आगामी चुनावमा माओवादी पहिलो दल हुन्छः महरा
२० मंसिर २०७८
•
१ मिनेट पाठ
आगामी चुनावमा माओवादी पहिलो दल हुन्छः महरा
पूर्वसभामुख कृष्णबहादुर महराले आगामी निर्वाचनमा नेकपा (माओवादी) पहिलो दल हुने बताएका छन्।




उत्तरी रसुवाको आमा छोदिङ्मो गाउँपालिकास्तरीय  उक्त दलको प्रथम सम्मेलन आइतबार शुभारम्भ गर्दै उनले अहिले यो दल दुप्लाएको जस्तो देखिए पनि आगामी निर्वाचनमा विसं २०६४ कै अवस्थामा फर्कने बताएका हुन्।

अन्य दलमा जस्तो यस दलमा आन्तरिक कलह नभएको स्पष्ट पार्दै उनले आदीवासी, जनजाति, घले, गुरूङ,सबै क्षेत्रको वृहत्तर हितका लागि आफ्नो दल निरन्तर अगाडि बढ्ने बताए।

माओवादीले  ल्याएको जनहितकारी एजेण्डा पूरा गर्न बाँकी रहेकोले आफ्नो दललाई विजय गराउन उनले स्थानीय समुदाय माझ आग्रह पनि गरे।

टुक्रिएर गएका डा बाबुराम भटृराई, बैध,विप्लव समेतका साथीलाई एकता गराउन सौहार्दपूर्ण वातावरणमा वार्ता अगाडि बढिसकेकाले रसुवा जिल्लामा पनि अन्यत्र गएका सबै साथी छिट्टृै मूलघारमै प्रवेश गरी नेकपा माओवादीलाई अत्यधिक मत दिएर उचाइमा पुर्‍याउने महराले विश्वास व्यक्त गरे। 

उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले) र राप्रपा परित्याग गरी माओवादीमा प्रवेश गर्ने ५२ कार्यकर्तालाई सम्मान गरिएको थियो। महराले आइतबार नै रसुवागढी नाकाकोसमेत स्थलगत अवलोकन गर्नाका साथै  कोरोना सङ्क्रमणका कारण उत्पन्न असरका बारेमासमेत जानकारी लिएका थिए। रासस
अर्को समाचार
स्वतन्त्रको प्राथमिकतामा शिक्षा र स्वास्थ्य
२३ कार्तिक २०७९
•
४ मिनेट पाठ
स्वतन्त्रको प्राथमिकतामा शिक्षा र स्वास्थ्य
मुकेशकुमार द्विवेदी, रूपेशमान सिंह श्रेष्ठ र छोटेलालप्रसाद कुर्मी।
‘चाचा, म चुनाव जितेर यस प्रदेशमा कायम भ्रष्टाचार हटाएर विकास र निकासका लागि काम गर्न सकूँ, मलाई यही आशीर्वाद दिनस्’, मधेस प्रदेशको पर्सा जिल्ला क्षेत्र नं २(ख) प्रदेशसभा सदस्य पदको स्वतन्त्र उम्मेदवार छोटेलालप्रसाद कुर्मी मतदातासँग भेटेर भोट मागिरहेका थिए। मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको चुनावका लागि पर्सा जिल्लामा चुनावी सरगर्मी बढ्दै गएको छ।




उम्मेदवार कुर्मी बीरगन्ज वडा नं ९ घन्टाघरनिवासी शंकरप्रसाद बरनवालको दैलोमा पुगेर उनी आफू जितेपछि भ्रष्टाचारमुक्त मधेस प्रदेश बनाउने प्रतिबद्धता जनाइरहेका थिए। साथै मधेस प्रदेशमा शिक्षा र स्वास्थ्यको अवस्था नाजुक रहेकाले यही क्षेत्रमा आफू काम गर्ने लक्ष्य लिएर स्वतन्त्रको उम्मेदवारी दिएको समेत यी ४२ बर्से युवा छोटेलालले आत्मविश्वासका साथ मतदाताका घरदैलोमा पुगेर आफूले लिएको अठोट पूरा गर्न–गराउन मत मागिरहेको देख्दा मतदाता पनि खुसी देखिन्थे।

‘विगतमा नेताहरू जितेर हाम्रो पर्सा जिल्लामा वर्षौंदेखि कायम रहेको शिक्षा र स्वास्थ्य समस्या समाधान गर्न सकेनन्। सडक विकास र नाला बनाउने कामका लागि त बजेट सरकारले नै दिएको हुन्छ तर शिक्षा र स्वास्थ्य क्षेत्र सुधारमा पहिलेकाले काम गरेनन्। अब म गर्छु’, उनले मतदातालाई विश्वास दिलाए, ‘स्नातकसम्म शिक्षा निःशुल्क गर्ने र हरेक स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधि पुर्‍याउने मेरो लक्ष्य हो।’

मतदाता शंकरप्रसादले उनका सबै कुरा सुनेपछि प्रदेश मात्र होइन; देश नै युवाले सम्हाल्ने समय आयो भन्दै जितको आशीर्वाद दिइहाले। विगतका अनुभव सुनाउँदै उनले भने, ‘पहिलेका नेताहरूले मधेस प्रदेशलाई भ्रष्टाचारको अखडा नै बनाए। अब तपाईंहरू जनताका आशा र विश्वास पूरा गर्नुस्, यही आशीर्वाद छ।’ स्वतन्त्र उम्मेदवार कुर्मी आफू विगत पाँच वर्षदेखि समाज र समुदायमा जनताका लागि निरन्तर काम गरिरहेकाले आफूलाई सबैले चिनेको र आफ्नो कामसमेत बुझेकाले जनताले आफूलाई मत दिने निश्चित रहेको विश्वास व्यक्त गरे। कुर्मी विगतमा अन्य पार्टीमा रहे पनि जनताका बीचमा काम गर्न स्वतन्त्र रूपमै लाग्न आफू स्वतन्त्र उम्मेदवार भएको जनाए।

‘विकास र निकासका लागि मेरा नौ एजेन्डा छन्। सबैभन्दा पहिले बीरगन्ज महानगरपालिकाका पिछडिएका क्षेत्रहरू बैरिया, सिरिसिया, केहुनिया, अठराह सुगौली पिपरा, अलउलगायतका क्षेत्रमा एक अस्पताल बनाउने र स्वास्थ्य चौकीमा निःशुल्क औषधि पनि नपाइने अवस्था अन्त्य गरी सबै चौकीमा निःशुल्क औषधि उपलब्ध गराउने छु’, उम्मेदवार कुर्मीले भने ‘स्नातक शिक्षा निःशुल्क, जटिल र सामान्य रोगको उपचार निःशुल्क गराउने मेरो एजेन्डा हो।’

अर्का स्वतन्त्र उम्मेदवार रूपेशमान सिंह श्रेष्ठ पनि मधेस प्रदेश शिक्षा र स्वास्थ्य क्षेत्रमा निकै पछाडि रहेको बताउँछन्। उनले आफू जितेपछि मधेस प्रदेशको शैक्षिक अवस्था र स्वास्थ्य अवस्थामा सुधारका कार्य नै प्राथमिकतामा रहेको मतदातालाई बताइरहेका थिए। ‘मधेस प्रदेशमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका काम गर्ने मेरो मुख्य एजेन्डा हो’, रूपेशले भने, ‘हाम्रो प्रदेशमा स्वास्थ्य चौकी छ तर कर्मचारी र औषधि नै छैन। ठूलो रोग लाग्यो भने उपचार नपाएर ज्यानै गुमाउने अवस्था छ। त्यही भएर स्वास्थ्य चौकीहरूमा नियमित र आवश्यक कर्मचारीको चुस्त व्यवस्थापन गर्ने छु।’ उनले लक्ष्य सुनाए, ‘हामीले स्वतन्त्र उम्मेदवारी आफ्नो प्रदेश विकासका लागि दिएका छौं। सामुदायिक विद्यालयमा शिक्षकहरू अनिवार्य र नियमित उपस्थित गराई शिक्षामा सुधार गर्छु।’

३७ वर्षीय स्वतन्त्र उम्मेदवार मुकेशकुमार द्विवेदीले विगतमा दलका नेताहरूले पैसाको खोलो बगाएर चुनाव जिते पनि केही काम नगरेको बताए। जनताका काम गर्नकै लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको मतदातालाई बताइरहेका थिए। विगतमा अन्य दलमा रहँदा भोगेका र देखेका समस्या पनि उनले सुनाए।

‘हाम्रो मधेश प्रदेश शिक्षाको सवालमा दुर्गम मानिने कर्णाली प्रदेश भन्दा पनि पछाडि परेको छ। हालसम्म मधेश प्रदेशको कुनै बडा, पालिका र जिल्ला साक्षर घोषणा हुन नसक्नु हामी सबैको लागि लाजमर्दो विषय हो,’स्वतन्त्र उम्मेदवार द्विवेदीले मतदाताहरुलाई यसो भन्दै थिए ‘हाम्रौ स्वास्थ्य चौकिमा भवन त छन् तर उपकरण छैन। कुनै नेताले यस तर्फ ध्यानै दिएनन्। यति मात्र कहा हो र? स्वास्थ्य चौकिहरुमा समय गुज्रिएको निःशुल्क औषधि वितरण गरि नागरिकको ज्यानैसँग खेलवाड हुने काम हुँदा पनि कुनै नेताको ध्यान पुगेन।’ उनले थपे, ‘दिनहुँ मधेश प्रदेशबाट सयौंको सख्यामा युवाहरु विदेश पलायन भइ तल्लो स्तरको काम गर्न बाध्य छन्। यी सबै समस्या मैले पनि भोगेकै हो। म जनताको बीचमा रहेर काम गरेर उहाँहरुको मर्म बुझेरै स्वतन्त्रको उम्मेदवारी दिएको हुँ। अब हामी युवाले नै देश बनाउने जिम्मेवारी आफंै अग्रसर भएर लिनुपर्छ।’ यही सोचका साथ आफूले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको उनको भनाई छ।

पर्सा क्षेत्र नम्बर दुई (ख) मा ११ वडाका ४२ हजार बढी मतदाता छन् भने यो क्षेत्रमा दलगत र स्वतन्त्र गरि कुल १४ उम्मेदवारहरु प्रदेश सभा सदस्य पदका लागि प्रतिस्पर्धा गर्दै छन्। जसमध्ये ९ जना स्वतन्त्र र ५ जना दलगत उम्मेदवार छन्।

स्वतन्त्र उम्मेदवारहरु सेराज आलम, धुरेन्द्र सहनी, वर्षीय छोटेलाल प्रसाद कुर्मी, शिवम कुमार कर्ण, अलि हुसैन,आस अहमद मिया, रुपेशमान सिंह श्रेष्ठ, करिमा वेगम र मुकेश कुमार द्धिवेदी छन्। यसैगरी दलका उम्मेदवारहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले)का हरेराम प्रसाद लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका रमेश प्रसाद कुर्मी, जनता प्रगतिशिल पार्टी , नेपालका भरत भुषण पाण्डेय , राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमानन्द साह कानु र नेपाल लोकतान्त्रिक पार्टीका हरिशंकर प्रसाद साह उम्मेदवार रहेका छन्।
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस