राष्ट्रियसभा सदस्य निर्वाचन अधिकृतका रुपमा सात प्रदेशमा खटाइएका जिल्ला न्यायाधीशहरूले निर्वाचन आयोगले निर्वाचन अधिकृतको आर्थिक अधिकारमा अंकुश लगाउने गरी कार्यविधि संशोधन गरेकाप्रति असन्तुष्टि जनाउँदै थप भत्ता नलिई निर्वाचन गराउने घोषणा गरेका छन्। निर्वाचन आयोगले ऐनसँग बाझिनेगरी राष्ट्रियसभा सदस्य निर्वाचन आर्थिक कार्यविधि बनाएकाप्रति असन्तुष्टि जनाउँदै निर्वाचनमा खटिएबापत उपलब्ध गराइने कुनै पनि भत्ता, आर्थिक सुविधा नलिईकनै खटाइएको जिम्मेवारी पूरा गर्ने निर्णय न्यायाधीशहरूले गरेका हुन्।
माघ १२ मा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सात प्रदेशमा सातजना जिल्ला न्यायाधीशलाई पुस १२ मा निर्वाचन अधिकृत नियुक्त गरिएको हो। निर्वाचन आयोगले गत मंसिर २७ मा राष्ट्रियसभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि, २०७८ संशोधन गरेको थियो। निर्वाचन अधिकृतलाई दिइँदै आएको आर्थिक जिम्मेवारी निर्वाचन अधिकारीलाई दिइएको छ। कार्यविधि नै परिवर्तन गरेर निर्वाचन सुविधामा निर्वाचन अधिकृतको अधिकार कटौती गरेकाप्रति रुष्ट बनेका न्यायाधीशहरूले दिइएको अतिरिक्त भत्तालगायत आर्थिक सुविधा नलिने घोषणा गरेका हुन्। निर्वाचन अधिकृतको जिम्मेवारी दिँदै निर्वाचनमा खटाइएका न्यायाधीशहरूले खाईपाई आएको सुविधामै रहेर निर्वाचनको जिम्मेवारी पूरा गर्ने बताएका छन्।
‘आयोगले पछिल्ला समयमा गरेका कतिपय असहज, अव्यावहारिक र नियन्त्रणमुखी व्यवस्थापकीय पक्षका बाबजुद तोकिएको जिम्मेवारी’ प्रति विरोध जनाउँदै निर्वाचनमा उपलब्ध गराइने आर्थिक सुविधा नलिने र अरूलाई पनि नलिन आग्रहसमेत गरेका छन्।
निर्वाचन अधिकृत तोकिएका न्यायाधीशहरू प्रदेश १ का भरत लम्साल, प्रदेश २ का ब्रजेश प्याकुरेल, वाग्मतीका डिल्लीरत्न श्रेष्ठ, गण्डकीका श्रीकृष्ण भट्टराई, लुम्बिनीका रीतेन्द्र थापा, कर्णालीका राजेन्द्रकुमार आचार्य र सुदूरपश्चिमका जयानन्द पनेरूले निर्वाचन आयोगलाई संयुक्त पत्र पठाउँदै असन्तुष्टि जनाएका हुन्। उनीहरू आफूलाई दिइएको निर्वाचन अधिकृतको जिम्मेवारी भने उच्च मनोबलका साथ निर्वाह गर्ने प्रतिबद्धताजनाएका छन्। बजेट निर्वाचन कार्यालयको नाममा निकासा दिने, निर्वाचन अधिकृतलाई दिनुपर्ने अख्तियारी निर्वाचन अधिकारीलाई दिइएको, अधिकृतको भूमिका संशोधन गरी निष्प्रभावी बनाइएकाप्रति न्यायाधीशहरूको विमति छ। निर्वाचन अधिकृतको स्वतन्त्र भूमिकामा मातहतका निर्वाचन अधिकारी र निर्वाचन कार्यालयका कर्मचारीमार्फत हस्तक्षेप गराइएको न्यायाधीशहरूको भनाइ छ।
निर्वाचन अधिकृतलाई प्रत्यक्ष–अप्रत्यक्ष नियन्त्रण गर्ने, तेजोबध गर्ने, निष्प्रभावी बनाएर निर्वाचन अधिकृतको काम, कर्तव्य, ऐन, नियमावलीले दिएको अधिकार संकुचन गर्ने नियतले आर्थिक कार्यविधि बनाइएको न्यायाधीशहरूले आयोगलाई पठाएको पत्रमा उल्लेख छ। राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, त्यसैसम्बन्धी निर्देशिकाले पनि सेवा, करारमा रहने कर्मचारी, आयुक्तको आवासमा रहने सुरक्षाकर्मी, सचिवको निजी सुरक्षा अधिकारीलाई समेत सुविधा दिने उल्लेख छ। कार्यविधि जारी गर्दा निर्वाचन आयोग ऐन, २०७३ को दफा २८ को प्रयोजनका लागि दफा ५० ले दिएको अधिकार प्रयोग गरी बनाइएको भनी प्रस्तावनामा उल्लेख गरेको तर कार्यविधिमा ऐनको अधिकार क्षेत्र नाघेका, आपसमा नै बाझिएको पाइएको भन्दै न्यायाधीशहरूले असन्तुष्टि जनाएका हुन्।
प्रावधानहरू राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ मा उल्लिखित निर्वाचन अधिकृतको भूमिकालाई निष्प्रभावी बनाउने, संविधान, ऐन र नियमावलीद्वारा प्रदत्त निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकारलाई अंकुश लगाइएको न्यायाधीशहरूको ठहर छ। ‘निर्वाचन अधिकृतको स्वतन्त्र भूमिकामा मातहतको निर्वाचन अधिकारी र निर्वाचन कार्यालयका कर्मचारीमार्फत हस्तक्षेप गराई निर्वाचन अधिकृतलाई प्रत्यक्ष–अप्रत्यक्ष नियन्त्रण गर्ने,’ आयोगलाई दिइएको पत्रमा भनिएको छ, ‘तेजोबध गर्ने, निष्प्रभावी बनाउने एवं निर्वाचन अधिकृतको काम, कर्तव्य, ऐन, नियमावलीले दिएको अधिकार संकुचन गर्ने नियतका साथ जबर्जस्ती राष्ट्रिय सभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि, २०७८ मार्फत घुसाइएका देखिन्छन्।’ विश्वभर कोरोना महामारी र त्यसका विभिन्न घातक भेरियन्टहरूको संक्रमणको कारण सामान्य जनजीवनमा प्रतिकूल प्रभावले नेपालको अर्थतन्त्रमा पनि ठूलो प्रहार गरेको तथ्य पनि पत्रमा उल्लेख गरिएको छ।
‘लोकतन्त्रको धरोहरका रूपमा रहेको आवधिक निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक चुनौती स्वीकार गरी जिम्मेवार राष्ट्र सेवकको हैसियतले केही हदसम्म भए पनि राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउनु हामी न्यायाधीशहरूले आफ्नो कर्तव्य र दायित्व सम्झेका छौं,’ न्यायाधीशहरूले भनेका छन्, ‘निर्वाचन अधिकृतको हैसियतले राष्ट्रिय सभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि, २०७८ द्वारा प्राप्त हुने कुनै पनि प्रकारको थप भत्ता, आर्थिक सुविधा र विभिन्न शीर्षकहरूअन्तर्गतको रकम यसपटकको राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यसम्पादनको सिलसिलामा नलिई आयोगमै ससम्मान फिर्ता गर्ने निर्णय गरेको जानकारी गराउन चाहन्छौं।’ आफूहरूको निर्णयले राष्ट्रिय अर्थतन्त्रमा पर्न गएको अतिरिक्त व्ययभारबाट मुलुकलाई केही राहत हुने विश्वास व्यक्त गरेका छन्। न्यायाधीशहरूको भत्ता नलिने निर्णयले निर्वाचनको कार्यक्रम घोषणा भएदेखि नै निर्वाचनको नाममा आयोगका पदाधिकारी, आयोगमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूलाई प्राप्त हुने नियमित तलब सुविधाबाहेक अतिरिक्त निर्देशिकाबमोजिम थप आर्थिक सुविधा प्रदान गर्दा राज्यलाई व्ययभार बढेको समेत जनाएका छन्।
‘यस्तो असामान्य अवस्थामा पनि लोकतन्त्रको धरोहरका रूपमा रहेको आवधिक निर्वाचन तोकिएको समयमै सम्पन्न गर्नुपर्ने संवैधानिक चुनौती हाम्रो सामु आइपरेको छ, जसलाई हामीले सहर्ष स्वीकार गरेका छौं,’ आयोगलाई बुझाइएको पत्रमा भनिएको छ, ‘मुलुकको अर्थतन्त्रमा परेको प्रतिकूल प्रभावका बाबजुद पनि जिल्ला न्यायाधीशको संवैधानिक पदमा बहाल रहँदा हामीलाई उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरूको पारिश्रमिक, सुविधा र सेवाका अन्य सर्तसम्बन्धी ऐन, २०७४ ले तोकेको पारिश्रमिक र सुविधा प्राप्त भइरहेको छ।’ कोभिड–१९ को महामारीका कारण मुलुकले बेहोर्नुपरेको थप आर्थिक संकटको अवस्थामा न्यायाधीशले जीवन निर्वाह गर्न आवश्यक पर्ने न्यूनतम पारिश्रमिक राज्यकोषबाट प्राप्त गरिरहेकाले त्यसमै रहेर काम गर्ने बताएका छन्।