ओलीको पूर्वमाओवादी मोहले खटपट
०१ पौष २०७८
•
३ मिनेट पाठ
ओलीको पूर्वमाओवादी मोहले खटपट
एमाले केन्द्रीय सदस्यमा मनोनीत गरिएका नेताहरूलाई बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा पद तथा गोपनीयताको शपथ गराउँदै अध्यक्ष केपी शर्मा ओली। तस्बिर दिपेश श्रेष्ठ/नागरिक
एमालेभित्र १०औं महाधिवेशनपछि पूर्वमाओवादीलाई महत्व दिइएको छ। पार्टी नेतृत्वले सुरुदेखि नै एमाले भई काम गर्दै आएकालाई भन्दा माओवादी छाडेर आएका नेताहरूलाई महत्वका साथ जिम्मेवारी दिएको छ।




वरीयताक्रम,कार्यविभाजन र केन्द्रीय सदस्य मनोनयनमा पूर्वमाओवादीलाई महत्व र जिम्मेवारी दिन कुनै कन्जुस्याइँ गरिएको छैन। एमाले छाडेर माओवादीमा गएका र फेरि एमालेमै आएका नेताहरूलाई पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले महत्व दिएका छन्।

अध्यक्ष ओलीले नवौं महाधिवेशनमा आफूलाई असहयोग गर्ने र दसाैँ महाधिवेशनमा बखेडा निकाल्ने नेतालाई भन्दा चुपचाप बस्ने पूर्वमाओवादी नेतालाई पार्टी जिम्मेवारीमा उपल्लो स्थानमा राखेका छन्।

ओलीले पार्टी उपाध्यक्षहरू विष्णु पौडेल,सुवास नेम्वाङ,सुरेन्द्र पाण्डेभन्दा माओवादीबाट आएका रामबहादुर थापालाई वरीयतामा माथि राखेका छन्। थापाले ओली प्रधानमन्त्री हुँदा उनको सरकारमा बसेर सहयोग गरेका थिए।

२०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी एकताबाट बनेको नेकपालाई भंग गरिदिएपछि एमालेमै बसेका थापालाई ओलीले सुरुमा वाग्मती प्रदेशको इन्चार्ज दिएका थिए। अहिले उनलाई एमालेका खारिएका नेतालाई भन्दा माथि राखेर जिम्मेवारी दिइएको छ। योगेश भट्टराई, गोकर्ण बिष्ट नवौं महाधिवेशनमै सचिव भएका थिए।

अहिले वरीयतामा उनीहरूभन्दा माथि लेखराज भट्ट र टोपबहादुर रायमाझीलाई राखिएको छ। त्यतिमात्र होइन, छविलाल विश्वकर्मा वर्षौंदेखि एमाले संगठन निर्माणमा लागे पनि उनलाई अध्यक्ष ओलीले वरीयतामा पूर्वमाओवादीलाई भन्दा पछाडि राखेका छन्। भट्टलाई ओलीले सुदूरपश्चिम इन्चार्ज बनाएका छन्।

ओलीले पूर्वमाओवादीलाई महत्व दिएपछि एमाले पंक्तिमा असन्तुष्टि बढेको छ। ‘ओलीले भुइँको टिप्न खोज्दा खल्तीमा भएको सामानको बेवास्ता गरिरहेका छन्। यो उनको पुरानो रोग अहिले दोहोरिएको छ’, एमाले स्थायी कमिटीका एक सदस्यले भने, ‘आउने निर्वाचनमा पूर्वमाओवादीहरूको भोट लिन सहज हुने ठानेर ओलीले त्यसो गरेको हो भने त्यो झन् प्रत्युत्पादक हुनेछ।’

एमाले नवौं महाधिवेशनमा माधव नेपालसँग जोडिएका र फरक विचार राख्दै आएका नेताहरूलाई अध्यक्ष ओलीले पूर्वाग्रह राखेर कार्यविभाजन गरेका छन्। ओखलढुंगाका एमाले नेता छवि कार्कीको हत्या आरोप लागेका पूर्वमाओवादी बालकृष्ण ढुंगेललाई पोलिटब्युरो सदस्य बनाएपछि कार्यकर्ताले असन्तुष्टि जनाए पनि ओलीले बेवास्ता गरेका छन्।

दुई कार्यकाल केन्द्रीय सदस्य भएका यज्ञराज सुनुवार र किशोर अधिकारीलाई पोलिटब्युरो सदस्य नबनाई एमालेकै कार्यकर्ता हत्या आरोप लागेका पूर्वमाओवादी ढुंगेललाई पोलिटब्युरो सदस्य बनाउने ओलीको निर्णयप्रति कार्यकर्ता पंक्तिमा असन्तुष्टि बढेको छ। ओलीले एमालेमा उनको भन्दा फरक धारणा राख्नेलाई एक्लाउन थालेका छन्।

उनीहरूप्रति ओली पूर्वाग्रही बनेका छन्। ओलीले पार्टी अध्यक्षका हैसियतले आफूले कसैलाई काखा र पाखा नगर्ने भने पनि कार्यविभाजन,वरीयताक्रम र मनोनयनमा पूर्वमाओवादीलाई प्राथमिकतामा राखेका छन्। ओलीले पार्टी केन्द्रमा मात्र होइन,जनवर्गीय संगठन,जिल्ला, प्रदेश कमिटीमा समेत यही नीति लागु गर्ने तयारी गरिरहेको एमाले नेताहरू बताउँछन्।

सबै ठाउँमा सर्वसम्मत नेतृत्व चयन गर्ने, प्रतिस्पर्धा नगराउने नीतिमा रहेका ओलीले पार्टीभित्र फरक धारणा राख्ने नेताहरूलाई कार्यसमितिमा ल्याए पनि जिम्मेवारी नदिईकन राख्ने संकेत गरेको नेताहरूले जनाएका छन्। ‘एमालेमा अहिलेको जिम्मेवारी बाँडफाँट हेर्दा चुपचाप सहनेबाहेक विकल्प छैन’,एक नेताले भने। केन्द्रीय कमिटीमै पनि पूर्वमाओवादी ४० जना छन्। ‘अहिले पार्टीमा पूर्वमाओवादीलाई चाहिनेभन्दा बढी महत्व दिइएको छ। बरु माओवादी कार्यकर्तालाई एमालेमा प्रवेश गराएको भए संगठन सुदृढ हुन्थ्यो’, स्थायी कमिटीका ती सदस्यले भने।
अर्को समाचार
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
९ मिनेट अघि
•
१ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनाल र युवा नेता सन्तोष परियारबीच वैज्ञानिक समाजवादलाई देशको वर्तमान राजनीतिक संकटको निकास तथा समृद्धिको आधारका रूपमा अघि बढाउनुपर्ने विषयमा छलफल भएको छ।
डल्लुस्थित खनाल निवासमा शनिबार भएको भेटवार्तामा दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
छलफलका क्रममा अबको बाटो वैज्ञानिक समाजवाद हुनुपर्नेमा जोड दिँदै वैज्ञानिक समाजवादले मात्रै जनताको अधिकार, सुशासन, सामाजिक न्याय, आर्थिक समानता र आधारभूत आवश्यकता परिपूर्तिको सुनिश्चितता गर्न सक्ने धारणा व्यक्त गरिएको थियो। 
भेटमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने आधार र भावी राजनीतिक कार्यदिशाबारे समेत दुवै नेताबीच विचार आदानप्रदान भएको पूर्वप्रधानमन्त्री खनालको सचिवालयले जनाएको छ। 


युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस