२०७४ साल असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङका ९ स्थानीय तहमध्ये ५ प्रमुख अध्यक्ष र ५ उपाध्यक्ष सहित १० पद नेकपा एमालेले जितेको थियो। नेपाली कांग्रेसले ४ अध्यक्ष र २ उपाध्यक्ष सहित ६ पद जितेको थियो भने माओवादी केन्द्रले १ उपप्रमुख र १ उपाध्यक्ष गरी २ पद जितेको थियो।
एमालेले ६१ वटा वडामध्ये २९ वटा वडाध्यक्ष पद जितेको थियो भने कांग्रेसले २६ वटा वडाध्यक्ष पदमा विजय हासिल गरेको थियो। माओवादी केन्द्रले ५ जना वडाध्यक्षलाइ विजय गराउन सफल हुँदा नयाँ शक्ति पार्टी नेपालले १ वटा वडाध्यक्ष पदमा विजय हासिल गरेको थियो।
यस्तै एमालेले ३७ जना महिला वडा सदस्य, २९ जना दलित महिला सदस्य, ६८ जना अन्य वडा सदस्य र दलित वा अल्पसंख्यकमा ११ पुरुष र २ महिला गरी १३ पदमा विजय हासिल गरेको थियो। समग्रमा एमालेकोतर्फबाट १ सय ११ पुरुष र ७५ महिला गरी १ सय ८६ जना जनप्रतिनिधि विजयी भएका थिए।
त्यस्तै कांग्रेसबाट २६ जना दलित महिला सदस्य,२२ जना महिला वडा सदस्य,४७ जना अन्य वडा सदस्य र दलित वा अल्पसंख्यकमा ३ पुरुष सदस्य निर्वाचित भएका थिए। समग्रमा कांग्रेसले ५९ पुरुष र ५१ महिला गरी कूल १ सय ३० जनप्रतिनिधिलाइ निर्वाचित गराउन सफल भएको थियो।
नेकपा माओवादी केन्द्रको तर्फबाट ४ जना दलित महिला सदस्य, ३ जना अन्य वडा सदस्य,२ जना महिला सदस्य र दलित वा अल्पसंख्यकमा ३ जना पुरुष सदस्य निर्वाचित भएका थिए। समग्रमा माओवादी केन्द्रले पुरुष १३ र महिला ६ गरी १९ जनप्रतिनिधि निर्वाचित भएका थिए।
यस्तै नयाँ शक्ति पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले अन्य वडा सदस्यमा २–२ पद र समग्रमा क्रमशः नयाँ शक्ति पार्टीले ३ तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले २ पदमा विजय हासिल गरेको थियो।
२१ जनप्रतिनिधि नेकपा एसमा
प्रमुख अध्यक्ष र उपाध्यक्ष सहित १० पदमा विजय हासिल गरेर एकलौटी रुपमा जिल्ला समन्वय समिति बनाएको जिल्ला समन्वय समिति उपप्रमुख र २ पालिकाका उपाध्यक्ष सहित २१ जना जनप्रतिनिधिले एमालेबाट अलग भइ नेकपा एकिकृत समाजवादी रोजेका छन्। सोहीअनुसार नेकपा एस ताप्लेजुङमा अहिले स्थानीय तहका २१ जनप्रतिनिधि छन्।