कोहीको १५ दिनमै सरुवा कसैलाई ९ वर्षसम्म एउटै कार्यालय
१८ पौष २०७८
•
४ मिनेट पाठ
कोहीको १५ दिनमै सरुवा कसैलाई ९ वर्षसम्म एउटै कार्यालय
संघीय मामिला तथा प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रालयमा आउनबित्तिकै अब कर्मचारीको सरुवा चक्रीय प्रणालीबाट गरिने प्रतिबद्धता जनाए। कानुनमन्त्री दिलेन्द्र बडुले पनि गत बिहीबार एक सार्वजनिक कार्यक्रममा पनि यही प्रतिबद्धता दोहर्‍याए। तर मन्त्रीहरूले पटकपटक भन्ने गरेको चक्रीय प्रणाली कर्मचारी सरुवाको विषयमा कहिले लागु भएन।  




निजामती क्षेत्रमा सबैभन्दा बढी अनियमितता कर्मचारी सरुवामा हुने गर्छ। ट्रेड युनियन, कर्मचारी संघ, संगठनमा आबद्ध कर्मचारी नेता तथा पहुँच भएका व्यक्तिको सरुवा उसले चाहेको ठाउँमा हुने गर्छ। उसले नचाहेसम्म सरुवा हुँदैन तर पहुँच नहुनेहरूको सरुवा चाँडोचाँडो हुनेगर्छ। यस्तो अनियमितता सबै सरकारी निकायमा हुने गरेको छ।  

प्रशासन समूहका सहसचिव ध्रुव गैंडा झण्डै २ महिनाको अवधिमा प्रदेश २ बाट गण्डकी प्रदेशको युवा मन्त्रालय, युवा मन्त्रालयबाट गण्डकी प्रदेशकै मुख्यमन्त्रीको कार्यालय र गत पुस ७ मा गण्डकी प्रदेशबाट बागमती प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा सरुवा भएका छन्।  

लमजुङमा प्रमुख जिल्ला अधिकारी भएको भएको ५ महिनामै होमप्रसाद लुइँटेल मुस्लिम आयोगमा सरुवा भए। त्यसको एक महिनामै पर्यटन मन्त्रालयमा तानिए। एक वर्षको अवधिमा सर्लाहीमा ७ पटक प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। सप्तरीमा चारपटक फेरिएका छन। सर्लाही र सप्तरीमा कर्मचारी सकेसम्म जान नचाहने प्रवृत्तिले प्रदेश २ का जिल्लामा चाँडोचाँडो कर्मचारी सरुवा गर्नुपरेको गृह मन्त्रालय स्रोतले बतायो। सर्लाहीका तत्कालिन प्रजिअ बाबुराम खतिवडा बिदामा काठमाडौं आएको बेला उनी काठमाडाैंमै बस्न मन गरे। गृहले उनको ठाउँमा थानेश्वर गौतमलाई पठायो। खतिवडाले चाहेकै पूरा भयो। उनलाई सर्लाही जानु परेन।

प्रशासन समूहका सहसचिव विश्वबाबु पुडासैनी भने ९ वर्षपछि मात्र गत पुस ७ गते उद्योग मन्त्रालय मातहतको गुणस्तर तथा नापतौल विभागबाट बागमती प्रदेशको उद्योग मन्त्रालयमा सरुवा भए। बढुवा हुनकोलागि प्रदेशमा जानकोलागि कानुनी बाध्यताको कारण आफैले चाहेर उनी बागमतीमा पुगेका छन्।

सहरी विकासमन्त्री मन्त्रालयमा पनि यस्तै अवस्था छ। रामकुमारी झाँक्री सहरी विकास मन्त्रालयमा आएको केही दिनमै उनले गत कात्तिक २८ मा एकैपटक १८ जना उच्च कर्मचारीको सरुवा गरिन्। त्यसपछि पनि मन्त्रालय मातहतका उच्च कर्मचारीको सरुवा गर्ने क्रम जारी छ। कात्तिक २६ पछि सिनियर डिभिजन इञ्जिनियर शचिन्द्र देव सघन सहरी तथा भवन निर्माण आयोजना केन्द्र दाङबाट सप्तरी आयोजना केन्द्र र हाल सप्तरी आयोजना केन्द्रबाट भवन विभागम काठमाडौंमा सरुवा भएका छन्।

यसैगरी अर्का सिनियर डिभिजन इञ्जिनियर एकराज अधिकारी काठमाडौ उपत्यका विकास विकास प्राधिकरण ललितपुरबाट भवन विभागमा सरुवा भए। त्यसपछि असोजमा उनी संघीय आयोजना कार्यान्वयन एकाइ धनुषामा सरुवा भए। केही दिनअघि मात्र उनी धनुषाबाट भवन विभाग काठमाडौंमा तानिएका छन्। यसैगरी, मन्त्रालयका सहसचिव नवराज प्याकुरेल भवन विभागबाट शहरी विकास मन्त्रालय, मन्त्रालयबाट अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिमा सरुवा भएका छन्। एकीकृत बागमती सभ्यता विकास समिति एसियन विकास बैंकको सहयोगमा सञ्चालित परियोजना हो। परियोजना प्रमुख चाँडोचाँडो सरुवा गर्दा यसबाट दातामा राम्रो सन्देश नजाने जानकारहरू बताउँछन्। प्याकुरेल जानुअघि दिलीप भण्डारीलाई आयोजना प्रमुखको जिम्मेवारी दिइएको थियो। भण्डारीभन्दा पहिले कात्तिक २८ अघि रवीन्द्र बोहरालाई उक्त जिम्मेवारी दिइएको थियो। कात्तिक २८ बाट अहिलेसम्म ३ जना आयोजना प्रमुख फेरिए।  

यसैगरी कात्तिक २८ मा सिनिएर डिभिजन इञ्जिनियर रोशन श्रेष्ठ नयाँ सहर आयोजना केन्द्रबाट संघीय आयोजना कार्यान्वयन एकाइ मोरङमा सरुवा भए। अहिले उनी मोरङबाट सहरी विकास मन्त्रालयमा सरुवा भएका छन्। मन्त्रालयका प्रवक्ता विष्णु शर्माले आवश्यकता अनुसार केही कर्मचारीको सरुवा गरिएको बताउदै भने, ‘यो नियमित र स्वभाविक प्रक्रिया हो।’

मन्त्रालय स्रोतका अनुसार हाल डोटी, सप्तरी, ओखलढुंगालगायत सहरी विकास मन्त्रालय मातहतका ८ वटा कार्यालयमा सिनियर डिभिजन इञ्जिनियरको दरबन्दीमा डिभिजन इञ्जिनियरलाई कायममुकायम जिम्मेवारी दिइएको छ। सहरी विकास मातहतमा हाल नेपालगञ्ज, मोरङ, जनकपुर, काठमाडाैं, पोखरा र कैलालीमा संघीय आयोजना कार्यान्वयन एकाइ र अन्य १२ ठाउँमा सघन सहरी तथा भवन निर्माण आयोजना कार्यक्रम सञ्चालित छन्।

कर्मचारीहरूको सरुवाको जिम्मेवारी बोकेको सामान्य प्रशासन मन्त्रालयमा झनै भद्रगोल छ। मन्त्रालयले अनलाइनबाट सरुवाको निवेदन लिने गरे पनि कर्मचारीको सरुवामा ठूलो मात्रामा अनियमितता हुने गरेको छ। स्वयं मन्त्रालयका सहसचिव नारायण अर्यालले कर्मचारीको सरुवा व्यवस्थित र वैज्ञानिक गर्ने मन्त्रालयको उद्देश्य भए पनि सोअनुरूप पूर्णरूपमा काम नभएको स्वीकार गर्छन्।
अर्को समाचार
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
१६ मिनेट अघि
•
१ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनाल र युवा नेता सन्तोष परियारबीच वैज्ञानिक समाजवादलाई देशको वर्तमान राजनीतिक संकटको निकास तथा समृद्धिको आधारका रूपमा अघि बढाउनुपर्ने विषयमा छलफल भएको छ।
डल्लुस्थित खनाल निवासमा शनिबार भएको भेटवार्तामा दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
छलफलका क्रममा अबको बाटो वैज्ञानिक समाजवाद हुनुपर्नेमा जोड दिँदै वैज्ञानिक समाजवादले मात्रै जनताको अधिकार, सुशासन, सामाजिक न्याय, आर्थिक समानता र आधारभूत आवश्यकता परिपूर्तिको सुनिश्चितता गर्न सक्ने धारणा व्यक्त गरिएको थियो। 
भेटमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने आधार र भावी राजनीतिक कार्यदिशाबारे समेत दुवै नेताबीच विचार आदानप्रदान भएको पूर्वप्रधानमन्त्री खनालको सचिवालयले जनाएको छ। 


युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस