ओलीले संसद्लाई बन्धक बनाएः गगन
२४ पौष २०७८
•
२ मिनेट पाठ
ओलीले संसद्लाई बन्धक बनाएः गगन
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्लाई बन्धक बनाएको आरोप लगाएका छन्। पुनस्र्थापित संसद्लाई एमाले अध्यक्ष ओलीले योजनाबद्ध ढंगले चल्न नदिएर बन्धक बनाउन खोजेको भन्दै महामन्त्री थापाले यस्तो अरोप लगाएका हुन्।




‘संसद्लाई पंगु बनाउने कोसिस एमालेबाट गरिएको छ। संसदीय व्यवस्था कामै नलाग्ने हो भन्ने स्थापित गर्न खोजिँदैछ’, शुक्रबार गोरखामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले भने, ‘हामी सरकार चलाउने पार्टी हो, केही ठाउँमा झुक्नुपर्छ, झुक्छौं। संसद् चलाउने विषयमा विनम्र हुनुपर्छ, हुन्छौं। सांसदले संसद्मा बोल्ने हो, चोक र चौतारीमा होइन।’ उनले एमालेले थिलथिलो पारेको व्यवस्थालाई  कांग्रेसले सम्हाल्ने बेला आएको बताए। उनले भने, ‘संसद्बाट पारित गर्नुपर्ने दर्जनौं विषय छन्। अब संसद् चलाउने विषयमा छलफल, संवाद हुन्छ, सहमतिमा नआए एमालेको भण्डाफोर हुन्छ।’

महामन्त्री थापाले न्यायालयलाई अहिलेको अप्ठेरोबाट बाहिर निकाल्न कांग्रेसले कठोर निर्णय लिनुपर्ने बताए। उनले भने, ‘कि न्यायालयभित्रै संवादबाट स्थिति सामान्य हुनुपर्छ, होइन भने नेपाली कांग्रेसले कठोर र निर्मम निर्णय लिनुपर्ने हुनसक्छ।’ उनले न्यायालय प्रमुखले न्यायालयलाई सही ढंगले चलाउन नसके त्यहाँबाट हट्नुपर्ने र अदालत सही ढंगले चल्नुपर्ने बताए।

अहिले सत्ता गठबन्धमा रहेका दलहरूबीच निश्चित अवधिसम्म तालमेल हुने बताउँदै उनले निर्वाचनमा कांग्रेस एक्लैले लड्ने आधार तयार गर्न कार्यकर्तालाई निर्देशन दिए।

‘हाम्रो पार्टीलाई संग्रहालयमा पुर्‍याइदिन्छौं भनेको कुरा हामीले बिर्सिएका छैनौं’, अगामी चुनावमा तालमेलको सम्भावना नरहेको लक्षित गर्दै थापाले भने, ‘अब कांग्रेसका कार्यकर्ताले रुखबाहेक अन्यत्र छापा लगाउनुपर्ने अवस्था आउँदैन।’ हिजो के गर्‍यौं भनेर होइन, भोलि यो गर्छौं भनेर कांग्रेस आउँदो चुनावमा जनताबीचमा जाने उनले बताए। महामन्त्री थापाले टोल समिति गठन गर्दै निर्वाचन केन्द्रित गतिविधि अघि बढाउन कार्यकर्तालाई आग्रह गरे। ‘केन्द्रमा कांग्रेसलाई विधिमा हिँडाउने काम हामी गर्छौं, तल्लो तहमा तपाईंहरूले गर्नुहोस्’, उनले भने। उनले युवा विदेश जाने चक्र अब कांग्रेसले तोड्ने बताए।

थापाले अहिले चर्चामा रहेको एमसिसीबारे बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा निर्णय भएको र त्यसपछि कम्युनिस्ट नेतृत्वमा बनेका सरकारले सम्झौता गरेको बताए। ‘एमसिसी भन्यो भने कांग्रेसका लागि हो कि जस्तो भएको छ, यसअघि भएका सम्झौताका विषयमा कांग्रेस बोल्नुपर्छ, जनतालाई बुझाउनुपर्छ’, उनले भने।

प्रशिक्षण कार्यक्रममा कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपाने, केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, चीनकाजी श्रेष्ठ, अब्दुल सतार, राष्ट्रियसभाकी उम्मेदवार कमला पन्त, कांग्रेस गण्डकी प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठलगायतले धारणा राखेका थिए।
अर्को समाचार
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
३० फागुन २०७९
•
१ मिनेट पाठ
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।




बुधबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागिता पार्टीका आन्तरिक विषय, समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे छलफल हुने बताइएको छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस