ओलीका कारण देशकाे परिवर्तन धरापमाः प्रदेश इन्चार्ज कार्की
१५ कार्तिक २०७८
•
४ मिनेट पाठ
ओलीका कारण देशकाे परिवर्तन धरापमाः प्रदेश इन्चार्ज कार्की
नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री राम कार्की (पार्थ) ले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक व्यवस्थामाथि खतरा रहेको बताएका छन्। पार्टी प्रशिक्षणका क्रममा सदरमुकाम गाईघाटमा आयोजित त्रियुगा नगर कमिटीको भेलालाई प्रशिक्षण दिदै प्रदेश १ का इन्चार्जसमेत रहेका कार्कीले सो खतरा औँल्याएका हुन्।  




कम्युनिष्टहरुले स्थापनाकालदेखि जसका लागि लड्दै आए माओवादीको १० वर्षे जनयुद्धले आधारभूमि तयार गरेपछिको ऐतिहासिक जनआन्दोलनबाट प्राप्त संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक व्यवस्थालाई एमाले नामको कम्युनिष्ट अध्यक्ष रहेका ओलीबाटै गम्भीर खतरा रहेको उनले बताए। ओलीसँगै पूर्व राजा ज्ञानेन्द्र र कमल थापाहरुबाट परिवर्तका उपलब्धीमाथि धावा बोल्ने काम भईरहेको भन्दै उनले यसको रक्षाका लागि अव सबै परिवर्तनकामी शक्तिहरुलाई माओवादीले एकत्रित गरेर अघि बढ्नुपर्नेमा जोड दिए।

परिवर्तका मुद्दा माओवादीले स्थापित गरे पनि संस्थागत हुन बाँकी रहेकै बेला ओली, ज्ञानेन्द्र र कमल थापाहरुबाट लगातार आक्रमण भईरहेको भन्दै कार्कीले यसको रक्षा गर्ने मुख्य दायित्व माआवादीकै भएको बताए। ‘माओवादीले १० वर्षे जनयुद्धबाट धेरै परिवर्तन ल्याएको छ त्यसमध्ये मुख्य संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी व्यवस्था हुन्’ कार्कीले भने ‘अहिले यी उपलब्धीमाथि ओली, ज्ञानेन्द्र र कमलहरुबाट गम्भीर धावा बोल्ने काम भईरहेको छ। त्यसको रक्षा गर्न तपाँई हामी सबै लागी पर्नुपर्छ, परिवर्तनकामी अन्य शक्तिहरुले पनि साथ दिनुपर्छ।’  

एमालेसँग एकीकरणले गर्दा पनि परिवर्तन खतरामा परेको उनको बुझाई थियो। एकीकरणका कारण त्यत्रो बलिदानीपछि आएको परिवर्तनको संस्थागत गर्ने जिम्मा ओलीको हातमा पुगेपछि अहिले खतरा आउनु स्वभाविक भएको उनको अथ्र्याई छ। ‘दुःख गरेर हुर्काएको कुखुराको खोर स्याललाई सुम्पेपछि खाईदिइहाल्छ नी ठट्यौली शैलीमा कार्कीले भन त्यसैले दुईचारवटा कुखुरा घटेका छन्। धन्न स्वाहा भएन।’ प्रचण्डको छिटो विश्वास गर्ने लचिलो स्वभावले गर्दा उनीमाथि आफ्नै पार्टीका साथीहरुले धोका दिदै आएको पनि उनले बताए। ‘पहिले ठूलठूला भाग खोज्छन्, नपाएपछि पार्टी छाडेर जान्छन्। उता पनि केही नपाएपछि फर्केर रोईकराई गर्दै आउँछन्’ एमाले छिरेका बादल, भट्ट, रायमाझी र साहप्रति इंगित गर्दै उनले भने ‘हो त भनेर ठाउँ दिन्छन् केही समयपछि बादलले मादल बनाउन थालेपछि बल्ल थाहा पाउँछन्।’  

पार्टीभित्र पुँजीबादी बिचलन बढ्दै गएकोप्रति चिन्ता गरेका कार्कीले संसदीय व्यवस्था भएकाले कतिपय कुरा ढाँटेर पनि गर्नुपर्ने बाध्यता आईपरेको पनि सुनाए। प्रशिक्षणको क्रममा फरक प्रशंगमा नेता कार्कीले कम्युनिष्टहरु नदेखिने कुरामा आस्था गर्ने नभएर व्यवहारिक कुरामा विश्वास गर्ने आचरणको हुनुपर्ने बताए। अर्थात नदेखिने भगवान, भुत, प्रेतभन्दा देखिने जनता र परिवर्तनका लागि हुने द्वन्द्वमा विश्वास गर्नुपर्ने बताए। आस्थाले यथास्थितिमा रम्न बाध्य बनाउने तर, द्वन्द्वले गतिसिलता, परिवर्तन र आधुनिकतातर्फ डोर्‍याउने हुनाले कम्युनिष्टहरु द्वन्द्वातमक भौतिकबादमा विश्वास गर्ने उनले बताए। मान्छे गतिसिल प्राणी भएकैले हरेक कुरा समय  अनुसार परिवर्तन हुँदै आएको उनको भनाई थियो।

एमाले यथास्थितिबादी पार्टी भएको भन्दै उनले पार्टी फुटे पनि सूर्य चिन्ह छाड्न नसकेर धेरै नेता कार्यकर्ता त्यही बसेको बताए। ‘सूर्य चिन्ह छाड्न सक्दिन भन्नु र जनाई छाड्न सक्दिन भन्नु उस्तै हो, अनि कसरी एमाले परिवर्तनकारी हुनसक्छ ?’ उनले भने। जनता परिवर्तको पक्षधर भएकैले  जंगल छाडेर आएलगत्तै चुनाव जिताएको उनले बताए।

१० वर्ष जनयुद्ध लडेको माओबादीलाई जंगली भन्ने गरेका जनताले ०६४ को संविधानसभा चुनावमा बहुमत दिएको उदाहरण दिदै तयतिबेला पनि सूर्य चिन्ह थियो तर, किन एमाले जितेन भन्ने प्रश्न गरे। चुनाव चिन्ह मात्र ठूलो कुरा नभएर विचार, नीति, सिद्धान्त महत्वपूर्ण हुने भन्दै उनले चुनावमा वहुमत ल्याए पनि काँग्रेस र एमालेजस्तै व्यवहार गरेपछि ०७० को चुनावमा जनताले फेरि माओबादीलाई हराईदिएको बताए।  

माओवादीले अघि सारेको संघीयता, गणतन्त्र र समावेशिताको नारालाई संस्थागत गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिदै उनले गणतन्त्र भाषण र कुरा गराईमा मात्र सीमित नभएर व्यवहारमा लागू गर्न कार्यकर्तालाई निर्देशन दिए। गणतन्त्रलाई घर, अस्पताल, कार्यालय, गोठ, खेतबारी र जताततै पुग्नसक्ने बनाउनुपर्ने बताउदै उनले संसद, बैठक र मञ्चमा मात्र गणतन्त्रलाई सीमित राखिराख्ने हो भने ओली, ज्ञानेन्द्र र कमलहरुले शीर ठाडो पारेर जनतालाई लात हान्ने उनको भनाई थियो।  

क्याप्सनः प्रशिक्षण कार्यक्रममा बोल्दै नेता कार्की। तस्बिरः महेश्वर नागरिक
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
१५ मिनेट अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस