बद्रिप्रसाद पाण्डेले दिए सहमहामन्त्रीमा उम्मेदवारी
१३ मंसिर २०७८
•
१ मिनेट पाठ
बद्रिप्रसाद पाण्डेले दिए सहमहामन्त्रीमा उम्मेदवारी
नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्रिप्रसाद पाण्डेले पार्टीको १४ औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्।




सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय सदस्य पाण्डेले पार्टीको १४ औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनले पार्टी सुधारेर राजनीति सुधार्ने र राजनीति सुधारेर देश सुधार्ने बाटोमा लैजान आफू अग्रसर रहने बताए। केन्द्रीय सदस्य पाण्डेले विचारमा एकरुपता र स्पष्टता, विधानको अक्षरशः पालना, नियमित बैठक तथा कार्यकर्ता, कार्यालय र अर्थको व्यवस्थापन नै पार्टी सुदृढीकरणको आफ्नो पहिलो एजेण्डा भएको बताए। पुराना पुस्ताको योगदान र बलिदानलाई स्मरण गर्दै नयाँ पुस्ताको सोचलाई पार्टीमा अघि बढाउने उनले बताए।

केन्द्रीय सदस्य पाण्डेले भने,‘म १२ औँ अधिवेशनमा सेती अञ्चलबाट केन्द्रीय सदस्य निर्वाचित भएको हुँ, १३ औँ अधिवेशनमा म खुला २५ जनाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको हुँ। अहिले पदाधिकारी तहमा जानुपर्छ, पदाधिकारीको संख्या पनि केन्द्रीय समितिमा बढेको छ, त्यो हिसावले मैले आफ्नो पिछडिएको क्षेत्र, म आफू बाजुराको नागरिक पनि भएको कारणले बाजुराको बासिन्दा पनि भएको कारणले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीको उम्मेदवारी दिने विचार गरेको छु।’

केन्द्रीय सदस्य पाण्डेले देशभरका साथीहरुले पदाधिकारीमा पुग्नुपर्छ भन्ने सुझाव आएपछि उम्मेदवारी दिएको बताए।
अर्को समाचार
पोखरामा एमालेबाट मेयरमा कृष्ण र उपमेयरमा मञ्जुदेवीको उम्मेदवारी
१२ वैशाख २०७९
•
१ मिनेट पाठ
पोखरामा एमालेबाट मेयरमा कृष्ण र उपमेयरमा मञ्जुदेवीको उम्मेदवारी
पोखरा महानगरमा एमालेले मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएको छ। एमालेका तर्फबाट मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता गराएका हुन्।  




पोखरा महानगरपालिकाको मेयरको उम्मेदवारको टिकट पाएपछि एमालेका गण्डकी प्रदेश सदस्य कृष्ण थापाले बिहान राजीनामा दिएका थिए। एमालेले दीपक पौडेललाई दिइसकेको मेयरको टिकट अन्तिम समयमा खोसेर थापालाई दिएको छ।

सुन चोरीको आरोपमा आलोचना भएपछि एमालेले पौडेललाई दिएको टिकट खोसेको हो। सुन चोरीमा पौडेल संलग्न भएको भनिएको झण्डै दश वर्षअघिको भिडियो सामाजिक सञ्जालमा हालिएको थियो। भिडियो हालेपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो।  

यसअघि टिकट पाएका पौडेल एमालेकै उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षधर हुन् भने सोमबार टिकट पाएका थापा खगराज अधिकारीपक्षका हुन्। थापालाई यसअघि मेयरमा हटाउन गुरुङले नै गण्डकीमा सरकार परिवर्तन हुन सक्ने भएकोले प्रदेश सांसदलाई मेयरको उम्मेदवार बनाउन नसकिने बताएका थिए। उपमेयरको उम्मेदवार बनेकी मञ्जुले यसअघि पार्टीको प्रस्ताव अस्वीकार गरेकी थिइन्।   
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस