भर्खरै सम्पन्न नेकपा (माओवादी केन्द्र)१ नं.प्रदेश कमिटीमा उदयपुरका २१ नेता सदस्य छानिएका छन्। सुनसरीको बिराटचोकमा आईतबार उद्घाटन भई सोमबार सम्पन्न ‘ऐतिहासिक प्रथम प्रदेश अधिवेशन’को बन्दशत्रले सर्वसम्मत चयन गरेको २ सय ५९ सदस्यीय कमिटीमा यसअघिका प्रदेश अध्यक्ष सुरेशकुमार राई (हिमाल)सहित २१ सदस्य उदयपुरबाट परेका हुन्।
राई उदयपुर प्रतिनिधिसभा क्षेत्र नं. २ का प्रत्येक्ष निर्वाचित सांसदसमेत हुन्। उनीसँगै प्रदेश २ (क)का सांसद नारायण बुर्जामगर, संविधानसभा सदस्यत्रय मोहन खत्री (दिपक), मणि खम्बु (रिवासी) र भेषकुमारी राउत (कोपिला) सदस्य छानिएका छन्। राजन किराती (बासु), भीम अधिकारी (अनिल), बिनोद कटुवाल (दिवस), सम्झना पाख्रीन (योद्धा) काजीमान तामाङ (जिज्ञासा) र द्रोण पौडेल (निरज) पनि सदस्यमा परेका छन्।
त्यसैग्री दिलकुमारी मगर (चेतना), भगवति खनाल (निशा), अमृता राई, केपी बराल, निर्मला मगर, ढुंगराज बिक, झनक बिक, एबिराज राई, बिमल किराती र रमण भट्टराई प्रदेश कमिटी सदस्यमा परेको पार्टीका जिल्ला सहइन्चार्ज राजन किराती (बासु)ले बताए।
रिवासी, योद्धा र चे्तना महिला कोटाबाट, विकद्वय दलितबाट तथा कटुवाल र एबीराज युवा र भट्टराई र किराती भूगोलतर्फ सदस्य समेटिएका हुन् भने बाँकी सदस्य खुल्लाबाट परेको पार्टीले जनाएको छ। भौगोलिक प्रतिनिधत्वको हिसावले ८ स्थानीय तहमध्ये ताप्ली, लिमचुङबुङ र रौतामाईबाट १÷१ जना छन् भने कटारी, चौदण्डीगढी, बेलका र उदयपुरगढी हुँदै सबभन्दा धेरै सदस्य त्रियुगा नगरपालिकाबाट समेटिएका छन्।
कमिटीलाई प्रदेश इन्चार्ज सुरेन्द्र कार्की (पार्थ)ले सोमबारै सपथग्रहण गरासकेका छन्। तर, बन्दशत्रले कमिटी सर्वसम्मत गठन गरे पनि पदाधिकारी चयन गर्न भने बाँकी छ। अध्यक्षका आकांक्षी ४ जना देखिएकाले पदाधिकारी चयनमा केही ढिलाई हुने देखिएको पार्टीले जनाएको छ।
यसअघिका अध्यक्ष सुरेशकुमार राई, सचिव हेमराज भण्डारी, सुदन किराती र इन्द्र आङ्वो (मौसम) अध्यक्षका आकांक्षी रहेको पार्टी स्रोतले जनाएको छ। पदाधिकारी चयनमा पनि कमिटी गठनजस्तै सर्वसम्मत बनाउने प्रयास भईरहेको जनाइएको छ।