चुनावकेन्द्रित प्रशिक्षणमा एमालेः परमादेशवालासँग हाम्रो लडाइँ सुरु भयो, ओली
२९ माघ २०७८
•
४ मिनेट पाठ
चुनावकेन्द्रित प्रशिक्षणमा एमालेः परमादेशवालासँग हाम्रो लडाइँ सुरु भयो, ओली
नेकपा एमालेले अनौपचारिकरुपमा स्थानीय तहको निर्वाचन अभियान सुरु गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सातवटै प्रदेशमा चुनावकेन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम उद्घाटन गरेका छन्। अध्यक्ष ओलीले ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रम शुक्रबार केन्द्रीय कार्यालय, काठमाडौंबाट भर्चुअलरुपमा उद्घाटन गरेका हुन्।




अध्यक्ष ओलीले उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा स्थानीय तह निर्वाचन मिनी जनमतसंग्रह भएको भन्दै सबै नेता कार्यकर्तालाई त्यसतर्फ ध्यान केन्द्रित गर्न निर्देशन दिए। उनले जनता निकै सचेत भएकाले अबको निर्वाचनमा पहिलाजस्तो मतपत्र च्यात्ने तिक्डमबाजी नचल्ने बताए।  

अध्यक्ष ओलीले निर्वाचनमा परमादेशवाला र जनादेशवालाबीच वास्तविक लडाइँ हुने बताए। एमालेले वर्तमान सरकारलाई परमादेशवालाको संज्ञा दिँदै आएको छ। ओलीले पवित्र जनमतले मात्रै देश विकास हुने धारणा राखे। ‘आज हामीले जनादेशमार्गी लोकतन्त्र अपनाएका छौं तर परमादेशमार्गीहरू अहिले सरकारमा छन्। त्यसबाट जनमतको अपमान भएको छ।

अब निर्वाचनमा परमादेशवाला र जनादेशवालाबीच लडाइँ हुनेछ। जनमतका माध्यमबाट हुने लडाइँमा हाम्रो विजय हुनेछ’, उनले भने। वास्तविक लडाइँको मैदानमा आफूहरू प्रवेश गरेको भन्दै उनले यो लडाइँ स्थानीय चुनावबाट सुरु भएर संघ र प्रदेश निर्वाचनसम्म कायम रहने बताए।

ओलीले नेता कार्यकर्तालाई वर्तमान सरकारको भण्डाफोर गर्नसमेत निर्देशन दिए। उनले वर्तमान सरकारको चर्को आलोचना गर्दै सत्ता गठबन्धनले अमेरिकी सहायता परियोजना एमसिसीलाई भूराजनीतिक द्वन्द्वको विषय बनाउने कोसिस गरेको दोषारोपण गरे। ‘गठबन्धन सरकार बनेको सात महिनामा देशको महŒवपूर्ण समय बर्बाद भएको छ, व्यवस्थापिका संसद् चलेको छैन,’ ओलीले भने। भत्ता पचाउने हिसाबले मात्रै अहिले संसद् अस्तित्वमा रहेको ओलीको दाबी छ। ‘सरकार गैरजिम्मेवार ढंगले चलेको छ,’ उनले भने, ‘संसद् कोमा र भेन्टिलेटरमा छ। आफूहरूविरुद्ध अदालतमा मुद्दामामिला गर्ने सभामुख हुँदासम्म संसद् चल्न सक्दैन।’

ओलीले सरकारले देशलाई गम्भीर कूटनीतिक अप्ठेरोमा फसाउँदै लगेको आरोप लगाउँदै यसबाट मुलुक शक्ति राष्ट्रको खेल मैदान बन्ने अवस्था आएको बताए। एमसिसीबारे सत्ता गठबन्धनकै नेताहरूका विरोधाभासपूर्ण अभिव्यक्तिले विकास परियोजनालाई भूराजनीतिक द्वन्द्वको विषय बनाउने कोसिस गरेको ओलीको टिप्पणी थियो। ‘एमसिसीका बारेमा सत्तापक्षकै दुइटा नेताले गोप्य वार्ता गर्छन्। पास गर्छौं भनेर किटानी गर्दै पास गर्ने कुरा लेख्छन्। यता जनतालाई पास गर्नै हुँदैन भनेर उचाल्छन्, भ्रमित पार्छन्। एउटा नेता पक्षमा बोल्छ, अर्को विपक्षमा बोल्छ। कसका कुरा पत्याउने,’ ओलीले भने, ‘यस्तो संवेदनशील विषयमा सत्ता पक्षका नेताले गैरजिम्मेवार र दुईजिब्रे चरित्र, स्वभाव र प्रवृत्ति देखाएर देशलाई गम्भीर संकटमा पुर्‍याउँदैछन्।’

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी मुख्यालयलाई पत्र लेख्ने कुरा प्रोटोकलका हिसाबले अनुचित रहेको पनि ओलीले बताए। ‘कुनै एउटा मन्त्रालयअन्तर्गतको विषयलाई प्रधानमन्त्रीले चिठी लेख्ने कुरा अपमानजनक कुरा हो। अध्यक्षले लेख्ने? रिपब्लिकन पार्टीलाई लेखेको भए हुन्थ्यो,’ उनले भने।

उद्घाटनका क्रममा सभामुख अग्निप्रसाद सापकोटाप्रति निकै आक्रामक देखिएका ओलीले सरकारले एमसिसी संसद्मा टेबुल गरे सभामुखले रोक्न नमिल्ने बताए। ‘सरकारले संसद्लाई बिजनेस दिन्छु भन्दा सभामुखले रोक्न मिल्दैन। अनधिकृत बलमिच्याइँ गरेका छन् सभामुखले। यो गठबन्धनको पदलोलुपता हो। पहिलेका सभामुखले पनि अनधिकृत क्रियाकलाप गरेकै हो, अहिलेकाले पनि त्यही गरिरहेका छन्,’ ओलीले भने।

ओलीले एमाले फुटाएर माधव नेपालले बनाएको पार्टीसँग चुनावी तालमेल र एकता नहुने संकेत गरे। उनले एमाले एक्लै चुनाव लड्न सक्षम रहेको बताए। ‘हामी एक्लै चुनाव लड्छौं, एक्लै विजय हासिल गर्छौं। हाम्रो पार्टी फुटाउने, सरकार गिराउने, जालझेल, षड्यन्त्र र तिक्डम गर्नेहरूसँग कुनै चुनावी तालमेल र पार्टी एकता हुँदैन, भ्रम नराखे हुन्छ। उनीहरूलाई नो इन्ट्री,’ एमाले फुटाएर नेपालले बनाएको नेकपा एकीकृत समाजवादीप्रति लक्षित गर्दै ओलीले भने।

एमालेले विधान महाधिवेशन र दसौं महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा, सबल, गतिशील र अनुशासित पार्टी निर्माणः राजनीतिक, संगठनात्मक र शैलीगत विषयहरू, स्थानीय तहमा हाम्रा पाँच वर्षः उपलब्धि र अनुभवहरू, स्थानीय तह निर्वाचन तयारीः राजनीतिक, कानुनी र व्यावहारिक पक्षलाई समेटेर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दैछ।

घोषित कार्यक्रमअनुसार एमालेले फागुन १ र २ गते प्रदेश १ को विराटनगरमा निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्नेछ। त्यस्तै मधेस प्रदेशको जनकपुरमा फागुन ३ र४ गते, वाग्मती प्रदेशको काठमाडौंमा ६ र ७ गते, गण्डकी प्रदेशको पोखरामा ८ र ९ गते, लुम्बिनी प्रदेशको बुटवल र दाङमा ११ र १२ गते, कर्णाली प्रदेशको सुर्खेतमा १४ र १५ गते तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा १६ र १७ गते प्रशिक्षण तथा अभिमुखीकरण गरिनेछ।

सरकारले वैशाख ३० गते स्थानीय तह निर्वाचन हुने घोषणा गरेपछि एमालेले चुनावकेन्द्रित प्रशिक्षण तय गरेको हो।

प्रशिक्षणमा प्रदेश कमिटीका इन्चार्ज/सहइन्चार्ज, प्रदेश कमिटी पदाधिकारी, प्रदेश कमिटीका स्कुल तथा स्थानीय तह विभाग प्रमुख, प्रदेशअन्तर्गत सबै जिल्ला कमिटीका इन्चार्ज/सहइन्चार्ज, प्रदेशअन्तर्गत सबै जिल्ला कमिटीका पदाधिकारी, सबै जिल्ला कमिटीका स्कुल तथा स्थानीय तह विभागका प्रमुख, एमालेबाट जिल्ला समन्वय समितिमा निर्वाचिता प्रमुख/उपप्रमुख, एमालेबाट पालिकामा विजयी प्रमुख/उपप्रमुखहरू, पालिका पार्टी कमिटीका अध्यक्ष सहभागी हुनेछन्। जिल्लास्तरमा पनि यस्तै कार्यक्रम गरिने एमालेले जनाएको छ।
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
९ मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस