प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) उदयपुरले आसन्न जिल्ला अविधेशनमा खर्च जुटाउन संगठित सदस्यदेखि अधिवेशन प्रतिनिधि हुँदै पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई लेबी तोकेको छ। जस अनुसार जनप्रतिनिधिले पाउँदै आएको एक महिनाको मासिक पारिश्रमिक बुझाउनुपर्ने छ भने अधिवेशन प्रतिनिधिले जनही १ हजार र संगठित सदस्यले २० रुपैंँया बुझाए पुग्नेछ।
त्यसका लािग पार्टीले ‘२० रुपैँया संकलन अभियान’ थालेको छ। पार्टीको आसन्न आउँदो २२ देखि २५ गतेसम्म गाईघाटमा सम्पन्न हुन गईरहेको पार्टीको ‘आठौँ जिल्ला अधिवेशनमा खर्च जुटाउन लेबी तोक्ने निर्णय पार्टीले गरेको हो। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष इश्वरमणि राउतले यसबारे जानकारी गराए। उनका अनुसार संगठित सदस्य, अधिवेशन प्रतिनिधि र स्थानीय जनप्रतिनिधिलाई दायित्व तोकेर लेबी संकलन गरिनेछ। यसले अधिवशेन खर्च व्यवस्थापन गर्न सहयोग पुग्ने उनले बताए।
पार्टी अधिवेशन, सभा, सम्मेलनलगायत बिबिध गतिबिधि गर्दा खर्च आवश्यक पर्ने र त्यसका लागि स्रोत जुटाउन सँधै चन्दा असुल्नु पर्ने परिपाटीको अन्त्य गर्न यो अभियान थालिएको अध्यक्षा राउतले बताए। अवदेखि त्यस्तो खर्च व्यवस्थापन गर्न प्रत्येक संगठित सदस्यबाट अनिवार्य २० रुपैँया जम्मा गर्ने नीति पार्टीले अख्तियार गरेको उनले बताए।
‘अधिवेशन वा सभासम्मेलन भन्नासाथ खर्च जोडिएर आउँछ, त्यसका लागि कुनै न कुनै माधयमबाट स्रोत जुटाउनुपर्ने हुन्छ’ राउतले भने ‘अनि कार्यालय, व्ययिक्त वा अन्य दाताको मुख ताक्नुपर्ने हुन्छ। त्यसो गर्दा पार्टीप्रति नकारात्मक भाव पैदा हुन्छ। त्यसैले यसपटक खर्च जु्टाउने फरक शैली अपनाइएको हो।’ जनही २० रुपैँया उठाउँदा सदस्यलाई आर्थिक भार नपर्ने र पार्टीप्रति अपनत्व महशुस पनि हुने उपाय निकालिएको हो।
पार्टीका अनुसार उदयपुरमा ८ हजार ४ सय ४५ संगठित सदस्य छन्। जसले गर्दा प्रतिव्यक्ति संगठित सदस्यबाट २० रुपैँयाका दरले मात्र १ लाख ६८ हजार ९ सय रुपैँया संकलन हुनेछ। त्यसैगरी जिल्लाका ८ वटै स्थानीइतहबाट अधिवेशनका लागि सहभागी हुन आउने प्रतिनिधिको संखया ७ सय हुनेछ। उनीहरुलाई प्रतिव्यक्ति १ हजार रुपैँया दायित्व तोकिएको छ। यसबाट पनि ७ लाख संकलन हुने अध्यक्ष राउतले बताए।
त्यसबाहेक एमालेबाट निर्वाचित स्थानीयततहका जनप्रतिनिधिलाई अधिवेशनमा एक महिनाको सेवासुबिधा वापतको लेबी उपलब्ध गराउन जिल्ला कमिटीले निर्णय गरेको छ। एमालेबाट जिल्लामा एक समानुपातिकसहित ३ जना प्रदेश सांसद, जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुख, २ जना नगरप्रमुख, २ उपप्रमुख, गाउँपालिका अध्यक्ष २ जना र उपाध्यक्ष ३ जना छन्। जिल्ला समन्वय समिति सदस्य ७ जना एमालेबाटै निर्वाचित छन् भने ७५ वडामा २६ वडाध्यक्षसहित १ सय ६९ जना जनप्रतिनिधि एमालेकै छन्। उनीहरु सबैसँग एक महिनाको सेवासुविधावापतको रकम पार्टीलाई बुझाउन जिल्ला कमिटीले माग गरेको छ।
पार्टीका अनुुसार सदरमुकाममा ३ दिनसम्म चल्ने अधिवेशनमा ८ देखि १० लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ। संगठित सस्यलाई २० रुपैँयादेखि जनप्रतिनिधिलाई १ महिनाको सेवासविचवापत लेवी अनिवार्य गरे एमालेलाई अधिवेशन गर्न धेरै सहज हुने पार्टीको आँकलन छ। यो निर्णय कार्यान्वयन भएमा कही कतै कसैसँग चन्दा माग्नुपर्ने अवस्था नआउने राउतले बताए।
पत्रकार सम्मेलनमा अधिवेशनको लोगो पनि सार्वजनिक गरियो। लोगोमा पार्टीको चुनावचिन्ह, मजदुर किसानको संकेत चिन्ह हसिया हथौडा र जिल्लाको भौगोलिक अवस्था, प्राकृतिक सम्पदा र ऐतिहासिक धरोहर समेटिएको छ। पृष्ठभूमिमा ऐतिहासिक, धार्मिक र पर्यटकीयस्थल रौतापोखरी, उदयपुर सिमेन्ट उद्योग लिमिटेड, सबभन्दा अग्लो ठाउँ चित्रेथाम, आदिवासी जनजाति, त्रियुगा नदी, कटारी भूगोल पार्क, चौदण्डीगढी दरवार, सप्तकोसी जेटबोट र राधाकृष्ण मन्दिर समेटिएको लोगोमा सूर्य र हसिया हथौडा अंकित छ।