जनकपुर राजधानीको वीरगन्जमा विरोध
०४ माघ २०७८
•
२ मिनेट पाठ
जनकपुर राजधानीको वीरगन्जमा विरोध
मङ्गलबार जनकपुर प्रदेश राजधानी भएको वीरगन्जमा भएको प्रदर्शन। तस्बिरः नागरिक
एक दिन अगाडि मात्र प्रदेश सभामार्फत प्रदेश २ बाट ‘मधेस प्रदेश’ नामाकरण भएको प्रदेशको स्थायी राजधानी जनकपुर कायम भएको विरोधमा वीरगन्जमा प्रदर्शन भएको छ। आफ्नो पदको लागि वीरगन्जसंग मुख्यमन्त्री लालबाबु राउतले धोका गरेको भन्दै यसअघि हुँदै आएको प्रदर्शन राजधानी घोषणापछि अझ चर्केको छ। समाजिक संजालमा मुख्यमन्त्री राउत, प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनल र प्रदेश सभामुख सरोज यादवप्रति बारा पर्सामा आक्रोश देखिएको छ।  




यसैक्रममा मङ्गलबार वीरगन्जमा प्रदर्शन गरिएको छ। वीरगन्जलाई राजधानी नबनाइएको विरोधमा नेपाली काँग्रेसले यहाँ प्रदर्शन गरेको हो। काँग्रेसका कार्यकर्ताहरुले कालो झण्डासहित मोटरसाइकल जुलुस निकालेर प्रदर्शन गरे। कांग्रेस वीरगन्ज महानगरपालिका समितिको अगुवाइमा घण्टाघर चोकबाट निस्किएको जुलुसका सहभागीले कालो झण्डासहित प्रदर्शन गरे। आदर्शनगर, माइस्थान, घण्टाघर हुँदै नगरमा परिक्रमा गर्ने क्रममा मोटरसाइकल जुलुसका सहभागीले वीरगन्ज–१३ तेजारथ टोलस्थित मुख्यमन्त्री राउतको घर अगाडि समेत नाराबाजी गरेका थिए।  

मुख्यमन्त्रीको घरमा ढुँगा प्रहार

मोटरसाइकल जुलुशका सहभागीले मुख्यमन्त्री राउतको घरमा ढुँगा प्रहार गरेका थिए। प्रहरीलाई जलुस घण्टाघरबाट पावरहाउस चोकतिर जान लागेको जानकारी थियो। घण्टाघर तिरबाट आएको जुलुस पावरहाउस चोक नपुग्दै बाँया तेजारथटोलस्थित मुख्यमन्त्रीको घर भएको गल्लीमा मोडिएको थियो। मोटरसाइकलमा सवार जुलुसका सहभागीले राउतको घर अगाडि ‘वीरगन्जलार्ई मुख्यमन्त्री चाहिँदैन, हाम्रो वीरगन्जलार्ई कुर्सीसँग बेच्न पाइँदैन,’ भनी नाराबाजी गरेका थिए।  

त्यसमध्ये एक जनाले गरेको ढुँगा प्रहारबाट मुख्यमन्त्री राउतको घरको दुई वटा सिसा फुटाएका थिए। सिसिटिभी फुटेजमा ढुँगा हान्नेको पहिचान गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले प्रेस नोट जारी गर्दै जनाएको छ । प्रहरीका अनुसार मुख्यमन्त्री लालबाबु राउतको घरमाथी ढुँगा हानेको आरोपमा वीरगन्ज १ बस्ने वर्ष २६ का सुमन पटेल पक्राउ परेका छन्। पर्सा जिल्लाको ग्रामिण क्षेत्रको मुख्य केन्द्र पोखरीयाब जारमा पनि मङ्गलबार वीरगन्जलार्ई राजधानी नबनाइएको विरोधमा एमाले पोखरीया नगर कमिटीको आयोजना प्रदर्शन गरिएको छ।  

प्रदर्शनमा मुख्यमन्त्री राउतको पुत्ला दहनसमेत गरिएको छ। प्रदर्शनलगतै आयोजित कोणसभा वक्ताहरुले वीरगन्जलार्ई राजधानी नबनाएर अन्याय गरिएको बताए। उनीहरुले पर्सा, बारा र रौतहट जिल्लालार्ई बागमति प्रदेशमा मिसाउनका लागि आन्दोलन थाल्ने चेतावनी दिए। त्यसैगरी मङ्गलबार नै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पर्साका अध्यक्ष पुरुषोत्तमलाल झाले एउटा प्रेस विज्ञप्ति जारी गर्दै मधेस आन्दोलनमा वीरगन्जले गरेको योगदानको अवमूल्यन भएको भन्दै जनकपुरलार्ई राजधानी बनाउने निर्णयको भत्सर्ना गरेका छन्। राजधानी घोषणसंगै सोमबारै साँझ पनि वीरगन्जमा एउटा समूहमा रहेका आक्रोशित युवाहरुले मुख्यमन्त्री राउतको पुत्ला जलाएका थिए।
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
१ घण्टा अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस