नीतिबिना नेतृत्व छान्दै कांग्रेस महाधिवेशन
२२ मंसिर २०७८
•
७ मिनेट पाठ
नीतिबिना नेतृत्व छान्दै कांग्रेस महाधिवेशन
संविधानसभाबाट जारी भएको नयाँ संविधानले संघीयता,धर्मनिरपेक्षतासहितका विषयलाई स्थापित गरेको छ। तर त्यसको पूर्ण कार्यान्वयन नहुँदै संघीयता र धर्मनिरपेक्षताका विषयमा प्रश्न उठेका छन्, त्यो पनि संविधान निर्माता दल र तिनकै नेताहरूबाट।




संविधानका मूल विषयमा प्रश्न उठिरहेका बेला हुन लागेको नेपाली कांग्रेसको १४औं महाधिवेशनले कस्तो नीति लेला? कांग्रेसका नेता कार्यकर्तालाई मात्र होइन,आम जनताले पनि निकै चासोका साथ हेरेका छन्। तर कांग्रेसले मुलुकमा उठेका विद्यमान विषयमा मात्र होइन, आफ्नै पार्टीलाई कसरी अघि बढाउने भन्ने कार्यक्रमसमेत महाधिवेशनबाट तय नगर्ने भएको छ।

नीतिपछि नेता छान्नुको साटो पहिला नेता छानेर पछि नीतिगत महाधिवेशन गर्ने निर्णय गर्दै कांग्रेसले १४औं महाधिवेशनलाई नेता छान्ने कर्मकाण्डमा मात्र सीमित गर्ने भएको छ।

महाधिवेशनले पार्टीलाई कसरी अघि बढाउने, जनता माझ कसरी लिएर जाने भन्ने नीति र कार्यक्रमसमेत तय गर्नुपर्ने हो। तर नेताले नेतृत्वमा मात्रै ध्यान केन्द्रित गर्दा१४औं महाधिवेशन महोत्सव होइन, औपचारिकतामा सीमित हुने भएको छ।

चार वर्षमा गर्नुपर्ने महाधिवेशन साढे पाँच वर्षमा पनि गर्न नसकेको कांग्रेसले विधि, विधान र परम्पराविपरीत नीति महाधिवेशन गर्ने दाबी गरेको छ। मंसिर २४ गते सुरु हुने महाधिवेशनबाट नेतृत्वमात्र चयन गर्ने बताउँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा नयाँ नेतृत्वले नीति महाधिवेशन बोलाएर पार्टीको नीति तथा कार्यक्रमका विषयमा छलफल गर्ने दाबी गर्छन्। ‘अहिलेको महाधिवेशनबाट नेता छान्छौं,’शर्मा भन्छन्,‘नीति तथा कार्यक्रमका लागि छुट्टै नीति महाधिवेशन गर्छौं।’

हरेक वर्ष महासमिति बैठक गर्नुपर्ने कांग्रेसको विधानमा लेखिएको छ। पछिल्लो साढे पाँच वर्षमा(१३औं महाधिवेशनपछि) जम्मा एकपटक महासमिति बैठक बोलाएको कांग्रेसमा नीति महाधिवेशनको व्यवस्था विधानमै छैन।

तर कांग्रेसले आगामी महाधिवेशनबाट विधान संशोधन पनि गर्दैन। अहिले विधि,विधान र नीतिका विषयमा छलफल नहुने बताउँदै कांग्रेस प्रवक्ता शर्माले विधान संशोधनको प्रस्ताव महाधिवेशनमा नजाने जानकारी दिए। मंसिर २४ गते महाधिवेशनको उद्घाटनपछि २५ गतेबाट पार्टीको नयाँ नेतृत्व चयनअन्तर्गत निर्वाचन प्रक्रिया सुरु हुने जानकारी शर्माले दिए।

केन्द्रीय समितिको यसअघिको म्यान्डेटअनुसार नयाँ आउने केन्द्रीय समितिले नीति महाधिवेशन बोलाउन सक्ने शर्माको तर्क छ। केन्द्रीय समितिले संशोधन गरेको विधानलाई महासमिति वा महाधिवेशनबाट अनुमोदन गराउनुपर्छ।

महाधिवेशनबाट विधान संशोधन नहुँदा नयाँ आउने नेतृत्व र कार्यसमितिले नीति महाधिवेशनको प्रस्ताव अघि बढाउनैपर्ने बाध्यता रहने छैन।

पार्टी विधानमा नीति र नेता छान्ने दुई अलग महाधिवेशन भनेर व्यवस्था नगरिएको बताउँदै केन्द्रीय सदस्य बद्री पाण्डे पार्टीको नीतिमा स्पष्टता ल्याउन वडा सम्मेलनदेखि केन्द्रमा महासमिति बैठकसम्मको व्यवस्था गरिएको बताए। महासमिति बैठकलाई नीति महाधिवेशनका रूपमा लिन पनि सकिने भन्दै उनी त्यसमा नै पार्टीको नीति तथा कार्यक्रम र विधानका विषयमा छलफल हुने बताउँछन्।

‘महाधिवेशनबाट नै हामीले निश्चित नीति, कार्यक्रम र विचारसहित जनतामा जानुपर्ने थियो,’पाण्डे भन्छन्।  कांग्रेस स्थापनाका७५ वर्षमा भएका १३ महाधिवेशनका साथै महासमिति बैठकले पार्टीलाई मात्र होइन, मुलुकलाई दिशानिर्देश गर्दै आएका थिए।

राणादेखि राजतन्त्र अन्त्यका विषयमा अन्य राजनीतिक दलले कांग्रेस महाधिवेशन र महासमिति बैठकका निर्णय कुर्ने गरेका थिए। राणा शासनविरुद्ध हतियार उठाउने निर्णय होस् वा संविधानसभा निर्वाचन गराउने राजा त्रिभुवनको प्रतिबद्धता कार्यान्वयन गर्न गरिएका शान्तिपूर्ण संघर्ष र सत्याग्रहका कार्यक्रम,अधिवेशन र सम्मेलनहरूबाटैै कांग्रेसले निर्णय लिएको थियो।

पञ्चायतविरुद्धको हिंसात्मक आन्दोलनदेखि जनमत संग्रहमा सहभागी हुनेमात्र होइन, प्रजातन्त्र पुनस्र्थापनाका लागि आन्दोलनको अगुवाइ गर्ने निर्णय पनि कांग्रेसले लिएको थियो।

महाधिवेशनले मुलुक र पार्टीलाई कता लैजाने भन्ने दिशा निर्देश गर्नुपर्ने बताउँदै केन्द्रीय सदस्य प्रदीप पौडेलले नयाँ गर्ने नाममा पार्टीलाई गलत बाटोमा हिँडाउन खोजिएको तर्क गरे। ‘नीतिसँग जोडिएर नेता छनोट हुने हो तर हामी नीतिसँग नेतालाई होइन, स्वार्थसँग जोडेर नेतृत्व छनोटको बाटोमा हिँडेका छौंं, जुन गलत हो,’पौडेलले भने।

नीति र नेतालाई छुट्याउने कुरा नै अस्वाभाविक भएको बताउँदै पौडेलले थपे, ‘नीतिका विषयमा छलफल नहुने भएपछि केका आधारमा नेतृत्व छनोट गर्ने? पैसा, शक्ति वा शरीर?’ गुटबन्दी झांगिएको कांग्रेसका सामु उठेका प्रश्नको उत्तर नखोजी नेतृत्वमात्र छनोट गर्दा मुलुक र पार्टीले पनि निकास नपाउने पौडेलको बुझाइ छ। महाधिवेशनबाट चुनिएको नेतृत्वले गर्ने नीति अधिवेशनमा उसकै चाहना हावी हुने उनले जिकिर गरे। ‘कुर्सीमा नेतालाई राखेर होइन,पहिला नीतिका विषयमा टुंगो लगाउनुपर्छ,’उनले भने, ‘मुलुक र पार्टीका समस्याबाट कांग्रेस भाग्ने होइन,विगतमा जस्तै महाधिवेशनले बाटो देखाउनुपर्छ।’

केन्द्रीय समितिका विभिन्न पदका आकांक्षीले आआफ्नो ढंगबाट विभिन्न कार्यक्रम र विचार बाहिर ल्याएका छन्। तर तिनमा महाधिवेशनको बन्दसत्रमा छलफल हुनेछैन। केन्द्रीय सदस्य महेश आचार्य संवैधानिक बाध्यतालाई देखाएर नीतिमा छलफल नगर्नु गलत भएको बताउँछन्।

नीति र विचारमा उभिएर नेता चयन गर्नुपर्ने उनको तर्क छ। लोकतन्त्रका आधारस्तम्भ सरकार, संसद्, न्यायालय, सबै क्षेत्र खलबलिएका बेला हुन लागेको कांग्रेस महाधिवेशन नेतृत्वमात्रै चयन गरेर सकिने कुरा ठीक नभएको उनी बताउँछन्। आर्थिक, राजनीतिक,सामाजिक मात्र होइन, राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि कांग्रेसले आफूलाई स्पष्ट बनाएर जानुपर्ने उनको बुझाइ छ।

यस्ता छन् ऐतिहासिक निर्णय

राणा शासन अन्त्य गर्ने उद्देश्यले स्थापना भएको नेपाली राष्ट्रिय कांग्रेसको २००३ चैत २९ गतेको जोगवनी भेलाले नागरिक अधिकारको प्राप्ति तथा राजनीतिक बन्दीहरूको रिहाइका लागि अप्रिल १३ देखि देशव्यापी सत्याग्रह गर्ने निर्णय गरेको थियो। राणा शासनको अन्त्य र मुलुकमा जनअधिकार स्थापनाका लागि गरिएको यो नै पहिलो संस्थागत निर्णय हो।

त्यसैक्रममा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसबीच २००६ सालमा एकीकरण भयो। दुई पार्टी एकीकरणको घोषणा गर्दै बालिग मताधिकारबाट चुनिएका जनप्रतिनिधिसभाको परिषद् वा भेला बोलाइने र त्यसै परिषद्या भेलालाई नेपाल जनराज्यको संविधान वा राज्य सञ्चालनसम्बन्धी नियम,कानुन बनाउने सम्पूर्ण जिम्मेवारी दिइने निर्णय लिइयो।

२००८ चैत २५ गते बालचन्द्र शर्मा, केदारमान व्यथित र भरतमणि शर्माद्वारा तयार पारिएको लोकतान्त्रिक समाजवादी घोषणापत्र २०१२ मा कांग्रेसको छैटौं महाधिवेशन पारित गर्‍यो। ‘आधुनिक युगमा राजतन्त्रको कल्पना मात्र नै एउटा गाडिएको मूर्दा उत्खनन गर्नुजस्तै हो।

यो सामाजिक न्याय तथा समतावादको सिद्धान्तअनुसार बिल्कुल विपरीत देखिन्छ। राजतन्त्रवादका सबभन्दा बढी समर्थक पनि यस कुरामा कुनै तथ्यपूर्ण तर्क दिन सक्दैनन् कि यसको उपयोगिता आजको युगमा के छ? तर पनि देश तथा पार्टी संवैधानिक राजतन्त्रको समर्थक रहेको छ। हामी मान्छौं कि संवैधानिक राजतन्त्र महाराजाधिराज र जनताका बीच एउटा सम्झौता हो, जसमा जनताको हात माथि हुन्छ’,उक्त घोषणापत्रमा उल्लेख छ।

२०२४ सालमा केन्द्रीय कार्यसमितिले राजा महेन्द्रको पञ्चायती संविधानलाई च्यातेर संविधानसभाको निर्वाचनका लागि संघकाेआह्वान गरेको छ।

भारतमा निर्वासित जीवन बिताउँदै आएका बिपी कोइरालासहितका नेताहरू मेलमिलापको नीतिसहित २०३३ पुस १६ गते स्वदेश फिर्ता आए। त्यसकै जगमा २०३६ सालमा जनमतसंग्रह भएको थियो। २०४६ माघ ५ देखि ७ गतेसम्म काठमाडौंमा भएको राष्ट्रिय भेलाले पुनः पूर्ण बहुदलीय व्यवस्था स्थापनाका लागि फागुन ७ गतेबाट सबै शक्तिसँग मिलेर शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गर्‍यो।

११औं महाधिवेशनबाट कांग्रेसले ६० वर्ष लामो पार्टीको अडान परिवर्तन गर्दै संवैधानिक राजतन्त्र भन्ने शब्दलाई पार्टी विधानबाट हटाएको थियो। तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले राजाले काँचुली फेरेर निरंकुश राजतन्त्रको कवच भिरेकाले आफ्नो पार्टीले पनि ऐतिहासिक निर्णय गरेर काँचुली फेरेको बताएका थिए।

उनले राजाबाट संविधान र जनतालाई पाखा लगाइएका कारण कांग्रेसले बाध्य भएर विधानबाट संवैधानिक राजतन्त्र हटाएको खुलासा गरेका थिए। २०६४ असोज ८ गते काठमाडौंमा भएको संयुक्त महासमितिको बैठकले लोकतान्त्रिक गणतन्त्रमा जाने निर्णय गरेको थियो। बैठकले संघीय गणतन्त्रात्मक संरचना, समावेशी र पूर्ण लोकतान्त्रिक शासन प्रणाली, न्याय र प्रगतिमा आधारित आर्थिक–सामाजिक प्रबन्ध र नेपाली–नेपालीबीच सद्भाव कायम गर्ने सबल राष्ट्रिय एकतामा जोड दिएको थियो।
अर्को समाचार
कांग्रेस सहमहामन्त्रीमा युवाको आकर्षण
१४ मंसिर २०७८
•
४ मिनेट पाठ
कांग्रेस सहमहामन्त्रीमा युवाको आकर्षण
नेपाली कांग्रेसको १४औं महाधिवेशन मिति नजिकिएसँगै नेताहरूले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। पार्टी सभापतिमा आधा दर्जनभन्दा बढी नेताले दाबी प्रस्तुत गरिरहेका छन् भने आठ सहमहामन्त्रीमा झन्डै दुई दर्जन आकांक्षी देखिएका छन्।




यसअघि एक मात्र सहमहामन्त्री पद रहेको कांग्रेसमा नयाँ व्यवस्थाअनुसार अब आठजना सहमहामन्त्री हुनेछन्। यो पदमा संस्थापन र इतर पक्षबाट गरी दुई दर्जन आकांक्षी देखिएका छन्। अहिलेसम्मको अवस्था हेर्दा यस पदमा ४५–६० वर्ष उमेर समूहका नेताहरूले दाबी पेस गरेको देखिएको छ।

आकांक्षीको व्यवस्थापन गर्न सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष सहमहामन्त्रीको संख्या अझै थप्ने पक्षमा देखिएको छ। तर नेता रामचन्द्र पौडेल यसको विपक्षमा देखिँदा प्रस्ताव अघि बढ्न सकेको छैन।

देउवा नेता पौडेलसहित संस्थापन इतर पक्षलाई विश्वासमा लिएर खुलातर्फ केही सहमहामन्त्री पद थप गर्ने रणनीतिमा छन्। तर महाधिवेशनको मिति नजिकिएकाले यो चाहना पूरा हुने सम्भावना कमजोर बन्दै गएको छ। सभापतिमा साझा उम्मेदवार बनाउन दबाब खेप्दै आएको संस्थापन इतर समूह पनि सहमहामन्त्रीको पद थप हुँदा नेताको व्यवस्थापनमा सहज हुने बुझाइमा छ। नेता पौडेल भने जिम्मेवारीविहीन पदमात्र थप गर्ने कुराले संगठन सञ्चालनमा समस्या आउने भन्दै विपक्षमा देखिएका छन्।

सहमहामन्त्रीको पद थप गर्न सके संस्थापन पक्षबाट महामन्त्रीका आकांक्षी ज्ञानेन्द्रबहादुर कार्की,एनपी साउद,रमेश लेखक, विश्वप्रकाश शर्मासहितका नेतालाई उक्त पदमा व्यवस्थापन गरेर टिम बनाउने देउवाको रणनीति रहेको स्रोतको दाबी छ।

सहमहामन्त्रीका लागि केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, गोविन्द भट्टराई, किशोरसिंह राठोरसहितका नेता पनि आकांक्षी छन्। खस आर्य कोटामा महामन्त्री र सहमहामन्त्रीका आकांक्षीमध्ये एकलाई संस्थापन पक्षले अघि सार्ने निकटहरूको दाबी छ।

संस्थापन इतर समूहमा दीपक गिरी, दिलेन्द्रप्रसाद बडु खसआर्य समूहबाट सहमहामन्त्रीको आकांक्षी छन्। संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार बनाउने पहल सफल भए उपसभापति र महामन्त्रीका आकांक्षीहरूको व्यवस्थापनमा उक्त पद प्रयोग हुनसक्ने छ।

त्यस्तै दलित कोटाको सहमहामन्त्रीमा संस्थापनतर्फबाट मानबहादुर विक र मीन विक आकांक्षी छन् भने इतर समूहबाट जीवन परियार छन्।

महिला सहमहामन्त्रीमा संस्थापन पक्षबाट महालक्ष्मी उपाध्याय र पुष्पा भुसालले आफूलाई प्रस्तुत गर्दै आएका छन्। संस्थापन इतर समूहबाट कमला पन्त र सरिता प्रसाईं आकांक्षी छन्।

पिछडिएको क्षेत्रबाट संस्थापन इतर समूहका केन्द्रीय सदस्य बद्री पाण्डेले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। संस्थापन पक्षले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई अघि सार्ने तयारी गरेको छ।

मधेसी कोटाको सहमहामन्त्रीमा संस्थापनबाट चित्रलेखा यादव र महेन्द्र यादव आकांक्षी छन्। चित्रलेखा पार्टीको पूर्वकोषाध्यक्षसमेत हुन्। संस्थापन इतर समूहबाट केन्द्रीय सदस्य रामकृष्ण यादवलाई अघि सार्ने तयारी छ। मुस्लिम कोटामा संस्थापन पक्षबाट फर्मुल्लाह मन्सुर उम्मेदवार बन्ने तयारीमा छन्। संस्थापन इतर समूहले कसलाई अघि सार्ने निश्चित छैन।

जनजातितर्फको सहमहामन्त्रीमा संस्थापनबाट भिष्मराज आङ्दम्बे र संस्थापन इतरबाट धनराज गुरुङलाई अघि सार्ने नेताहरूको तयारी छ। गुरुङ आफूले भने महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

त्यस्तै थारुबाट रामजनम चौधरी,योगेन्द्र चौधरी, उमाकान्त चौधरीलाई अघि सार्ने तयारी छ। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संस्थापन इतरको समूहमा समावेश भए उमाकान्त चौधरीलाई सहमहामन्त्रीको उम्मेदवार बनाउने नेताहरूको तयारी छ। सिटौला अलग्गै वा संस्थापन पक्षसँग मिलेर अघि बढेको अवस्थामा संस्थापन इतर पक्षलाई सहमहामन्त्रीमा नयाँ उम्मेदवार तयार गर्नुपर्ने बाध्यता छ।

अझ संस्थापन र इतर समूहबाट सभापतिका आकांक्षी देखिएका सबै नेताले उपसभापति, महामन्त्रीसहितको टिम बनाएर अघि बढ्दा सहमहामन्त्रीका कतिपय आकांक्षीले उपसभापति र महामन्त्रीमा उम्मेदवारी दिने सम्भावना पनि रहेको निकट नेताहरूले जानकारी दिए।

सहमहामन्त्रीमा उठ्ने पाण्डेको घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले पार्टीको १४औं महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

सोमबार पत्रकारसँगको भेटघाटमा पाण्डेले पिछडिएको क्षेत्र कोटामा सहमहामन्त्रीको उम्मेदवारी दिने बताएका हुन्। ‘१२औं महाधिवेशनमा म सेती अञ्चलबाट केन्द्रीय सदस्य भएँ, १३औंमा खुल्ला केन्द्रीय सदस्य भएको हुँ,’ उनले भने, ‘अहिले विधानको व्यवस्थाअनुसार पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेको छु।’

राजनीतिक दलमा सुधार नभएसम्म राजनीति र राजनीतिमा सुधार नआएसम्म देशको सुधार नहुने भन्दै केन्द्रीय सदस्य पाण्डेले संगठन सुदृढीकरणका लागि चार ‘ब’को अवधारणा अघि सारेका छन्।

यसअन्तर्गत विचार, विधानको अक्षरशः पालना, नियमित बैठक र व्यवस्थापन समेटिएका छन्। ‘चार ब मध्ये विधानको अक्षरशः पालना भयो भने पार्टी मजबुत बन्छ,’उनले भने, ‘पात्रप्रधानबाट पद्धतिप्रधान पार्टी बनाउन सकिन्छ। म त्यसमै लागिपर्नेछु।’
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस