कांग्रेसका १० भ्रातृ संगठन कार्यसमिति भंग
०४ फागुन २०७८
•
५ मिनेट पाठ
कांग्रेसका १० भ्रातृ संगठन कार्यसमिति भंग
नेपाली कांग्रेसले पार्टीका १० वटा भ्रातृ संगठनका केन्द्रीय समिति भंग गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कार्यकाल सकिएका भ्रातृ संगठनहरूका केन्द्रीय समिति भंग गरेको हो। बैठकले स्थानीय तहको चुनवालाई लक्षित गरी संगठन सुदृढ गर्न एक महिने अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।




कार्यकाल सकिएका भ्रातृ संगठनहरूको महाधिवेशन गराउने विषयमा कार्यसम्पादन समितिको बैठकमा छलफल भएको थियो। तर स्थानीय तहको निर्वाचनलगायत कारण देखाउँदै बैठकले अहिले महाधिवेशन नगरी १० वटा भ्रातृ संगठनको नयाँ समिति बनाउने निर्णय गरेको छ।

भंग भएका १० वटा भ्रातृ संगठनको नयाँ समिति फागुनभित्र बनाइने भएको छ। भ्रातृ संगठनका नयाँ समिति गठनको अधिकार सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइएको जानकारी प्रवक्ता प्रकाशशरण महतले दिए। ‘म्याद समाप्त भइसकेका भ्रातृ संस्थाहरू स्वतः विघटन भएकाले फागुन मसान्तभित्र केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णय भएको छ,’ प्रवक्ता महतले भने, ‘समिति गठन गर्ने अधिकार सभापति देउवालाई दिइएको छ।’

कांग्रेसले नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय समिति भंग गरेको हो। कांग्रेसको १४औं महाधिवेशनबाट नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत र नेपाल मुस्लिम संघका अध्यक्ष अब्दुल सतार केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्मा र नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीलाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। पार्टीको माथिल्लो निकायको उम्मेदवार भएपछि तल्लो तहको पद स्वतः खारेज हुने व्यवस्था कांग्रेस विधानमा छ। बैठकले नेपाल दलित संघलाई भने महाधिवेशनमा पठाउने निर्णय गरेको छ। बैठकले दलित संघलाई चैत ७ देखि १० गतेसम्म महाधिवेशन गर्न निर्देशन दिएको छ।

नेपाल आदिवासी जनजाति संघका केन्द्रीय अध्यक्ष इन्द्रबहादुर गुरुङले महाधिवेशन गर्न पार्टी नेतृत्वले असहयोग गरेको भन्दै पार्टी सदस्यताबाटै राजीनामा गरेका छन्। उनले राजीनामा गर्ने क्रममा संघको विधान स्वीकृत नभएको र त्यही कारण समयमा अधिवेशनलगायत गतिविधि गर्न नपाएको बताएका थिए। संघको २०६४ सालदेखि अधिवेशन हुन सकेको छैन।

राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल किसान संघ, प्रजातन्त्र सेनानी संघ, नेपाल दलित संघसहितको हालत पनि नेपाल आदिवासी जनजाति संघको जस्तै छ। त्यति मात्र होइन, शुभेच्छुक संगठनहरूको अवस्था पनि भ्रातृ संगठनको भन्दा कम छैन।

कांग्रेसको १३औं महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भएपछि देउवाले नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, तरुण दलसहितका केही भ्रातृ तथा शुभेचछुक संगठनको अधिवेशन गराएका थिए। तर नेताहरूको हानथापले महाधिवेशन नहुँदा कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठनहरू लथालिंग बन्न पुगेका छन्।

भ्रातृ संगठनहरूलाई स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आएको मितिले तीन महिनाभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिने तथा तोकिएको अवधिमा महाधिवेशन सम्पन्न गर्न नसक्ने कार्यसमिति स्वतः विघटन हुने कांग्रेसले जनाएको छ।

कांग्रेसका शुभेच्छुक संगठनहरूको हालत पनि उस्तै छ। वर्षौंदेखि महाधिवेशन हुन नसक्दा तदर्थवादमा सञ्चालन हुँदै आएका शुभेच्छुक संगठनहरूलाई अधिवेशन यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिने निर्णय बैठकले गरेको कांग्रेसले जनाएको छ।

बैठकले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै एकमहिने अभियान चलाउने निर्णय गरेको प्रवक्ता महतले जानकारी दिए। ‘घरघर जाऔं, कांग्रेसलाई जिताऔं’ भन्ने नारासहित संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय भएको जानकारी प्रवक्ता महतले दिए। उक्त अभियान फागुन २० देखि चैत २० सम्म चल्ने बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

महाभियोगको पक्षमा उभिने दृढता

कांग्रेसले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसद् सचिवालयमा दर्ता भएको महाभियोगको बचाउ गरेको छ। मुलुकमा लोकतन्त्र स्थापनामा न्यायालयको ठुलो योगदान रहेको जनाउँदै कांग्रेसले न्यायिक शुद्धता र पवित्रताको प्रमुख पक्ष भनेको न्यायालयको नेतृत्व भएको उल्लेख गरेको छ।

न्यायालयको मर्यादा बचाइराख्न नेतृत्व चुकेकाले महाभियोग लगाउनुपरेको कांग्रेसले प्रस्ट पारेको छ। न्यायालयको साख, प्रतिष्ठा जोगाउन, न्यायालयप्रति जनआस्था बढाउन र संवैधानिक दायित्व पूरा गर्न प्रधानन्यायाधीशका रूपमा जबरा असफल भएको जस्ता आरोपलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको जनाएको छ।

अदालतभित्र शुद्धता र पवित्रताका पक्षमा हुने लडाइँका पक्षमा आफू रहेको कांग्रेसले जनाएको छ। ‘यति धेरै गम्भीर आरोप लागिसकेको व्यक्तिले निकास दिनुको सट्टा बदनियतपूर्ण ढंगबाट न्यायिक प्रक्रियामा गम्भीर अवरोध र विचलनको अवस्था सिर्जना गरिसकेपछि तत्काल यो परिस्थितिबाट न्यायोचित निकास दिन र न्यायालयलाई गति प्रदान गर्ने जिम्मेवारी संविधानतः सार्वभौम संसद्को नै हो,’ कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

अहिलेको अवस्थामा लोकतन्त्र र न्यायको आधारभूत मर्ममाथि हुने सबैखाले प्रहारलाई रोक्नु र अदालतप्रतिको जनविश्वासलाई डगमगाउन नदिन कांग्रेसले नै निकासका लागि अग्रसरता लिनुको विकल्प नभएको उसले जनाएको छ। ‘यसर्थ संसद् सचिवालयमा प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावको पक्षमा दृढतापूर्वक उभिँदै त्यसलाई सदनबाट पारित गर्न सत्ता गठबन्धन र प्रतिपक्षमा रहेका सम्पूर्ण दललाई नेपाली कांग्रेस आग्रह गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ।
अर्को समाचार
कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक बस्दै
२७ माघ २०७८
•
२ मिनेट पाठ
कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पहिलो पटक बस्दैछ।




पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कांग्रेसका म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ।

कार्यसम्पादन समितिको बैठकको तयारीका लागि मङ्गलबार प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाबाहेक पदाधिकारीबीच पार्टी केन्द्रीय कार्यालयमा र बुधबार सभापति देउवासहित प्रधानमन्त्री निवास बालुवाटारमा सबै पदाधिकारीबीच आन्तरिक छलफल भएको थियो।

विभिन्न मितिमा केन्द्रीय कार्यसमितिका पदावधि समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था तथा पाँच भ्रातृ एवं शुभेच्छुक संस्थाका नेतृत्व कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएकाले बैठकले त्यस सम्बन्धमा छलफल गरी आवश्यक निर्णय गर्ने, कोभिड–१९ को सङ्क्रमणका कारण अधिवेशन प्रभावित भएका कांग्रेसका १६ जिल्लाका जिल्ला कार्यसमितिका सम्बन्धमा समेत बैठकले निर्णय गर्ने बताइएको छ।

यसका साथै स्थानीय तहको निर्वाचनलगायत विषयमा केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट प्राप्त सुझाव र सल्लाहका आधारमा पार्टी आगामी दिनमा सशक्तरुपमा कसरी अगाडि बढ्ने र परिचालन हुनेसम्बन्धी निर्णयमा पुगिने प्रवक्ता डा प्रकाशशरण महतले बताए। नेपाल सरकार, मन्त्रिपरिषद्को सोमबारको बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ।

कांग्रेसले यही माघ १४ गते तत्कालका लागि ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो। कार्यसम्पादन समितिमा प्रधानमन्त्री एवं सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुर, भीष्मराज आङ्देम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय डिना, किशोरसिंह राठौर, बद्रीप्रसाद पाण्डे र जीवन परियार रहेका छन्।

यसैगरी समितिमा नेता गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधी, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा शशांक कोइराला, चित्रलेखा यादव, डा रामशरण महत, अर्जुननरसिंह केसी, डा प्रकाशशरण महत, सुनिलबहादुर थापा, डा शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा नारायण खड्का, जीपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुङ्गाना रहेका छन्न।

पार्टीको १४औँ महाधिवेशनमा १३४ पदाधिकारी र सदस्यको निर्वाचन भएको थियो भने ३३ सदस्य केन्द्रीय सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था छ। त्यसमध्ये पार्टी सभापति देउवाले विधानबमोजिम १३ सदस्य मनोनित गरिसकेका छन्।
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३१ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस