प्रतिनिधिसभाको नयाँ नियमावली शुक्रबारभित्र पारित गर्ने तयारी गरिएको छ। नियमावली मस्यौदा समितिले नियमावलीको प्रस्तावित मस्यौदा प्रतिवेदन बुधबार संसद् बैठकमा पेस गर्दैछ। नियमावली मस्यौदा समितिले प्रतिवेदन पेस गरेपछि यसमा सैद्धान्तिक छलफल हुनेछ भने त्यसमा संशोधन राख्न चाहने सांसद सदस्यले संशोधन प्रस्ताव दर्ता गर्न समय दिइनेछ। करिब तीन दिनको समयमा नियमावली मस्यौदा पारित गर्ने तयारी भएको संसद् सचिवालयका एक अधिकारील बताए। संसद्का सांसदले अन्य ऐन बनाए झैं नियमावली बनाउने भएकाले संसद्को नियमावलीलाई ‘मास्टर्स अफ ल’ भनिन्छ। अन्य कानुन जसरी संसद्बाट बहुमतले पारित गरिन्छ त्यसैगरी संसद्को नियमावली पनि संसद्को बहुमतले पारित गर्ने हुँदा यो कानुन ऐनजस्तै बलियो हुने संविधानविदहरू बताउँछन्।
संसद्को नियमावलीमा राखिएको व्यवस्थाको उल्लंघन भएमा अन्य कानुन नै नहेरी कारबाही प्रक्रिया अघि बढाउन सकिने विज्ञहरूले बताउँछन्। संसद्को नियमावली संविधानसँग नबाझिने गरी बनाइन्छ। नियमावलीले प्रतिनिधिसभाको अधिवेशन तथा बैठक सञ्चालनको विषयमा, बैठकको कार्यविधिका बारेमा, संसद्ले निर्णय गर्ने तरिकाका बारेमा, बैठकमा सुव्यवस्थाका बारेमा, राष्ट्रपतिबाट सम्बोधन र नीति कार्यक्रमका विषयमा, प्रश्नोत्तरका विषयमा प्रक्रियाहरूको व्यवस्था गरेको छ। प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर, प्रस्तावसम्बन्धी कार्यविधि, प्रस्तावमा संशोधन, स्थगत प्रस्ताव, संकल्प प्रस्ताव, अध्यादेश, व्यवस्थापन कार्यविधि, बजेट ल्याउने विषय, विश्वासको मत र अविश्वासको प्रस्ताव, महाभियोगको प्रस्ताव, सांसद सदस्य पक्राउ तथा निलम्बनको व्यवस्था, सभाको गोप्य बैठक तथा प्रतिनिधिसभाका समिति कति रहने भन्ने व्यवस्था, विशेषाधिकार समितिको गठन सम्बन्धी व्यवस्था राखिएको छ। संविधानको धारा १०४ को उपधारा (१) ले दिएको अधिकार प्रयोग गरी नियमावली बनाइएको छ।
सरकारको काम जाँच्ने र सरकारले गरेका काममा निर्देशन दिने, नयाँ कानुन बनाउने र पुराना कानुन संशोधन गर्ने, वर्तमान महत्वपूर्ण मुद्दामा बहस गर्नुपर्ने, सरकारी खर्च जाँच गर्ने र बजेट÷कर अनुमोदन गर्ने जस्ता विभिन्न महत्वपूर्ण भूमिका संसद्को हुने गर्दछ। संसद्को काम कारबाही संसदीय नियम र स्थापित परम्परामा चल्ने गर्दछ। नियमावली बनाउने विषयमा ढिलाई हुँदा संसद्को काम अघि बढ्न नसकेको अवस्था रहेको सांसदहरू बताउँछन्।
नियमावली मस्यौदा समितिले फागुन ४ गते नियमावली मस्यौदा पारित गरेको थियो। तर यसलाई ५ दिनपछि मात्र बुधबारमात्र प्रतिनिधिसभामा पेस गर्न लागिएको छ। नियमावली मस्यौदा समितिमा पारित भएको व्यवस्था बमोजिम प्रतिनिधिसभाको नियमावलीमा संसद्को कार्यकाल सकिन भन्दा १५ दिन अघि दर्ता भएको महाभियोग प्रस्ताव अर्को संसद्मा लैजान सकिने व्यवस्था गरिएको छ। भने कुनै पनि महाभियोग प्रस्ताव पाँच महिनाभित्रै निर्णय गरिसक्नु पर्ने व्यवस्था गरिएको छ।
यसैगरी, संसद्को कार्यकाल तीन महिना बाँकी रहँदा दर्ता भएको महाभियोग प्रस्ताव ‘फास्ट ट्रयाक’बाट टुंगो लगाउनु पर्ने व्यवस्था राखिएको छ। यसैगरी, तीन बर्ष वा सो भन्दा बढी कैद सजाय हुनेगरी पुर्पक्षका लागि थुनामा रहेका सांसद निलम्बनमा पर्ने भएका छन्। त्यस्तै नैतिक पतन देखिने फौजदारी अभियोगमा थुनामा रहेको सांसद पनि निलम्बनमा पर्ने व्यवस्था राखिएको छ। फौजनदारी अभियोग लागेका तर फरार सूचीमा रहेका सांसद सदस्य पनि निलम्बनमा पर्ने व्यवस्था राखिएको छ। त्यस्तै आ–आफ्ना स्वार्थ बाझिने समितिमा सांसदलाई भाग लिन र मतदान गर्नबाट बञ्चित गरिएको छ। संसद्ीय समितिको संख्या १० राखिएको छ। यसअघिको संसद् नियमावलीमा रहेका समितिमा नामलाई परिमार्जन गरिएको छ। संसद्को बैठक निर्धारित समयमा बस्न नसकेका एक घण्टाभन्दा बढी समय वितेमा बैठक स्थगित हुनेछ। अर्को बैठक बोलाउनुपर्ने छ। प्रधानमन्त्रीसँग प्रश्नोत्तर महिनामा एकपटक मात्र हुने भएको छ। पत्रकारलाई लबि रिपोर्टिङको व्यवस्था पनि नियमावलीमा राखिएको छ।