सदरमुकाम गाईघाटमा ४ दिनदेखि जारी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) उदयपुरको आठौँ जिल्ला अधिवेशनले बल्ल नेतृत्व चयन टुंग्याएको छ। अध्यक्षका ३ आकांक्षीहरु कोही पछि हट्न नमान्दा पेचिलो बन्दै गएको नेतृत्व चयन प्रक्रिया अन्तिममा आएर सर्वसम्मतमै टुंगिएको हो।
दावेदार ३ आकांक्षीमध्ये प्रमेश घिमिरे अध्यक्षमा बाजी मार्न सफल भएका छन्। अध्यक्ष मण्डलले २ दावेदारमध्ये कालु लामालाई सचिवमा व्यवस्थापन गरेको छ भने खड्ग परियारलाई सचिवालय सदस्य राख्ने गरी थुमथुमाएको छ। उपाध्यक्षका दुई दावेदारमध्ये ज्ञानेन्द्र श्रेष्ठ छानिएका छन् भने अर्का दावेदार भरत थापा उपसचिवमा चित्त बुझाउन बाध्य भएका छन्। अर्का उपसचिवमा टेकबहादुर राउतलाई व्यवस्थापन गरिएको छ। उनी सचिवका दावेदार हुन्।
अर्का सचिवका दावेदार कुशलबाबु बस्नेत सदस्यमै थन्किएका छन्। अधिवेशन हुनुभन्दा सातादिनअघि नै समूह बनाएर अध्यक्षमा उम्मेदवारी घोषणा गरेका बस्नेतले सर्वसम्मत नेतृत्व चयनका लागि त्याग गर्ने भन्दै पछि हटेर सचिवको दावी गरेका थिए। उपसचिवका दावेदार २ महिलासहित ३ जना पनि कोही सफल हुन सकेनन्। उपसचिवमा महेश्वरी राई, सिर्जना दनुवार र खगेन्द्र पोखरेलको दावी थियो।
गत शुक्रबार गाईघाटको होटल टाउनहलको सभाकक्षमा उद्घाटन भएको अधिवेशन अध्यक्षका आकांक्षी धेरै भएका कारण बन्दशत्र सुरु हुनासाथ अध्यक्षमण्डल घोषणा भएर स्थगित भएको थियो। सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गर्ने भन्दै शनिबार विहान ११ बजेसम्मका लागि स्थगित भएको बन्दशत्रले सो दिन दिनभर प्रयास गर्दा पनि सर्वसम्मत नेतृत्व चयन गर्न सकेन। पुनः आईतबार विहानसम्मलाई स्थगित भएको बन्दशत्रले आईतबार पनि दिनभर प्रयास गर्दा कुनै आकांक्षी पछि नहटेपछि सोमबारसम्म अधिवेशन लम्बिएको हो।
सोमबार दिउँसोसम्मको प्रयासले सार्थकता नपाएपछि चुनावी प्रक्रियामा जाने कि भन्ने विषयमा अध्यक्षमण्डलमा छलफल चल्न थालेको थियो। तर, यतिका दिनको प्रयास निरर्थक भएको भन्दै अधिकतर नेता कार्यकर्ताले सर्वसम्मतमै अडान कसेपछि साँझसम्ममा २ जना अकांक्षीलाई पछि हटाउन अध्यक्षमण्डल सफल भएर नेतृत्व टुंगिएको हो।
सर्वसम्मत भएसँगै एमालेको १ सय ५ सदस्यीय जिल्ला कमिटी निर्माण भएको छ। जसमा ४ नगर र ४ गाउँपालिका सबैबाट सकेसम्म समानुपातिक र सन्तुलित प्रतिनिधित्व गराइएको अध्यक्षमण्डलले जनाएको छ। त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका नगरपालिका तथा उदयपरगढी, रौतामाई, ताप्ली र लिमचुङबुङ गाउँपालिकाबाट जिल्लामा सन्तुलित रुपमा प्रतिनिधित्व गराइएको पार्टीले जनाएको छ।
अधिवेशनले पार्टी जिल्ला इन्चार्ज तथा पोलिटव्युरो सदस्य मञ्जुकु्मारी चौधरीको अध्यक्षतामा ९ सदस्यीय अध्यक्षमण्डल बनाएको थियो। केन्द्रीय सदस्य अम्बिका थापा, पूर्व अध्यक्ष बेदप्रसाद पोखरेल, सचिवालय सदस्य दुर्गाकुमार थापालगायत सदस्य रहेको अध्यक्षमण्डलले निकै ठूलो कसरतपछि सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको अध्यक्षमण्डलकी अध्यक्ष चौधरीले बताएकी छिन्। नवगठित कमिटीका पदाधिकारी र सदस्यलाई मंगलबार विहान सपथ खुवाउने कार्यक्रम तय भएको पनि चौधरीले बताईन्।