पूर्व स्थायी समितिबाट काम चलाउँदै माओवादी
१० माघ २०७८
•
३ मिनेट पाठ
पूर्व स्थायी समितिबाट काम चलाउँदै माओवादी
नेकपा माओवादी केन्द्रको महाधिवेशनपछि पदाधिकारी चयन हुन नसक्दा पूर्व स्थायी समिति सदस्यको बैठकबाट काम चलाउन थालिएको छ। पार्टीका लागि आवश्यक निर्णय गर्नुपर्ने भएपछि पूर्व स्थायी समिति सदस्यको बैठक राखेर काम चलाउन थालिएको हो। माओवादी केन्द्रले शनिबार आयोजना गरेको एउटा बैठकमा पूर्व स्थायी समितिका सदस्यमात्रै सहभागी थिए। पार्टी विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षको व्यवस्था भए पनि पदाधिकारी चयन हुन सकेको छैन। पदाधिकारी चयन नहुँदा स्थायी समिति र पोलिटब्युरो गठन हुन सकेको छैन।




पुस ११ देखि एक साता लगाएर भएको महाधिवेशन केन्द्रीय कमिटी चयनबाहेक पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो चयन नगरी सकिएको थियो। ‘अहिले स्थायी समिति बनेको छैन। पदाधिकारीहरू चयन नहुँदासम्म पूर्व संरचनामा रहेको स्थायी समितिकै बैठकबाट निर्णय हुन थालेको छ’, एक पूर्व स्थायी समिति सदस्यले भने, ‘कसका लागि रोकिएको, किन रोकिएको भन्ने पनि जानकारी छैन।’

माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालका अनुसार अहिलेलाई पुरानै संरचनाको स्थायी कमिटीबाट काम चलाइएको छ। ‘कोरोना संक्रमणदर बढेको छ। यस्तो अवस्थामा केन्द्रीय समितिको बैठक बस्न सकेको छैन। संक्रमणदर कम भएपछि केन्द्रीय कमिटीको बैठक बस्नेछ। त्यसबाट पदाधिकारी र स्थायी कमिटी चयन हुनेछ’, उनले भने।  

महामारीका बेला केन्द्रीय कमिटीको बैठक बस्ने अवस्था नभएको र महाधिवेशनपछि धेरैजसो नेता संक्रमित भएका कारण पदाधिकारी चयन हुन नसकेको माओवादीको मूल नेतृत्वले जनाएको छ। महासचिवमा धेरै नेताले दाबी गरेपछि अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारी चयन रोकेको स्रोतको दाबी छ। पदाधिकारी चयन पार्टी अध्यक्षले नै रोकेका हुन्।  

पूर्व स्थायी सिमिति सदस्य वर्षमान पुन विदेशमै रहेका कारण रोकिएको थियो, अब चयन हुन्छ’, माओवादी निकट स्रोतले भन्यो, ‘शनिबारको बैठकमा पनि दाहालले पुन आएपछि पदाधिकारी चयन हुने संकेत गरेका छन्।’ उनले सकेसम्म भौतिक रूपमा बैठक गर्ने, नसके भर्चुअल रूपमा बैठक गरेर भए पनि पुन आएपछि पदधिकारी चयन गर्ने संकेत गरेको एक केन्द्रीय सदस्यले बताए।  

जनार्दन शर्मा र वर्षमान पुन महासचिवका बलिया दाबेदार हुन्। उनीहरू दुवैलाई महासचिव नबनाउने गरी तयारी अघि बढे पनि विकल्पबारे केही बताइएको छैन। महासचिवमा पम्फा भुसाल, शक्ति बस्नेत र देव गुरुङको पनि दाबी छ। शर्मा र पुनले दाबी गरेपछि दाहालका तर्फबाट शक्ति बस्नेतलाई अघि सारिएको चर्चा माओवादीभित्र छ। 

दाहालले भुसाल र गुरुङलाई भन्दा महासचिवको जिम्मेवारी बस्नेतलाई दिने सम्भावना रहेको स्रोतले जनाएको छ। शर्मा अर्थमन्त्री भएको र पुन बिरामी अवस्थामा रहेकाले तेस्रो व्यक्तिलाई महासचिव बनाउन दाहालमाथि दबाब रहेको एक केन्द्रीय सदस्यले बताए। बैंकक र चीनमा उपचार गरी पुन सोमबार काठमाडौं आउँदैछन्। उनी नआउँदै महाधिवेशन सम्पन्न भएको थियो। महाधिवेशन सम्पन्न भएपछिको केन्द्रीय कमिटीको बैठकले पुस १८ मा दाहाललाई अध्यक्षको जिम्मेवारी दिएको थियो। 

कोरोना संक्रमण दर कम भए यसै महिनाको अन्तिम साता वा फागुनको पहिलो साता बैठक राखेर पदाधिकारी र स्थायी कमिटी चयन हुने माओवादी केन्द्रले जनाएको छ। ‘चाँडै नै केन्द्रीय कमिटीको बैठक बस्छ, त्यसले नै पदाधिकारी चयन गर्छ’, केन्द्रीय सदस्य शिवबहादुर बस्नेतले भने। दाहालले आफू अध्यक्षमा चयन भएपछि केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २५ मा बोलाएका थिए। तर नेताहरूलाई कोभिड संक्रमण भएपछि बैठक स्थगित भएको थियो। त्यसपछि माघ ८ का लागि बोलाइएको केन्द्रीय कमिटी बैठक पनि स्थगित गरेर पूर्व स्थायी समिति सदस्यको बैठक बसेको थियो।

पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो चयन नहुँदासम्म माओवादीले पूर्व स्थायी समितिकै सदस्यलाई राखेर राजनीतिक निर्णय गर्ने भएको छ। शनिबार पनि पूर्व स्थायी कमिटी सदस्यको बैठक बसेको थियो। सो बैठकले कोरोना महामारी कम नभएसम्म जनपरिचालनका कामको जिम्मा अध्यक्षलाई दिने निर्णय गरेको थियो। बैठकमा बाँकी रहेका संगठनात्मक काम टुंग्याउने जिम्मा पनि दाहाललाई दिने निर्णय भएको कृष्णबहादुर महराले बताएका थिए। महरा यसअघि पार्टी प्रवक्ताको जिम्मेवारीमा थिए भने शनिबार पनि प्रवक्ताकै भूमिकामा देखिएका थिए।
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
२७ मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस