सलामी व्यवस्थित गर्न कार्यविधि बनाइँदै
२३ पौष २०७८
•
३ मिनेट पाठ
सलामी व्यवस्थित गर्न कार्यविधि बनाइँदै
पछिल्लोसमय जनप्रतिनिधि तथा राज्यको उच्च ओहदामा पुग्नेलाई चढाइने सलामी विवादित बन्दै गएपछि सरकारले यसलाई व्यवस्थित गर्न कार्यविधि बनाउने भएको छ। सलामीसम्बन्धी अहिलेसम्म कार्यविधि र मापदण्ड बनेको छैन। परम्पराबाटै सलामी चल्दै आएको छ।




कार्यविधि नबनेकोले जन प्रतिनिधि तथा राज्यका उच्च ओहदामा पुगेका व्यक्तिहरूले मनलाग्दी किसिमले मनलाग्दो कार्यक्रममा सलामी लिने गरेका छन्। पिर्का, कुर्सी तथा टेबुलमा चढेर सलामी लिएको विषयमा व्यापक आलोचना हुन थालेपछि सरकारले यसलाई व्यवस्थित गर्न थालेको हो।

पछिल्लोपटक जथाभावी सलामी लिने प्रवृत्तिको चर्को आलोचना गर्दै आएकी सहरी विकासमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले आफैं गत शनिबार गृह जिल्ला गुल्मी पुगेका बेला आफै पिर्के सलामी लिइन्। त्यसपछि यो विषय थप पेचिलो बनेको हो।

उनले पिर्के सलामी लिएको विषयमा सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ। यसअघि, विभिन्न जनप्रनिधि तथा मन्त्रीहरूले यसरी नै सलामी ग्रहण गर्दा पनि सामाजिक सञ्जालमा चर्को आलोचना हुने गरेको थियो।

सलामीसम्बन्धी मापदण्ड नहुँदा यस प्रकारबाट अव्यवस्थित ढंगले सलामी ग्रहण गर्ने प्रवृत्ति बढेको जानकारहरू बताउँछन्।

‘अहिलेसम्म सलामी प्रथा र परम्पराबाट चल्दै आएको छ,’ गृह प्रशासनमा लामो अनुभव लिएका पूर्वसचिव शंकर कोइरालाले भने, ‘कसले सलामी लिने र कस्तो बेला सलामी दिने भन्ने विषयमा कानुन नहुँदा मन्त्री, प्रदेश मन्त्री तथा स्थानीय तहका पदाधिकारीहरूले मनलाग्दी सलामी लिने गरेका छन्।’

गृह मन्त्रालयका एक अधिकारीका अनुसार मुलुकमा संघीयता लागु हुनुअघि बहालवाला मन्त्री, गृहसचिव, क्षेत्रीय प्रशासक, प्रमुख जिल्ला अधिकारी, संवैधानिक अंगका प्रमुखलाई सलामी दिने गरिन्थ्यो। यो परम्परामा चलेको थियो।

मुलुक संघीयतामा गए पछि दर्जनौै प्रदेश प्रमुख, प्रदेश मुख्यमन्त्री तथा प्रदेश मन्त्रीहरू थपिए। उनीहरूले झण्डावाला गाडी प्रयोग गर्ने पाउने व्यवस्था गरियो। तर सलामी सम्बन्धमा भने मापदण्ड तयार गरिएन।

यसबाट मन्त्री तथा प्रदेशमन्त्रीहरू आफ्नो गृह जिल्ला गए भने सलामी लिने मोह देखियो। ‘यहाँसम्म कि सलामी लिने व्यक्ति र सलामी दिनेहरूको ड्रेस कोडसमेत ख्याल गरिएन। जस्तो पोशाक लगाएर पनि सलामी लिएको देखियो,’ कोइरालाले भने, ‘यसबाट सलामी लिने र सलामी दिने दुवै व्यक्तिको मर्यादामा आँच आएको देखियो।’

प्रदेश मन्त्रीहरूले जथाभावी मनलाग्दो किसिमले सलामी लिन थालेपछि यसको सिको स्थानीय तहका पदाधिकारीले गर्न थाले। यहाँसम्म कि वडा अध्यक्ष तथा वडा सदस्यहरूले समेत सलामी लिएको तस्बिर सामाजिक सञ्जालमा देखिन्छ।

गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले सलामीलाई व्यवस्थित बनाउन सरकारले कार्यविधि बनाउन लागेको बताए ।‘अहिलेसम्म सलामी परम्परा र प्रथाबाट चलेको छ’कोइरालाले भने, ‘तर अब यसलाई व्यवस्थित बनाउनका लागि कार्यविधि बनाउन आवश्यक देखिएको छ ।’ कार्यविधि बनाउन आवश्यक देखिएकोले यस काममा मन्त्रालयले आन्तरिक गृहकार्य सुरु गरेको उनले बताए। ‘झण्डा प्रयोग गर्ने पदाधिकारी र सुरक्षा निकायको नेतृत्व गर्ने व्यक्तिले औपचारिक कार्यक्रममा सलामी लिने चलन छ,’ कोइरालाले भने, ‘तर यो चलन मात्र हो।

सलामी कस कसले लिने र कसले नलिने भन्ने मापदण्ड बनीसकेको छैन ।’ मन्त्रालय स्रोतका अनुसार सरकारले बनाउन लागेको कार्यविधिमा कुन व्यक्तिले, कुन अवस्थामा र कस्तो कार्यक्रममा सलामी लिने भन्ने विषय सरकारले बनाउन लागेको मापदण्ड समेटिने भएको छ। यसैगरी सलामी लिने व्यक्तिको पोशाक तथा सलामी दिने सुरक्षाकर्मीहरूको संख्यालगायतका विषय पनि मापदण्डमा राख्न लागिएको छ।

सरकारले बनाउन लागेको कार्यविधिमा सलामी सम्बन्धमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीलाई समेत समेट्ने गरी एकीकृत कार्यविधि बनाउन लागेको गृह स्रोतले बतायो। नेपाल प्रहरीले भने आफ्नो संगठनभित्र कस, कसलाई, कुन अवस्थामा र कस्तो कार्यक्रलममा सलामी दिने भन्ने विषयमा आन्तरिक कार्यविधि बनाएको छ तर मन्त्री, जनप्रतिनिधि तथा स्थानीय तहका पदाधिकारीको हकमा भने सलामी सम्बन्धी कानुन बनेको छैन।
अर्को समाचार
हिरासत छल्न अस्पताल भर्ना हुने परिपाटी रोक्न गृहको ३ बुँदे निर्देशन
२४ वैशाख २०८१
•
१ मिनेट पाठ
हिरासत छल्न अस्पताल भर्ना हुने परिपाटी रोक्न गृहको ३ बुँदे निर्देशन
गृह मन्त्रालयले अनुसन्धान तथा अभियोजनका लागि पक्राउ परेका व्यक्ति हिरासत छल्न अस्पताल भर्ना हुने परिपाटी रोक्न ३ बुँदे निर्देशन जारी गरेको छ।




सोमबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ३ बुँदे निर्देशन जारी गर्दै दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न निर्देशन गरेका हुन्।

अस्पताल लैजानुपर्ने विकल्पको रूपमा हिरासतमा नै सरकारी अस्पताल वा मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकले परीक्षण गरेर अस्पताल राख्नु पर्ने वा नपर्नेबारे निर्णय लिन निर्देशन दिइएको छ।

त्यस्तै अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टाभन्दा धेरै राख्नुपरेमा कारण खुलाउन भनिएको छ।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
यो पनि पढौँ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस