नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले जिल्लाभरका पार्टी सदस्य संगठित गर्न सहकारीको अवधारणा ल्याएको छ। पार्टीले सूर्यरत्न सहकारी स्थापना गरी पार्टी सदस्य आबद्ध गर्ने तयारी गरेको हो।
पार्टी सचिव उमेश गुरुङले पार्टी सदस्य रहेका घरबाट कम्तीमा एक सदस्य सहकारीमा आबद्ध गराउने योजनासहित सहकारी गठन हुन लागेको बताए। ‘पार्टी सदस्यबीच सहकारिताको भावना अभिवृद्धि गर्न सहकारी पनि सहयोगी हुनेछ,’ उनले भने, ‘यसले सदस्यहरूलाई आर्थिक सहकार्यमा समेत सघाउने छ।’ जिल्लाका प्रत्येक घरमा एक जना पार्टी सदस्य र सहकारी सदस्यको लक्ष्यसहित काम अघि बढेको उनले बताए।
सूर्य एमालेको चुनाव चिह्न हो भने रत्नकुमार बान्तवा सहिद हुन्। इलामको चमैता घर भएका बान्तवा तत्कालीन कम्युनिस्ट को–अर्डिनेसन कमिटी सदस्य थिए। पार्टी भूमिगत रहेका बेला २०३५ साल चैत २७ मा इभाङको जंगलमा प्रहरीले रत्नको गोली हानी हत्या गरेको थियो। सूर्य र रत्नको नामबाट सहकारीको नाम ‘सूर्यरत्न’ राखिएको हो।
सदरमुकाममा सम्पन्न पार्टी जिल्ला कमिटीको पूर्ण बैठकले विधानअनुसार ११ जनालाई जिल्ला कमिटी सदस्य मनोनीतसमेत गरेको छ। नरेश तामाङ, दीपक गौतम, भक्त श्रेष्ठ, सुकराज जबेगू, रहरकुमार राई, दीपेन्द्र बस्नेत, राजकुमार खाती, नन्दकुमार राई, सुदर्शन पौडेल, सुरेश अधिकारी र कमला तामाङलाई सदस्य मनोनीत गरिएको हो।
बैठकले २३ सदस्यीय सचिवालयसमेत गठन गरेको छ। सचिवालयमा अध्यक्ष महेश बस्नेत, उपाध्यक्ष उदयबहादुर राई, सचिव उमेश गुरुङ, उपसचिवद्वय रवीन्द्र सुवेदी र विष्णुमाया रिमाल छन्। सदस्यहरू देवेन्द्रकुमार विश्वकर्मा, बुद्धिप्रसाद खनाल, सूर्यप्रसाद पोख्रेल, श्यामकृष्ण घिमिरे, यामबहादुर राई, सावित्रा शिवा, नरेश तामाङ्ग, दामोदर भट्टराई, धिरेन चेम्जोङ्ग, दीपक थेबे, छत्र सुब्बा, सरस्वती राई, बद्री खड्का, प्रेमराज लिम्बू, हेमराज आचार्य, गंगा भुर्तेल, दीपक गौतम र दीपेन्द्रकुमार राई सचिवालय सदस्य चुनिएका छन्।
पार्टीले विभिन्न २३ विभाग गठन गरेको उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए। उनका अनुसार आर्थिक विभाग प्रमुखमा उदयबहादुर राई, उद्योग तथा वाणिज्य प्रमुखमा नरेन्द्र खड्का, उपभोक्ता हित संरक्षण तथा सुशासनमा लीलाबहादुर राई, कृषि तथा भूमिसुधारमा मुखराज आङ्देम्बे, न्याय तथा कानुनमा देवेन्द्र विश्वकर्मा, निर्वाचनमा श्यामकृष्ण घिमिरे, पर्यटन प्रवर्धनमा नरेश तामाङ र प्रचारमा रवीन्द्र सुवेदी चुनिएका छन्।
स्कुल विभागमा महेश बस्नेत, पुस्तकालय तथा अभिलेखमा गीता पराजुली, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामा दीपक गौतम, युवा तथा खेलकुदमा मिलन खत्री, वन तथा वातावरणमा गणेश राई, सहरी विकासमा सुजन नेपाल, शिक्षा तथा मानवस्रोतमा नेत्र पोख्रेल प्रमुख चयन भएका छन्। श्रम तथा रोजगारमा प्रवेश पराजुली, सहकारी तथा गरिबी निवारणमा प्रकाश पराजुली, संगठन विभाग र सामान्य प्रशासन विभागमा उमेश गुरुङ, संस्कृतिमा तिलविक्रम लिम्बू, सामाजिक सेवामा बद्री खड्का, स्थानीय विकासमा प्रदीपचन्द्र राई र स्वास्थ्य तथा जनसङ्ख्या विभागमा उमा शर्मा चयन भएको एमालेले जनाएको छ।
बैठकले पेसागत तथा जनवर्गीय २० संगठनका इन्चार्ज, सहइन्चार्ज र सचिवसमेत तोकेको छ। धनबहादुर गुरुङको अध्यक्षतामा एक सय २६ सदस्यीय जिल्ला सल्लाहकार परिषद्समेत गठन गरिएको सचिव गुरुङले बताए। ‘बैठकले आउँदो स्थानीय तह निर्वाचन तयारीमा जुट्न मातहतका कमिटीहरूलाई निर्देशनसमेत दिएको छ,’ उनले भने, ‘पार्टी अब निर्वाचनकेन्द्रित गतिविधिमा लागेको छ।’