नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले आगामी निर्वाचनमा जनताले नेपाली कांग्रेसलाई नै पहिलो पार्टी बनाउने दाबी गरेका छन्। कांग्रेस बाँकेले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको पालना गर्नका लागि भएपनि जनताले कांग्रेसलाई बहुमत दिनुपर्ने बताए।
‘अबको चुनावमा हामीलाई बहुमत दिनुस्, हामी संविधानको पालना गर्छौ,’ केन्द्रीय सदस्य बाल्मिकीले भने। पार्टीभित्र इमान्दारीपूर्वक काम गरेपछि नेता, कार्यकर्ताले अवसर पाउने उनले बताए। नेपाली कांग्रेसको संगठन बलियो बनाउनका लागि गाउँपालिका र नगरपालिकादेखि जिल्लासम्म प्रशिक्षण कार्यक्रम चलाउने बाल्मिकीले जोड दिए। निर्वाचनमा गुट बनेपनि अब त्यो नरहने बताए।
निर्वाचित भएपछि उनी पहिलो पटक नेपालगन्ज आइपुगेका हुन्। संविधान सभा सदस्य समेत रहेका नेपालगन्ज निवासी केन्द्रीय सदस्य बाल्मिकीलाई विमानस्थलदेखि पार्टी कार्यालयसम्म कार्यकर्ताले स्वागत गरेका थिए। पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेस बाँकेका सभापति किरण कोइराला लगायत नेता, कार्यकर्ताले टिका र खादा ओढाएर स्वागत तथा बधाई दिएका थिए।