सदनमा रहेका छन्। यस्तै राष्ट्रियसभामा विधेयक शाखामा एक र विधायन समितिमा ४ विधेयक छन्। राष्ट्रिय सभामा अहिले नै समयसीमाको व्यवस्था छ भने प्रतिनिधिसभाको नियमावलीको विषयमा कार्यदलले अन्य दलसँग पनि कुराकानी गरेर निर्णय गर्ने तयारी गरेको कार्यदलका सदस्यको भनाइ छ।

गृहमन्त्री रमेश लेखकले गत कात्तिक ३० गते राज्य व्यवस्था समितिको बैठकमा सांसदबाट विधेयक निर्माणमा ढिलाइ भए सरकारले ल्याएकै विधेयक पास हुने गरी व्यवस्था राखेर नियमावली संशोधन गर्न माग गरेका थिए। सङ्घीयता कार्यान्वयनसँग जोडिएको विद्यालय शिक्षा विधेयक, सङ्घीय निजामती सेवा विधेयक लगायत सहमति जुटाउन भने कार्यदललाई चुनौती देखिएको छ।

कांग्रेस र एमालेले विधेयक अघि बढाउन बनाएको कार्यदलमा कांग्रेसका तर्फबाट सांसद जीवन परियार र एमालेका तर्फबाट सांसद योगेश भट्टराईसहित दुवै दलका प्रतिनिधिसभाका प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका सचेतक सदस्य छन्।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ११ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस